अष्टावक्र गीता: बाह्य मूल्याङ्कन र आन्तरिक ज्ञानको युद्ध

जीवनका गहिरा सत्यहरू र आत्मज्ञानको महत्त्व र मार्ग के हो? हाम्रा पूर्वीय ग्रन्थहरू, जस्तै गीतामा प्रस्तुत तर्क र तथ्यहरूको तर्कपूर्ण र उपयोगी विश्लेषण कसरी गर्ने?

२०८१ चैत्र १८ सोमवार

बिन्दु पोष्ट(ब्लग)

१. तर्कको वास्तविक अर्थ र आजको सामाजिक दृष्टिकोण:
तर्कको वास्तविक अर्थ भनेको वस्तुनिष्ठ दृष्टिकोणबाट सोच्नु हो, जसले सत्य र न्यायलाई आधार मानेर बाह्य प्रभाव र व्यक्तिगत अनुकूलतालाई परास्त गर्दछ। तर आजको समाजमा, हामी प्रायः बाह्य रूप, स्थिति, र हैसियतका आधारमा व्यक्ति, विचार, धर्म वा सम्प्रदाय जस्ता अनेकौं कुराहरूको मूल्याङ्कन गरिरहेका हुन्छौं। के तपाईंलाई यस्तो लाग्दैन? हामी अधिकांशतः बाहिरी आवरण र भौतिक अवस्थाका आधारमा निर्णयहरू लिइरहेका छौं।

उदाहरणको लागि, एक साधारण व्यक्तिले प्रस्तुत गरेको कुनै तर्कलाई हामी सहजै बेवास्ता गर्दछौं, जबकि त्यही तर्क कुनै प्रसिद्ध व्यक्ति, प्रभावशाली समूह वा आकर्षक ढंगले प्रस्तुत गर्ने व्यक्तिले राख्दा हामी त्यसलाई महत्त्वपूर्ण ठान्छौं। 

यसरी, बाह्य रूप, भौतिक अवस्था वा अनुकूलताको आधारमा गरिने मूल्याङ्कनले शुद्ध ज्ञान र तर्कको वास्तविकतालाई अनदेखा गर्ने प्रवृत्ति आजको समाजमा व्याप्त एक गम्भीर समस्या बनिरहेको छ। यसले हाम्रो निर्णय प्रक्रियामा आवेग र अतार्किकता थप्दछ, जसले अन्ततः समाजलाई नै गलत निर्णयहरूको मार्गमा डोर्‍याउँछ। यही कारणले गर्दा समाजका धेरै घटनाहरू भावनात्मक र तात्कालिक प्रतिक्रियाहरूको शिकार बन्न पुग्छन्।

आखिर यस्तो किन हुन्छ? यो प्रवृत्ति कसरी सिर्जना भयो? जब हामी बाह्य प्रभाव र आत्म-संरक्षणको भावनाबाट प्रेरित भएर निर्णय गर्छौं, हामी वस्तुनिष्ठ तर्कबाट टाढिन्छौं र शुद्ध ज्ञानको वास्तविकतालाई बुझ्नबाट वञ्चित हुन्छौं। यस्तो अवस्था किन उत्पन्न हुन्छ र यसको जड के हो भन्ने प्रश्न स्वभाविक रूपमा प्रश्न उठ्छ। आखिर शुद्ध ज्ञान के हो? जीवनका गहिरा सत्यहरू र आत्मज्ञानको महत्त्व र मार्ग के हो? हाम्रा पूर्वीय ग्रन्थहरू, जस्तै गीतामा प्रस्तुत तर्क र तथ्यहरूको तर्कपूर्ण र उपयोगी विश्लेषण कसरी गर्ने?

यिनै जिज्ञासाहरूको उत्तर खोज्ने क्रममा म अष्टावक्र गीतासम्म आइपुगेको छु। जसरी हामी बाह्य रूप र भौतिक सम्पत्तिमा आधारित मूल्याङ्कन गर्छौं, त्यसको ठीक विपरीत, अष्टावक्र गीता जस्ता गहिरो तात्त्विक शिक्षाहरूले हामीलाई बाह्य प्रभाव र भौतिक मूल्याङ्कनको सीमाभन्दा पर जान प्रेरित गर्छन्। यसले हाम्रो मनोवृत्ति र समाजको सतही प्रवृत्तिलाई चुनौती दिँदै शाश्वत सत्यको खोजीमा अगाडि बढ्न मार्गदर्शन गर्दछ। यस आलेखको माध्यमबाट, म आफ्नो सीमित क्षमताले अष्टावक्र गीताका गहन शिक्षाहरूलाई बुझ्ने र सत्य तथा तात्त्विक ज्ञानको मार्गमा हिँड्ने एउटा प्रयास मात्र गरिरहेको छु। यसको रसमै डुब्न सकेको छैन तर राग (सुगन्ध) लाई आफ्नो सीमित क्षमताले भ्याएसम्म सुग्न प्रयास गरिरहेको छु।

२. प्राचीन नेपालको भूमिबाट ज्ञानको खोजी: राजा जनक र ॠषी अष्टावक्र :
हाम्रो गहन ज्ञानको अभिन्न एउटा यात्रा प्राचीन मिथिला राज्य बाट सुरु हुन्छ, जुन भूमि आधुनिक नेपालको जनकपुर क्षेत्र र यसको वरपरको वैदिक सम्पदासँग अभिन्न रूपमा जोडिएको छ। यही पवित्र भूमिमा, जहाँको हावामा समेत आध्यात्मिक ऊर्जा महसुस हुन्थ्यो, त्यहाँका विद्वान र ज्ञानी राजा जनकले, आफ्नो राजकीय वैभव र पदका बाबजुद पनि, परम सत्य र मुक्तिको खोजी गरिरहेका थिए। उनको यो गहिरो जिज्ञासाले उनलाई असाधारण ऋषि, अष्टावक्रसम्म पुर्‍यायो।

राजा जनक र ऋषि अष्टावक्रबीच भएको त्यो अद्वितीय संवाद, जुन कालजयी ग्रन्थ ‘अष्टावक्र गीता’ मा संग्रहित छ, यही आध्यात्मिक इतिहासले सम्पन्न भूमिमा घटित भएको थियो। यस संवादले हामीलाई वास्तविकतालाई हेर्ने हाम्रो दृष्टिकोणमाथि नै प्रश्न उठाउन बाध्य पार्छ, ठीक त्यसरी नै जसरी आज हामी समाजमा व्याप्त सतही प्रवृत्तिहरूलाई देख्छौं। 

यो प्राचीन नेपाली परिवेश, वैदिक ज्ञान र कथाहरूले भरिपूर्ण, हाम्रो यस चिन्तनको लागि एक सान्दर्भिक र शक्तिशाली सुरुवात बिन्दु प्रदान गर्दछ। जसरी राजा जनकले अष्टावक्रको बाङ्गो शरीरभन्दा पर हेरेर उनको भित्र लुकेको गहन ज्ञानलाई खोजे, त्यसरी नै यस भूमिबाट जन्मेका शिक्षाहरूले हामीलाई बाहिरी रूप र दिखावाको आधारमा मूल्याङ्कन गर्ने हाम्रो आधुनिक बानीमाथि प्रश्न गर्न प्रेरित गर्दछन्।

