बामगठबन्धनको रथ समृद्धिको पथमा मेहमान मोदि !!!

वैशाख २७ गते विहिवार।

हामी संविधान लेखनको चुनौतीपूर्ण खुड्किलो पार गर्दै कार्यन्यनको अर्को खुड्किलो स्थानिय तह,प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पनि पार गरेउ। जनताले एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन लाई स्थिर सरकारको ‘वाम गठवन्धनको रथ समृद्धिको पथ´ तर्फ हाक्न विस्वास गरे र दुई तिहाई वहुमतको आधारमा  नेतृत्वको जिम्मेवारी सुम्पिय। देशले प्रधानमन्त्रीको रुपमा के.पि ओलि पायो। तर लक्ष र सिद्धान्त संयोजित एकिकरणको आस्वासन वाट प्रप्त परिणामको कदर गर्नु पर्न ठाउमा नेताहरुको स्वार्थ र महत्वकाङ्क्षा बाम एकताको तगारो वनेको देखिन्छ।अत: विचारमा दुईमत नरहेता पनि स्वार्थ र व्यवाहार नमिल्दा समृद्धिको चुनौतीपूर्ण गन्तव्य शिखर आरोहण गर्न सत्ता पक्ष दलले यसको लागि अवलम्बन गर्नुपर्न वैचारिक, सांगठनिक, नीतिगत, कार्यक्रमिक र योजना बारेमा गम्भीर बहस गर्न नसकेको अवस्था हो। जेठ पन्ध्र गते आउने बजेटमा समाजवाद उन्मुख कार्यक्रम घोषणा हुनुपर्न समयमा परम्परागत शैली र सोचबाट नै संम्भवत अर्थ मन्त्रालयको एउटा शाखाले तयारी गरिरहेको होला। यस्को वादकको प्रमुख हिस्सा यो एकता नहुनु पनि छ।

“जुन कुनै संरचना कल्पना भन्दा बाहिर छैन।”तर मुर्खताको परिधी भित्रको कल्पना संम्भवत क्षतिको सिखर चुम्नु वाहेक अन्य उपलब्धि समेट्दैन।

 प्रधानमन्त्री ज्युले मोनो रेल र माईक्रो रेलको अभियानको विकासको खाका वोकेर हिड्नु एउटा गर्वको कुरा हो तरझुपडीमा खाने थाल छैन विल्डिङ्गको योजना मात्र बनाएर संम्भ्वत हुदैन रेमिटान्सले झुपडी धानेको परिवेशमा अहिलेको आकास्मिक आधारभुत आवस्यकता झुपडीमा खाने थाल हो रेमिटान्स अडाउने भकारी नै हो। आत्म निर्भरताको लागि संघर्ष नै हो। स्वरोजगारको लागि वातावरण सृजना गर्नु नै हो।आकास लाई छानो बनाएर रात काटी रहेका ती भुकम्प पिडित जनता वलवालिका लाई आधारभुत स्थाई बाँस स्थान,शिक्षा,स्वास्थयको व्यवस्था नै हो। यसैलाईनै प्राथमिकता दिइनु पर्छ।

देश संघिय संरचनामा गै सकेको छ। संघियतामा चढेर समृद्दिको यात्रा तय गर्दै गर्दा राजनीतिक प्रप्त उपलब्धि संस्थागत गर्दै आम जनतामा राष्ट्रियता मजवुत हुन जरुरत छ।  निर्वाचन पुर्व सन्ध्यामा ओलि ज्युको राष्ट्रवादको लोकप्रीयता तिव्रता पायो।

राष्ट्रवाद भनेको राष्ट्र प्रतिको प्रेम हो यश सब्दले भावनात्मक अर्थ जनाउछ। तर देशमा पार्टीका गोठालाहरुले यसलाई एउटा तुलोमा पार्टी र अर्को तुलोमा राष्ट्रवाद राखेर जोख्ने काम गरे।