हजारौं वर्ष पुरानो भए तापनि, ऋषि अष्टावक्र र राजा जनक बीचको संवाद, अष्टावक्र गीता, आज पनि आत्म-अन्वेषण (self-exploration) र चेतना (consciousness) को अध्ययनमा उत्तिकै सान्दर्भिक छ। यो ग्रन्थ अद्वैत वेदान्त (Advaita Vedanta) को सार हो, जसले वास्तविकता (reality) को प्रकृति, ‘म’ (the ‘I’) को भ्रम, र परम मुक्तिको मार्गलाई उजागर गर्दछ। आश्चर्यजनक रूपमा, यसका गहन दार्शनिक अन्तरदृष्टिहरू आधुनिक विज्ञानका विभिन्न शाखाहरू – क्वान्टम भौतिकशास्त्र (Quantum Physics), ब्रह्माण्ड विज्ञान (Cosmology), न्युरोसाइन्स (Neuroscience), र संज्ञानात्मक मनोविज्ञान (Cognitive Psychology) – का नवीनतम खोजहरूसँग प्रतिध्वनित हुन्छन्। विज्ञान वस्तुगत प्रमाण (objective evidence) मा आधारित छ भने गीता अनुभवात्मक ज्ञान (experiential knowledge) मा, तर दुवैले यथार्थको गहिरो तहलाई बुझ्ने प्रयास गर्छन्। यस लेखमा, अष्टावक्र गीताका केही प्रसंग (कथा),  प्रमुख श्लोकहरू प्रस्तुत गर्दै, तिनलाई आधुनिक वैज्ञानिक अवधारणाहरूसँग विस्तृत रूपमा जोड्ने प्रयास गरिएको छ।

३. अष्टावक्र गीता: एक अद्वितीय परिचय:
हामी एक अनौठो यात्रामा छौं। मानव जातिसँग अनेकौं शास्त्रहरू छन्, तर अष्टावक्र गीता जस्तो अद्वितीय शास्त्र सायदै (विरलै) होला। यसको अगाडि वेदहरू फिक्का लाग्न सक्छन्, उपनिषदहरूको स्वर धीमा सुनिन सक्छ, तर अष्टावक्र संहिता निर्भीक र स्पष्ट छ। अष्टावक्रका वचनहरू कुनै पनि सामाजिक, राजनीतिक वा जीवनका सतही व्यवस्थाहरूको प्रभावबाट पूर्णतया मुक्त भएकोले उनका वचनहरू समय र कालको सीमाभन्दा पर, शाश्वत सत्यका अभिव्यक्ति हुन्।

आध्यात्मिक गुरु ओशो रजनीशका अनुसार, “अष्टावक्रका वचनहरूले समाजमा कृष्णको गीताले जस्तो व्यापक प्रभाव पार्न सकेनन्। यसको मुख्य कारण कृष्णको गीता समन्वयवादी हुनु हो। कृष्ण सत्यको साथसाथै समन्वयमा पनि ध्यान दिन्छन्, जसले गर्दा उनको गीतामा सबैले आफ्नो लागि केही न केही पाउँछन्, यो एक प्रकारको ‘खिचडी’ जस्तै हो। तर अष्टावक्र समन्वयवादी होइनन्, उनी शुद्ध सत्यवादी हुन्। उनका वचनहरूमा कुनै मिलावट छैन, ती शुद्ध र स्पष्ट छन्। उनलाई श्रोताले बुझ्छन् कि बुझ्दैनन् भन्ने चिन्ता छैन; उनले सत्यलाई जस्तो छ, त्यस्तै प्रस्तुत गरेका छन्, बिना कुनै लागलपेट।”

४. अष्टावक्रका कथा: बाह्य रूप र आत्मज्ञानको गहिरो संघर्ष ||Ashtavakra’s Tales: The Deep Struggle Between External Form and Inner Knowledge ||
अष्टावक्रका जीवनका बारेमा थोरै घटनाहरू उपलब्ध छन् र उनी इतिहासमा एक महत्वपूर्ण सामाजिक वा राजनीतिक व्यक्तित्वको रूपमा प्रस्तुत भएनन्। तर, अष्टावक्रसँग सम्बन्धित दुईवटा मात्र कथाहरू प्रचलित छ्न। जसको गहिरो सांकेतिक अर्थ छ र यी कथाहरू आज पनि हाम्रो चेतना र आत्मज्ञानको खोजीमा मार्गदर्शकका रूपमा प्रस्तुत भइरहेका छन्। यी कथाहरू घटनाहरू मात्र नभएर, हामीलाई जीवन र अस्तित्वको गहिराइमा विचार गर्न प्रेरित गर्ने शिक्षा पनि प्रदान गर्छन्।

क.  अष्टावक्रका जन्मका पृष्ठभूमि: श्राप र आत्मज्ञान (पहिलो कथा प्रसंग) :
अष्टावक्रका बारेमा सबैभन्दा प्रसिद्ध कथा उनको जन्मसँग सम्बन्धित छ। भनिन्छ, अष्टावक्रका पिता, कहोड, एक प्रसिद्ध विद्वान् पण्डित थिए जसले दैनिक वेदपाठ गर्थे। अष्टावक्र गर्भमा रहेका बेला यी वेदपाठका शब्दहरूको ध्वनि सुन्दै, उनले गर्भबाटै भनें, “रोक्नुहोस्! यो सबै व्यर्थ छ। यहाँ कुनै ज्ञान छैन, केवल शब्दहरूको संग्रह मात्र छ।”

अष्टावक्रको यो भनाइले उनका पिता अत्यन्त क्रोधित भए। पण्डित्याईंको अहंकारलाई चोट पुग्ने भएकाले उनले श्राप दिए, “तँ जन्मँदा तेरो शरीर आठ स्थानबाट बाङ्गो हुनेछ।” र यस प्रकार अष्टावक्रको नाम “अष्टावक्र” (आठ ठाउँमा बाङ्गो) राखिएको हो।

कथाको सांकेतिकता: बाह्य रूपको भ्रम र आन्तरिक सत्य:
यो कथा केवल एक साधारण घटना होइन, बरु यसमा गहिरो प्रतीक छ। अष्टावक्रको गर्भबाट बोली एक गहिरो सन्देशको रूपमा प्रस्तुत गरिएको छ। यसले यो संकेत गर्दछ कि शब्दहरू र बाह्य रूप मात्र ज्ञानको सम्पूर्णता समेट्न सक्दैनन्। अष्टावक्रले गर्भबाटै चेतना र ज्ञानको वास्तविकता देखाएका थिए। जसले हाम्रो चेतनाको गहिराइ र उच्चतम अवस्थाको खोजीमा अनुभवको महत्त्वलाई उजागर गर्दछ।

जस्तै, बुद्धको जन्ममा सात पाइला हिँड्नु, लाओत्सेको ८० वर्षको उमेरमा जन्मिनु, वा जरथुस्त्र जन्म्ने बेलामा हाँस्नु— यी सबै घटनाहरू बाह्य जन्मको सूचक नभएर चेतनाको गहिराई र उच्च अवस्थाको प्रतीक हुन्। अष्टावक्रको जन्मको कथा पनि यही सन्देश दिन्छ, जसले केवल शब्द र बाह्य घटनाका आधारमा ज्ञानको मूल्याङ्कन नगरी आन्तरिक अनुभव र सत्यको खोजीको महत्त्वलाई दर्शाउँछ।

ख) राजा जनकको सभामा: बाह्य रूप र आत्मा बीचको भिन्नता (दोस्रो कथा प्रसंग)
अष्टावक्रसँग सम्बन्धित अर्को प्रसिद्ध कथा राजा जनकसँगको संवाद हो। राजा जनकले एक भव्य शास्त्रार्थ आयोजना गरेका थिए जसमा देशभरका विद्वान्हरूलाई निम्त्याइएको थियो। यस शास्त्रार्थको पुरस्कार स्वरूप हजार गाईहरू, जसका सिङमा सुनका झुन्ड्याइएको थियो, राखिएका थिए। अष्टावक्रका पिता पनि यस सभामा सहभागी थिए, र उनका विचारहरू जनकसँग भिन्न भएकाले उनी हार्न थालेका थिए ।

यति बेला, १२ वर्षको अष्टावक्र सभामा प्रवेश गरे र उनका आठ ठाउँमा बाङ्गिएको शरीर देखेर सभामा उपस्थित मानिसहरूले हाँस्न थाले। तर अष्टावक्र भने सबैभन्दा ठूलो हाँसो गरे। राजा जनक अचम्मित हुँदै सोधे, “अरू सबै हाँसेका छन्, तर तिमी पनि किन हाँस्यौ?”
अष्टावक्रले जवाफ दिए, “म यसकारण हाँसेँ कि यहाँ सत्यको निर्णय चमडा(छाला)का व्यापारीहरूले गर्दैछन्।”
राजा जनक अचम्मित भए र सोधे, “तिमीले भनेको के हो?”
अष्टावक्रले भने, “यी पण्डितहरू मेरो बाङ्गो शरीर मात्र देखिरहेका छन्, मलाई (मेरो आत्मालाई) देखेका छैनन्। जसले केवल छाला (चमडा) हेर्छ, ऊ चमार हो। ज्ञानीले त आत्मा हेर्छ।”
यसको जवाफले राजा जनकलाई गहिरो प्रभाव पार्यो र उनले भोलिपल्ट बिहानै अष्टावक्रलाई भेट्न गएर शिष्य बन्ने इच्छा व्यक्त गरे। यसरी, राजा जनकको आत्मज्ञानको यात्रा सुरु भयो।

निष्कर्ष हेर्ने दुई दृष्टि: चर्म-दृष्टि र आत्मा-दृष्टि:
यो कथा हाम्रो दृष्टिकोण र मूल्याङ्कनको प्रक्रियामा एक ठूलो पाठ प्रस्तुत गर्दछ। बाह्य रूप र शरीरको माध्यमबाट केवल सतही दृष्टिकोणमा कुनै कुरा वा व्यक्तिको मूल्याङ्कन गर्नु सही छैन। अष्टावक्रले यहाँ हाम्रो ध्यानलाई शरीर र बाह्य रूपबाट हटाएर आत्मा र चेतनाको गहिराइतर्फ निर्देशित गरे। उनले सत्य र ज्ञानको परिभाषा फेरी बदल्न र अनुभवको महत्त्व बुझ्नका लागि हामीलाई प्रेरित गरे।

यस कथा मार्फत, अष्टावक्रले हामीलाई यस सन्देश दिन चाहन्थे कि ज्ञान र तर्क केवल बाह्य रूपको आधारमा होइन, आन्तरिक सत्य र आत्मा को गहिराइबाट खोजिनु पर्छ। यसले ज्ञानको प्राप्ति र आत्मज्ञानको प्रक्रियामा केवल शब्द र बाह्य रूपले सीमित नगरी, गहिरो आन्तरिक अनुभवलाई महत्त्व दिनुपर्ने आवश्यकता औंल्याउँछ।

यो कथाले हामीलाई हेर्ने दुई तरिकाहरू सिकाउँछ: एक, चर्म-दृष्टि (बाहिरी रूप हेर्ने) र अर्को, आत्मा-दृष्टि (भित्री सत्य हेर्ने)। जसले केवल बाहिरी शरीर, रूप वा अवस्था हेर्छ, ऊ कहिल्यै सत्यसम्म पुग्न सक्दैन। तर जसले आत्मालाई देख्छ, ऊ सत्यको मार्गमा अघि बढ्न सक्छ। यो आजको समाजको सतही मूल्याङ्कन प्रवृत्तिमाथिको गहिरो चोट हो। अष्टावक्रका जीवनका यी घटनाहरू हाम्रो चेतना र आत्मज्ञानको प्रक्रियामा एउटा गहिरो शिक्षाको रूपमा प्रस्तुत भएका छन्। यी कथाहरू केवल बाह्य घटनाहरू मात्र होइन, तिनीहरूले हामीलाई भित्रको सत्य र आत्मा खोज्न प्रेरित गर्छन्। अष्टावक्रका शिक्षाहरूले हाम्रो दृष्टिकोणलाई विस्तृत र गहिरो बनाउँछन् र केवल भौतिक रूपको मूल्याङ्कन नगरी आत्मज्ञानको महत्त्वमा ध्यान दिन प्रेरित गर्छन्।

५. अष्टावक्र गीता: आत्मज्ञानको प्रत्यक्ष मार्ग:
अष्टावक्र गीता केवल शब्दहरूको संग्रह होइन, यो आत्मज्ञानको प्रत्यक्ष मार्ग हो। यसलाई बुझ्न बौद्धिक तर्कभन्दा पनि अनुभव र शुद्ध हृदय चाहिन्छ।


क) विवेकानन्दको अनुभव: एकपटक स्वामी विवेकानन्दले रामकृष्ण परमहंससँग सोधे, “परमात्मा हुनुहुन्छ भने प्रमाण दिनुहोस्।” रामकृष्णले प्रमाण दिनुको सट्टा विवेकानन्दलाई अष्टावक्र गीता पढेर सुनाउन आग्रह गरे। जब विवेकानन्दले पढ्न थाले, उनी शब्दहरूको गहिराइमा डुब्दै गए, उनको हृदय काँप्न थाल्यो र उनी पढ्न असमर्थ भए। रामकृष्ण मुस्कुराए, किनकि उनी जान्दथे कि अष्टावक्रका शब्दहरूमा आत्मालाई झंकृत गर्ने, जगाउने शक्ति छ। यी केवल अक्षर होइनन्, यी जीवित ऊर्जा हुन्। रामकृष्णले अष्टावक्र गीता नै छान्नुको कारण थियो—यसमा शुद्धतम सत्य छ, जुन आत्माको गहिराइमा सीधै प्रवेश गर्न सक्छ।
ख) जनकका तीन प्रश्न: राजा जनकले अष्टावक्रसँग तीन आधारभूत प्रश्न सोधेका थिए:
अ) ज्ञान कसरी प्राप्त हुन्छ? (कथं ज्ञानमवाप्नोति?)
आ) मुक्ति कसरी सम्भव हुन्छ? (कथं मुक्तिर्भविष्यति?)
इ) वैराग्य कसरी प्राप्त हुन्छ? (वैराग्यं च कथं प्राप्तम्?)
यी प्रश्नहरू सरल देखिए पनि यिनका उत्तरहरू गहन छन् र आत्म-अनुभवमा आधारित छन्। शास्त्रहरूमा लेखिएका कुराहरू जानकारी (धूलो) मात्र हुन सक्छन्, तर वास्तविक ज्ञान त्यो हो जसले मुक्त गराउँछ (सा विद्या या विमुक्तये)।