” “मौसमी राष्ट्रवाद भित्र सिलन्यास प्रदुषण युक्त समाजवाद !!”
हिजो नाकावन्दिको समयमा राष्ट्रवादको ढोलमा “इन्धन सक्तिको एकाधिकारित्व नयाँ सरकारले तोड्ने” आस्वासनका पोकाहरु प्रतिबद्धता जनाउदै गर्दा,वाड्दै गर्दा ३१.४४ अत्यन्तै न्यून वायु गुणस्तरको साथ १८० देशहरु मध्य १७३ औं स्थानमा रहेको नेपाल चार वर्षमा करिव चार डिग्री तापक्रम वढ्ने परिस्थिति लाई समय अनुसार समस्याको विकल्पको रुपमा संसार वाट  इन्धन शक्ति पुर्ण रुपमा उन्मुलन अभियान चल्दै गर्दा,आज पुन नयाँ दिल्ली नै गएर भविस्यको वायु प्रदुषण युक्त समृद्द नेपाल कोसेलीको रुपमा डेट एक्सपाएर पेट्रोलियम पाइपलाईन योजना सिलन्यास गरेर उखाने पथको खोक्रो रास्ट्रवाद उजागड गरेका छ्न।
#सम्मान_सिटिभिटी
#जय_देश
#भय_ओलि।”

सर्वप्रथम त हामिले यो वुझ्न जरुरी छ कि प्रधानमन्त्री पद न कुनै पार्टीको हो ,न कुनै भेगको हो न कुनै संगठनको हो यो त समग्र देश र जनताको प्रतिनिधित्व पात्र हो,हामिले ती पद लाई जोडेर वोल्दै हर्दा कदापी भुल्नु भएन राष्ट्रिय ओदाका पदहरु राष्ट्रका चिनारी पनि हुन। भारतमा गएर डाक्टर सरहको उपाधी पाउदै गर्दा। यो कुनै पार्टीको अध्यक्षले मात्र पायो होइन यो त समग्र देश र नेपाली जनताकै प्रतिनिधि पात्रले पनि पायो भन्ने वुझ्नु पर्छ।
र प्रधानमन्त्रीले यो पनि भुल्नु भएन म कुनै पार्टीको मात्र होइन समग्र देशको पनि प्रतिनिधित्व गर्दैछु। मेरो हैसियत के ? राष्ट्रको लागि आफुले गरेका गतिविधि वाट कति लाभदायिक हुन्छ ? देशभित्रको राष्ट्रियतामा कस्तो असर गर्छ ? हामिले भुलेका छैनौ मुखमा मधेसी दललाई तेर्साएरसिमा सुरक्षको बिषय बनाएर ०७२ असोज ६ गते बाट छिमेकी अर्थात् विश्वकै एक बिशाल प्रजारतांत्रिक मुलुक भारतले सुरुगरेको अघोसित नाकाबन्दीले हाम्रो जनजिवन र अर्थतन्त्रमा परेको ठूलो असर पर्यो।