ज्ञान र जिज्ञासाको सम्बन्ध: अष्टावक्रले जनकको जिज्ञासालाई केवल बौद्धिक कौतुहलको रूपमा हेरेनन्, बरु त्यसको स्रोत, जनकको मनोदशा र उनको बन्धनको अवस्थालाई बुझे। ज्ञानीको जिज्ञासा मौन हुन्छ, किनकि उसले उत्तर आफैंभित्र पाइसकेको हुन्छ। तर बन्धनमा रहेको जिज्ञासुको प्रश्नमा उसको छटपटी र मुक्तिप्रतिको गहिरो आकांक्षा लुकेको हुन्छ। अष्टावक्रले जनकलाई बाहिरी उत्तर दिनुको सट्टा उनको आफ्नै चेतनालाई जागृत गराउने मार्ग देखाए। उनले बुझाए कि ज्ञान पुस्तकमा होइन, अनुभव र आत्मबोधमा छ। मुक्ति शास्त्र घोकेर होइन, आत्म-साक्षात्कारबाट प्राप्त हुन्छ।


६. निष्कर्ष: बाह्य आवरणबाट सत्यतर्फ:
अष्टावक्र गीता हामीलाई बाह्य संसारको भ्रम र सतही मूल्याङ्कनबाट माथि उठेर आफ्नो भित्री सत्य र आत्माको स्वरूपलाई चिन्न प्रेरित गर्दछ। यसले समाजको ‘चर्म-दृष्टि’ लाई चुनौती दिँदै ‘आत्मा-दृष्टि’ विकसित गर्न आह्वान गर्दछ। जनक र अष्टावक्रको संवादले देखाउँछ कि साँचो ज्ञान, मुक्ति र वैराग्य बाहिरी कर्मकाण्ड वा बौद्धिक अभ्यासबाट मात्र प्राप्त हुँदैन, बरु यो गहिरो आत्म-अन्वेषण र आत्मबोधको परिणाम हो। आजको भागदौड र सतहीपनको युगमा, अष्टावक्र गीता का शिक्षाहरू झनै सान्दर्भिक छन्। यसले हामीलाई रोकिन, सोच्न र आफ्नो जीवनको वास्तविक उद्देश्य – बाह्य भ्रमबाट मुक्त भएर शाश्वत सत्य र आनन्दको अनुभव गर्नु  तर्फ डोर्‍याउँछ। यो केवल एक ग्रन्थ होइन, यो आत्मिक क्रान्तिको स्रोत हो, जसले हामीलाई आफू वास्तवमा को हौं भन्ने बोध गराउँछ।

स्रोत:
१) अष्टावक्र  गिता
२) अद्वैत वेदान्त (शंकराचार्य)
३) अष्टावक्र माहागीता ; रजनिस ओशो
४) सन्त गाथा ; स्वामी आनन्द अरुण
५) ज्ञान योग ; स्वामी विवेकानन्द
६) माया तथा लिला (Menifestation and Dynamism) ; अरुण कुमार सुवेदी 
७) ईन्टरनेट ।

क्रमशः  अष्टावक्र गीता र आधुनिक विज्ञान: श्लोकहरूमा प्राचीन ज्ञान र आधुनिक खोजको विस्तृत संगम || भाग २ ||

फिबोनाची रिट्रेस्मेन्ट अनुसार नेप्से बुलको टार्गेट कति ?

फिबोनाच्ची अनुक्रम(sequence) को थालनी प्राचीन गणितमा रहेका छन्, जसको शुरुआत भारतीय र अरबी परम्परामा भएको थियो। पछि, १३औं शताब्दीमा लियोनार्दो अफ पिसा (फिबोनाच्ची) ले पश्चिमी युरोपमा यसलाई प्रस्तुत गरे।

२०८१ फागुन २३ शुक्रवार

विवेक पराजुली(ब्लग)

Fibonacci Indicator एउटा Technical Analysis उपकरण हो, जसले वित्तीय बजारमा मूल्य परिवर्तन (Price Movements) को सम्भावित समर्थन (Support) र प्रतिरोध (Resistance) स्तरहरू पहिचान गर्न मद्दत गर्छ।

ऐतिहासिक पृष्ठभूमि (Historical Background)


फिबोनाच्ची अनुक्रम(sequence) को थालनी प्राचीन गणितमा रहेका छन्, जसको शुरुआत भारतीय र अरबी परम्परामा भएको थियो। पछि, १३औं शताब्दीमा लियोनार्दो अफ पिसा (फिबोनाच्ची) ले पश्चिमी युरोपमा यसलाई प्रस्तुत गरे। उनको प्रसिद्ध पुस्तक लिबेर अबासी (Liber Abaci) ले यो अनुक्रमलाई प्रचलित बनायो र रोमन अङ्कहरूको स्थानमा अधिक प्रभावकारी हिन्दू-अरबी अङ्क प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्यो।


फिबोनाच्चीले गणितीय विश्लेषणका लागि यो अनुक्रम प्रस्तुत गर्दा, यसले गणितको क्षेत्रलाई मात्र नभएर, सांस्कृतिक र बौद्धिक धार पनि परिवर्तन गर्न मद्दत पुर्‍यायो। यस पुस्तकले पश्चिमी युरोपमा गणितीय विधिहरूमा क्रान्ति ल्यायो र आधुनिक अंक गणनाका प्रणालीहरूलाई नयाँ दिशामा लैजाने एउटा महत्वपूर्ण कदम साबित भयो। यसले बजारको उतारचढाव (Retracement & Extension) को भविष्यवाणी गर्नका लागि प्रयोग गरिन्छ।


अब बुझौं Fibonacci Retracement स्तर कसरी काम गर्छ ?
Retracement स्तर लागू गर्नका लागि, ट्रेडर / लगानिकर्ताले बजारको प्रवृत्ति पहिचान गर्न आवश्यक छ। के बजार सुरक्षित वा अपट्रेंडमा छ, जसमा मुल्यदर (pricelevel) उच्च उच्च (Higherhigh) र उच्च न्यूनतम हुन्छ(Higherlow), या विपरीत डाउनट्रेंडमा छ, जसमा कम उच्च (lowerlow)र कम न्यूनतम(lowerhigh) हुन्छ। यसलाई सजिलो संग बुझ्न प्रवृतिको पहिचान न्यून वा उच्च बिन्दुहरुमा ट्रेन्डलाईन (Trendline) बनाएर पनि गर्न सकिन्छ। जस्ले चार्ट (chart) को स्पष्टता प्रदान गर्दछ।

प्रवृत्ति पहिचान भएपछि,  ट्रेडर / लगानिकर्ताले स्विंग हाई (Swinghigh) र स्विंग लो(Swinglow) को सन्दर्भ बिन्दुका रूपमा चयन गर्नुपर्छ। अधिकांश ट्रेडिंग प्लेटफर्महरूमा Fibonacci retracement उपकरणहरू हुन्छन् जसले स्वचालित रूपमा 38.2%, 50%, 61.8% र 78.6% जस्ता प्रमुख स्तरहरू उत्पन्न गर्दछन्। यी स्तरहरू अपट्रेंडमा सम्भावित समर्थन (support) र डाउनट्रेंडमा प्रतिरोधको (resistance) रूपमा कार्य गर्दछन्, जसले ट्रेडर / लगानिकर्ताले मूल्यको प्रतिक्रियाहरू अनुमान गर्न मद्दत पुर्‍याउँछ। सामान्य retracements, जस्तै 38.2% retracement, मजबूत गति जनाउँछ, जबकि गहिरो retracements, जस्तै 78.6% retracement, बजारमा सम्भावित ट्रेन्ड परिवर्तनको संकेत दिन सक्छ। ट्रेडरहरूले यी स्तरहरूमा मूल्यको फर्कने  (retracement) को सम्भावना हेरेर मूल्य पुनः माथि जान्छ वा तल जान्छ भनेर निर्णय लिन्छन्। यो प्रविधि प्रायः ट्रेन्डको झर्न बिन्दुहरूको पहिचान गर्नका लागि प्रयोग गरिन्छ, जसले सस्तो मुल्यमा खरिद वा महँगो मूल्यमा बिक्रीको अवसर लिने रणनीतिको साथ प्रयोग गरिन्छ।


यो प्राविधिक चार्ट (technical chart) मा  indicator मा गएर  fibonacci खोजी सजिलो संग प्रयोग गर्न सकिन्छ।

Nepse Index विश्लेषण: Fibonacci Retracement 1.5 को अध्ययन र वार्षिक प्रवृत्ति (Trend)
Nepse Index चार्ट अध्ययन गर्दा बजारले प्रत्येक प्रमुख बुल रन (बजार उकालो लाग्ने चक्र) मा Fibonacci 1.5 स्तर नजिकै पुगेर ठूलो करेक्शन भोगेको देखिन्छ। Fibonacci लक्ष्य, समर्थन र प्रतिरोध बिन्दुहरू (Arrows), र विगतका वर्षहरूमा देखिएको बजार प्रवृत्तिको विश्लेषणले आगामी बजार चालबारे संकेत मान्न सकिन्छ। यसैको आधारमा यो आलेख तयार पारीएको छ।

Fibonacci 1.5 लाई (Circle) को अध्ययन:
चार्टमा देखाइएका Fibonacci 1.5 स्तरहरूलाई circle लगाइएको छ। जस्को उदेश्य बुझ्न सहज र स्पष्ट होश भन्ने हो। जहाँ प्रत्यक बुलको बजारका मुख्य उच्चतम विन्दु (Market Peaks) दर्शाउँछन्। प्रत्येक बुल रनपछि बजारले यी स्तरहरू छोएर करेक्शन लिएको प्रष्ट देख्दछौं।
१. २००४-२००८ बुल रन
बजार निरन्तर उकालो लाग्दै Fibonacci 1.5 (१८३२.११) को लक्ष्यसम्म पुग्यो। जब यो स्तर नजिक पुग्यो, त्यसपछि बजारमा तीव्र गिरावट देखियो।


२. २०१३-२०१६ बुल रन
फेरि अर्को बुल रन आयो, जसमा बजारले Fib 1.5 (३१७३.६६) नजिक पुग्यो। यस बिन्दुमा बजारले उच्चतम विन्दु बनाएपछि करेक्शन सुरु भयो।


३. २०२१-२०२३ बुल रन
यो चक्रमा बजारले Fib 1.5 (४९२०.३९) सम्म पुग्न सकेन। यद्यपि, २९९१.९८ मा प्रतिरोध पाएपछि बजारमा सानो करेक्सन आयो। अहिलो यहि चरणमा बजार संघर्षरत छ।

४. २०२५ सम्भावित बुल रन:
यदि विगतका प्रवृत्तिहरू दोहोरिएमा, बजारले ४९२०.३९ को लक्ष्यसम्म पुग्न सक्छ। तर, यो स्तर नजिकै पुगेपछि फेरि करेक्शन हुने सम्भावना रहन्छ।


निष्कर्ष :
• बजार प्रत्येक बुल रनमा Fib 1.5 स्तर वरिपरि पुग्दा करेक्शन भएको छ।
• २०२५-२०२६ मा बजार पुनः ४९२०.३९ सम्म जान सक्ने सम्भावना छ।
• ३१७३.६६ पहिलो प्रमुख प्रतिरोध हो, जुन पार भएमा अर्को लक्ष्य ४९२०.३९ हुन सक्छ।

Arrows को अध्ययन:
Red Arrow – बजारको उच्चतम विन्दु (Market Peak)
चार्टमा देखिएका रातो तीरहरू बुल रनको अन्त्य सूचित गर्छन्।
• २००८: बजार १८३२.११ नजिक पुगेर गिरावट भयो।
• २०१७: बजार ३१७३.६६ नजिक पुगेपछि करेक्शन भयो।
• २०२१: बजारले २९९१.९८ मा प्रतिरोध पाएर तल झर्‍यो।
Red Arrow को अर्थ: बजारले नयाँ उच्चतम विन्दु बनाएपछि करेक्शन आउने सम्भावना इकित गर्दछ।

Green Arrow – बजारको समर्थन : (Support Levels)
चार्टमा देखाइएका हरियो Arrow बजारको समर्थन क्षेत्र देखाउँछन्, जहाँबाट नयाँ बुल रन सुरु हुने सम्भावना हुन्छ।
• २००५-२००६: बजार Fib 0.18 (494.81) मा समर्थन लिएर बुल रन सुरु।
• २०११-२०१२: बजार Fib 0.18 (1103.4) मा समर्थन लियो।
• २०१९-२०२०: बजार १८४५.० मा समर्थन पाएर पुन: उकालो लाग्यो।
• २०२३-२०२४: बजारले Fib 0.18 (2212.4) मा समर्थन लिएको देखिन्छ।
 Green Arrow को अर्थ: बजारले जहाँ समर्थन लिन्छ, त्यहाँबाट नयाँ बुल रन सुरु हुन सक्छ

निष्कर्ष:
• रातो तीर (Red Arrow) प्राय: Fibonacci 1.5 नजिक आउँछ, जसपछि बजार करेक्शन भोग्छ।
• हरियो तीर (Green Arrow) समर्थन क्षेत्र हो, जहाँ बजार पुनः माथि जान सक्छ।
• २०२३-२०२४ मा बजार समर्थन क्षेत्रमै छ, जसले २०२५ को सम्भावित बुल रन संकेत गर्छ।