 हामिले यो पनि भुलेका छैनौ भूपरिवेष्ठित राष्ट्र भएकाले छिमेकीले नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय कानुन, मान्यता, अभ्यास तथा परिपाटीले नमिल्ने कुरा अन्तर्राष्ट्रिय कानुनविद् तथा ज्ञाताहरुले वताउदै गर्दा हामिले नाकाबन्दी खेप्नु पर्योफेरि मोदिले नै तोकेको मिति अनुसार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन सक्नु र यहा हाम्रो घाउमा पाप्रा नलाग्दै पुन देशमा मोदि भ्रमण आउने र आफूले नै मिति तोकी नेपाल भ्रमण गर्न नेपाल सरकारलाई ‘मान नमान मै तेरा मेहमान’कै रूपमा स्वीकार्न बाध्य तुल्याउनाले उनले विश्व समुदायमा नेपालको हैसियत भारतको प्रभाव क्षेत्रकै रूपमा रहेको अकाट्य पुष्टि गरेका छन् । दुश्मनलाई पनि अतिथी मान्ने र अतिथिलाई देवता मान्ने सम्मान ,सद्भावका साथ बहुसास्कृत नेपालको पहिचान झल्काउने हाम्रो सास्कृतिले पाहुना लाई सम्माम गर्दछौ तर,हाम्रो घाउको खाटा देखिदै गर्दा उनैलाई नागरिक अभिनन्दन गर्नु पर्न प्रधानमन्त्रीको निर्णय र  हेपाहापूर्ण रणनीति लिएर आफ्नो स्वार्थ र आवश्यकता अनुसार नेपालको जलश्रोतको कोशेली लिएर फर्कने कुटनितिक मोदिको योजना नेपालको लागि घातक छ। वैज्ञानिक सर्वेक्षणअनुसार नेपालको पूर्वी क्षेत्रका पहाडहरु कान्छो पहाडका रुपमा रहेको अर्थात कमजोर रहेका कारण पनि सुनसरी, धनकुटा र उदयपुरको वीचमा वनाइने अग्लो बाँधले त्यस क्षेत्रका झण्डै ८० गाविसका २ सय २६ वटा बस्ती र खेतीयोग्य जमिन नास हुनुका साथै झण्डै एक लाख जनता विस्थापित हुने खतरा रहेको विज्ञहरुले औंल्याउदै गर्दा प्रधानमन्त्रीको समृद्धीको नाउमा अरुण-३ को सम्झौता राष्ट्रघाती हुनेछ। 

इजरायल र पाकिस्तानसित दौत्य सम्बन्ध गाँसेर भारतलाई आफ्नो राष्ट्रिय स्वाभिमान सर्बभौम सत्ता नेपाल र स्वतन्त्रत नेपालिको परिचय दिएका नेपाली इतिहासको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको देशमा आज सुरक्षाको वहानमा वैधानिक रुपमा भारतिय कमान्डो सेना   नेपाल प्रवेश गरेका छ्न। के हाम्रो सर्बभौम सत्ता सम्पन्न , स्वतन्त्र नेपाली यहि हो ? हाम्रो राष्ट्रियता खै ? आज असली राष्ट्रवादको प्रयोग गर्न वेला आएको छ।

पानिले भिजाए पछि मात्र छाता या रेनकोट किन्ने ख्याल‘ले अव देश रहदैन सम्पुर्ण नेपालि,राजनीतिक प्रतिपक्ष दल,मिडिया,गैर राजनीति संगठन/समूह/व्यक्ति सचेत रहना जरुरत देखिन्छ।

देश आत्मनिर्भर हुने हो भने न छिमेकीको नाकाबन्दीले केही लछारपाटो लाउँदैन। उसले नाकाबन्दी परिकल्पना गर्न सक्दैन। नेपालले नाकाबन्दी खेप्न पर्दैन। न उस्को गिद्द्दे दृष्टि नेपालमा पर्दछ।  हामि थुप्रै राजनीतिक क्रान्तिको प्यास मेटाईसकेउ अबको आवस्यकता भनेको आर्थिक तथा औद्योगिक क्रान्ति गरि आत्मानिर्भरता तुल्याउने हो। त्यसका लागि पार्टीगत धारणा बाट प्रतिस्पर्धि सत्ता पक्ष/प्रतिपक्ष मात्र होइन हामी/हाम्रो पर्तिस्पर्धी विकसित विश्व पनि हो भन्ने धारणा वोकेर राष्ट्रियताको साथ समृद्दिको शिखर चुम्ने गुरु योजनाको अवलम्बन गर्नु आजको आवस्यकता हो।

#जय_नेपाल।

बिबेक_परापराजुली ।                                                      (ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)

अध्यन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष ।                        (पृथ्वीनारायण क्याम्पस पोखरा।)

Leave a comment

Design a site like this with WordPress.com
Get started