वर्ष (Year) अनुसार बजारको विश्लेषण:
विगत २० वर्षको बजार इतिहास हेर्दा, ८-९ वर्षको फरकमा प्रमुख बुल रनहरू देखिन्छन्।
• २००४-२००८: बुल रन भयो, बजार १८३२.११ नजिक पुगेर करेक्शन भयो।
• २०१३-२०१७: बजार ३१७३.६६ मा पुगेपछि गिरावट सुरु भयो।
• २०२१-२०२३: बजार २९९१.९८ मा प्रतिरोध पाएर कमजोर भयो।
• २०२५: यदि विगतका ढाँचाहरू दोहोरिन्छन् भने, बजार ४९२०.३९ पुग्न सक्ने सम्भावना छ।

समग्र निष्कर्ष:
• बजारले हरेक ५-६ वर्षमा नयाँ उच्चतम बिन्दु बनाउने प्रवृत्ति देखाएको छ।  
• यदि बजारले विगतका बुल रनहरू जस्तै चलायमान भयो भने, २०२५-२०२६ मा नयाँ उच्चतम विन्दु (Fib 1.5 – ४९२०.३९) सम्भावित छ।
Nepse Index चार्टमा देखिएका Fibonacci 1.5 स्तर, Arrow, र वार्षिक प्रवृत्तिहरू अध्ययन गर्दा बजारको चलायमानता बुझ्न मद्दत मिल्छ।
• बजार हरेक बुल रनमा Fibonacci 1.5 नजिक पुग्दा करेक्शन भोगेको छ।
• रातो तीर (Red Arrow) बुल रनको अन्त्य सूचित गर्छ, जसपछि बजार गिरावटमा गएको देखिन्छ।
• हरियो तीर (Green Arrow) समर्थन क्षेत्र देखाउँछ, जहाँ बजार बाउन्स हुने सम्भावना रहन्छ।
• २०२५ मा बजार पुन: ४९२०.३९ पुग्न सक्छ, यदि समर्थन कायम रह्यो भने।
• ३१७३.६६ पहिलो प्रतिरोध हो, जुन पार गरेपछि बजार नयाँ बुल रनतर्फ जान सक्छ।

रणनीति (Investment Strategy):
• २०२३-२०२४ मा बजार समर्थन क्षेत्रमा छ, हरियो (Trendline) को समर्थनमा छ, जुन सम्भावित बुल रनको संकेत दिन्छ।
• ३१७३.६६ माथि बजार टिकेमा, अर्को लक्ष्य ४९२०.३९ हुन सक्छ।

(Disclaimer: यो विश्लेषण केवल प्राविधिक अध्ययनमा आधारित छ, लगानी गर्नु अघि आफ्नो अनुसन्धान गर्नुहोस्। )

ज्योतिषशास्त्र – समयसँग संवाद गर्दै आएको सनातन विज्ञान

पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्।

२०८१ फागुन १० गते शनिवार

विवेक पराजुली(अन्त:करणस्य स्वतन्त्रताया:)

“वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥
विघ्नेश्वराय वरदाय सुरप्रियाय
लम्बोदराय सकलाय जगद्धिताय।
नागाननाय श्रुतियज्ञविभूषिताय
गौरीसुताय गणनाथ नमो नमस्ते॥”

१) ज्योतिष परिचय र यसको व्यवहारिक महत्त्व:
ज्योतिषशास्त्र (Astrology) ज्योतिषशास्त्र बुझ्नका लागि “ज्योतिष” शब्दको अर्थ बुझ्न आवश्यक हुन्छ। “ज्योतिष” शब्द ज्योति र ईश मिलेर बनेको हुन्छ।ज्योति भन्नाले उज्यालो, प्रकाश वा तेजलाई जनाउँछ। ईश भन्नाले ईश्वर अर्थात् परमात्मालाई जनाउँछ। यस अर्थमा, “ज्योतिषशास्त्र भन्नाले ग्रह-नक्षत्र तथा देवताहरूले सम्पूर्ण प्राणी माथि पार्ने प्रभावको अध्ययन गर्ने विज्ञान हो।” – पौडेल, स. (२०७६) ज्योतिष चिन्तामणि ।

वर्तमान समयमा हरेक क्षेत्र (व्यक्ति, व्यवसाय, लगानिकर्ता, संस्था, संगठन, उद्योग, शिक्षा वा मानव र मानव सभ्यता नै किन नहोस् विविध विधाको अन्तिम उदेश्य “What Next?” भन्ने प्रश्नसँग अर्थात हरेक विधा भविस्यको अनिश्चिततामा आफ्नो अनुकुल उपस्थिति र उपायको लागि  संघर्षरत छन्।  शिक्षा मार्फत उपलब्ध गराइएको सुचनाहरु पनि व्यवाहरिक ज्ञानको रुपमा उपयोग गरि विशिष्टता (uniqueness) प्रदान गर्न ध्याय राख्दछ। ज्योतिषशास्त्र पनि समय, परिस्थिति, ग्रहयोग, र व्यक्तिगत योग्यता अनुसार सही दिशा पहिल्याउन मद्दत गर्न सनातनि विधि (technique) हो।

जीवन वा जीवन पद्धतिको महत्वपूर्ण निर्णय— करियर, विवाह, स्वास्थ्य, वा आर्थिक लगानी— सही दिशामा गरिएमा मात्र सफलता प्राप्त हुन्छ, र यहीँ ज्योतिषशास्त्रको भूमिका स्थापित हुन्छ। व्यवसायमा शुभ समय निर्धारण, शिक्षामा उपयुक्त विषय छनोट, वा व्यक्तिगत जीवनमा सही निर्णय लिन ज्योतिषले वैज्ञानिक गणनाका आधारमा मार्गदर्शन आदि व्यक्तिको आन्तरिक जीवन मात्र होइन मानव सभ्यतालाई जागृत र उजागर गर्न , आत्म देखि अस्तित्वसम्मकै एउटा अध्य्यनको विषय छ। ग्रहहरूको प्रभावलाई बुझेर सही उपाय अवलम्बन गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। 

यसैले, ज्योतिष केवल अन्धविश्वास होइन, यसमा केही सिमितता छ्न यस अलावा यो एक गणितीय, खगोलीय, र व्यवहारिक ज्ञान पनि हो, जसको क्षेत्र विराट छ जसको गहन अध्य्यन र अनुसन्धान बाट सही समयमा सही निर्णयगर्न  मार्गदर्शन गर्दछ। ज्योतिषको बृहत् क्षेत्र र वैज्ञानिक आधार र महत्वहलाई उजागर गर्न हेतुले यश भागमा ज्योतिषको परिचय र आधुनिक युगमा सनातन विज्ञानको सान्दर्भिकता र महत्वलाई यश अंशमा स्पष्ट गर्न कोसिस गरिएको छ।

क) ज्योतिषको प्राचीनता:
मानव जातिको इतिहासमा जति अनुसन्धानहरू भएका छन्, तिनमा यस्तो कुनै पनि समय भेटिएको छैन जब ज्योतिषशास्त्र वा ज्योतिषिय गणना अस्तित्वमा थिएन। जीससको जन्म भन्दा २५,००० वर्षअघि Lebombo Bone (३७,००० वर्ष पुरानो) , हड्डीका अवशेषहरू भेटिएका छन्, जसमा ज्योतिषीय चिन्हहरू अंकित छन्। यी हड्डीहरूमा चन्द्रमाको यात्रा तथा ज्योतिषीय गणनाका चिह्नहरू पाइएका छन्। 

 “पश्चिमी अनुसन्धानका अनुसार यी अवशेषहरू ज्योतिषको प्राचीन अस्तित्व प्रमाणित गर्छन्। तर सनातन सभ्यतामा ज्योतिषको इतिहास अझै पुरानो रहेको प्रमाणित छ। ऋग्वेदमा ९५,००० वर्ष पहिलेको ग्रह-नक्षत्रहरूको स्थितिको उल्लेख पाइन्छ। लोकमान्य तिलक (बाल गङ्गाधर तिलक)ले यही आधारमा निष्कर्ष निकालेका थिए कि ज्योतिष कम्तीमा ९०,००० वर्ष पुरानो हुनुपर्छ।”- रजनिस ओशो।

यो कसरी सम्भव भयो ? त्यो समयमा नक्षत्रहरूको स्थिति के थियो भन्ने जानकारी पछि प्राप्त गर्न कुनै साधन थिएन। तर अहिले विज्ञानको प्रगतिसँगै हामी गत हजारौं वर्षको ग्रह-नक्षत्रहरूको स्थिति पहिचान गर्न सक्षम भएका छौं।

ख) वेद र ज्योतिषशास्त्र:
ज्योतिषशास्त्रको उत्पत्ति वेद बाट भएको हो।
चार वेदहरू हुन्— ऋग्वेद, यजुर्वेद, सामवेद,अथर्ववेद
यिनै चतुर्वेदबाट आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, र ज्योतिषशास्त्रको विकास भएको मानिन्छ।

३) पश्चिमा वैज्ञानिकहरूको ज्योतिषप्रति धारणा:
पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्। यद्यपि, तिनीहरूले ज्योतिषको इतिहास र प्रभावलाई एउटा सांस्कृतिक र मानसिक अध्ययनको रूपमा महत्त्व दिएका छन्।

कार्ल युंग (Carl Jung, Psychologist) I am not an astrologer, but I have learned a great deal from the concept of the ‘astrological archetypes’ and their psychological relevance.”
(“म ज्योतिषी होइन, तर मैले ‘ज्योतिषीय आदर्श’ र तिनका मानसिक महत्त्वबाट धेरै कुरा सिकेको छु।”)

स्टीफन हॉकिङ्स (Stephen Hawking, Theoretical Physicist) “I cannot prove that astrology works, but it is interesting that ancient cultures had a system of identifying celestial influences on human beings. (“मैले ज्योतिष काम गर्छ भन्ने प्रमाण दिन सक्दिन, तर यो चासोको कुरा हो कि प्राचीन सभ्यताहरूले मानिसमाथि आकाशीय प्रभावहरूको पहिचान गर्ने एक प्रणाली विकास गरेका थिए।”) 

यी उद्धरणहरूले पनि स्पष्ट पार्छ, पश्चिमी वैज्ञानिकहरू ज्योतिषको ऐतिहासिक र सांस्कृतिक पक्षलाई महत्त्व दिन्छन् र यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न भने आधार नभएको स्वीकार गर्दछन्। जसको कारण यो परम्परा, दर्शन र मानसिक अवस्थाहरूको अध्ययन गर्नका लागि एक महत्त्वपूर्ण पद्धति बनेको छ।

क) ग्रह र नक्षेत्रको मानवीय जिवनमा प्रभाव:
अ) पैरासेल्ससको (Paracelsus) चिकित्सा दर्शन: 

स्विस चिकित्सक पैरासेल्ससले स्वास्थ्यको परिभाषा पुनः परिभाषित गरे। परम्परागत चिकित्सा प्रणालीले स्वास्थ्यलाई रोगको अभावको रूपमा व्याख्या गर्छ, जुन नकारात्मक परिभाषा हो। तर, पैरासेल्ससले स्वास्थ्यलाई सकारात्मक रूपमा हेर्दै भने— “स्वास्थ्य भनेको शरीर र ब्रह्माण्डीय संगीतबीचको पूर्ण सन्तुलन हो।”

पैरासेल्ससले कुनै पनि बिरामीको उपचार गर्नुअघि उसको जन्मकुण्डली अध्ययन गर्थे। उनले ग्रह-नक्षत्रहरू र मानव स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको पत्ता लगाए। यदि कुनै व्यक्ति आफ्नो जन्म समयमा अंकित भएको खगोलीय समीकरण संग असन्तुलित हुन्छ भने, ऊ बिरामी पर्न सक्छ। जब ऊ पुनः आफ्नै मौलिक समिकरण सँग सामञ्जस्यमा आउँछ, ऊ स्वस्थ हुन थाल्छ।

आ)  विज्ञान र ज्योतिषको पुनरागमन( १९५० पछि):
सन् १९५० पछि, आधुनिक विज्ञानले ज्योतिष र खगोलशास्त्रलाई पुनः गम्भीर रूपमा लिन थाल्यो। यही समयमा कॉस्मिक केमिस्ट्री (ब्रह्म रसायन) नामक नयाँ विज्ञानको जन्म भयो, जसको प्रवर्तक थिए जी. इ. गर्डी (G.I. Gurdjieff (ग्रिगोरी इवानोविच गर्डी) एक प्रसिद्ध रूसी-आर्मेनी दार्शनिक, शिक्षक, संगीतकार, और रहस्यमय विचारक)


गर्डी (G.I. Gurdjieff’s) ले  सम्पूर्ण ब्रह्माण्ड एक जीवन्त (Organic Unity) रूप हो भनी प्रमाणित गरे । कुनै एक भागमा भएको परिवर्तनले सम्पूर्ण प्रणालीलाई असर पार्छ। उदाहरणका लागि, यदि हाम्रो शरीरको कुनै सानो भाग (जस्तै औंलो) घाइते हुन्छ भने, पूरै शरीरले त्यसको पीडा महसुस गर्छ। ठीक त्यसैगरी, यदि कुनै ग्रह वा नक्षत्रमा विशेष परिवर्तन हुन्छ भने, पृथ्वीका घटनाहरूमा यसको प्रभाव देखिन सक्छ। 

ख) ब्रह्माण्डीय रसायनशास्त्र र मानव जीवनमा यसको प्रभाव:
ब्रह्माण्ड—एक संगठित शरीर कॉस्मिक केमिस्ट्री (ब्रह्म रसायनशास्त्र) का अनुसार, पूरै ब्रह्माण्ड एक जीवन्त शरीर हो। कुनै पनि वस्तु पूर्ण रूपमा अलग छैन; सबै चीजहरू आपसमा गहिरो रूपमा सम्बद्ध छन्। उदाहरणका लागि, सूर्यमा जब ठूलो ज्वालामुखी विस्फोट (solar flare) हुन्छ, तब पृथ्वीमा मानव शरीरको रक्तचाप (blood circulation) समेत परिवर्तन हुन सक्छ।

जापानी वैज्ञानिक मातो (Takashi Mato) ले स्त्रीहरूको रक्त संरचनामा गरेको अनुसन्धानले यो सिद्ध गर्यो कि महिलाहरूको रक्त मासिक धर्म वा गर्भावस्थाको समयमा पतलो हुन्छ, जुन पुरुषहरूमा देखिँदैन। तर जब सूर्यमा आणविक तूफान चले, उनले पत्ता लगाए कि पुरुषहरूको रक्त पनि पतला भएको थियो। यसले पुष्टि गर्यो कि सूर्यको गतिविधिले मानव शरीरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

अ) फ्रैंक ब्राउन र ग्रहहरूको प्रभाव :
अमेरिकी वैज्ञानिक फ्रैंक ब्राउन (Frank Brown) ले पृथ्वीबाहिर जाने अन्तरिक्ष यात्रुहरूका लागि अनुसन्धान गरे। पश्चिमी विज्ञानले पहिले मान्थ्यो कि पृथ्वीको वायुमण्डल सकिएपछि अन्तरिक्ष खाली (vacuum) हुन्छ। तर अनुसन्धानहरूले देखाए कि अन्तरिक्ष शून्य छैन, बरु अत्यन्त ऊर्जावान छ।


ब्राउनले मानव सहनशीलताको परीक्षण गर्न सर्वप्रथम आलु (potato) अन्तरिक्षमा पठाए। किनभने उनका अनुसार, आलु र मानव शरीरको आधारभूत गुणधर्महरूमा समानता छ। यदि आलु अन्तरिक्षमा बिग्रियो भने, मानव शरीर पनि त्यहाँ टिक्न सक्दैन। अर्को अनुसन्धानले पृथ्वीभित्र गाडिएको कुनै पनि बीउ (seed) सूर्यको ऊर्जा पाउनासाथ अङ्कुरित हुन्छ भन्ने तथ्य देखायो। यसको अर्थ ग्रहहरूको ऊर्जा मात्र भौतिक स्तरमा सीमित छैन, यसले जीवन चक्र नै प्रभावित गर्न सक्छ। 

आ) प्लेनेटरी हेरेडिटी र ज्योतिषको वैज्ञानिक आधार (Planetary Heredity and the Scientific Basis of Astrology)


पश्चिमी वैज्ञानिकहरू हाल प्लेनेटरी हेरेडिटी (ग्रह वंशानुक्रम) को अवधारणा अनुसन्धान गरिरहेका छन्। पुरातन ज्योतिषशास्त्रमा ‘होरोस्कोप’ (Horoscope) शब्दको प्रयोग गरिन्थ्यो, जुन यूनानी शब्द होरोस्कोपोस बाट आएको हो, जसको अर्थ हुन्छ— “जन्मको  क्षणमा ग्रहहरूको स्थिति अवलोकन गर्नु।”


जब कुनै बच्चा जन्मन्छ, त्यही क्षण उसको जन्मस्थानमा अनेकौं ग्रह, नक्षत्रहरू विभिन्न अवस्थाहरूमा रहन्छन्। केही उदाउँदै (rising) हुन्छन्, केही अस्ताउँदै (setting) हुन्छन्। वैज्ञानिकहरू भन्छन्, “हामी यो अझै प्रमाणित गर्न सकेका छैनौँ  ग्रहहरूले व्यक्तिलाई प्रत्यक्ष रूपमा कसरी असर गर्छन्, तर हामी निश्चयपूर्वक भन्न सक्छौँ  जीवन स्वयं ग्रहहरूको प्रभावमा छ।”

निष्कर्ष
विज्ञान र ज्योतिषबीचको सम्बन्ध गहिरिँदै गएको छ। जहाँ विज्ञान पहिले ग्रहहरूको प्रभावलाई  अस्वीकार गर्थ्यो, अहिले उनिहरुले स्विकार्न थालेको छन, ग्रहीय ऊर्जा (cosmic energy) ले जीवनलाई प्रभाव पार्छ।

४) पृथ्वीको उपग्रह चन्द्रमा: वैदिक ज्योतिष र आधुनिक विज्ञानको दृष्टिकोण:
पृथ्वीको उपग्रह चन्द्रमा एक अत्यन्त महत्वपूर्ण खगोलीय वस्तु हो जसले  केवल पृथ्वीको प्राकृतिक प्रणालीमा मात्र होइन मानव जीवनमा पनि महत्त्वपूर्ण प्रभाव पार्दछ। यसलाई वैदिक ज्योतिष र आधुनिक विज्ञान दुबैको दृष्टिकोणले अध्ययन गरिएको छ। यी दुई दृष्टिकोणहरू चन्द्रमाको प्रभाव र यसको भूमिकामा समान र भिन्नतासँग व्याख्या गर्छन्।

क) वैदिक ज्योतिषमा चन्द्रमा:
वैदिक ज्योतिषमा चन्द्रमा मनोबल, मानसिक स्थिति, भावना, र मानसिका सन्दर्भमा गहिरो प्रभाव पार्दछ। चन्द्रमालाई “मनोका कारक” भनिन्छ, र यसको स्थिति ग्रहण गरेर व्यक्ति के सस्तो अवस्थामा रहनेछ भन्ने भविष्यवाणी गर्न सकिन्छ।


चन्द्रमाको प्रभाव:
• चन्द्रमा र मानसिक स्वास्थ्य: चन्द्रमाको अवस्था मनोवृत्तिका साथ सिधा सम्बन्धित हुन्छ। चन्द्रमालाइ मनको कारक ग्रह पनि भनिन्छ। चन्द्रमा कमजोर हुनु भनेको मानसिक अशान्ति र भावनात्मक असन्तुलनको संकेत हुन्छ। यसको उल्टो, बलियो चन्द्रमा व्यक्ति केही हदसम्म शान्त र सन्तुलित मानसिक अवस्था राख्छ।
• राशि र चन्द्रमा: चन्द्रमाको स्थान कस्तो राशिमा छ भन्ने आधारमा व्यक्तिको व्यक्तिगत जीवन र भविष्यवाणी गरिन्छ।
• चन्द्रग्रहण: जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, चन्द्रग्रहण हुन्छ।  त्यसको प्रभावले मनोविकृति, मानसिक तनाव, र शारीरिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ।

ख) आधुनिक विज्ञानमा चन्द्रमा:
आधुनिक विज्ञानले चन्द्रमालाई पृथ्वीको उपग्रहको रूपमा अध्ययन गर्दछ र यसका विभिन्न प्रभावहरूलाई खगोलशास्त्र र भौतिकीको दृष्टिकोणबाट व्याख्या गर्दछ। 
• चन्द्रमा र महासागरीय ज्वार: चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीको महासागरमा ज्वार (Tides) ल्याउँछ। जब चन्द्रमा पृथ्वीको नजिक आउँछ, यसले ज्वारको स्तर उच्च बनाउँछ, र जब चन्द्रमा पृथ्वीबाट टाढा जान्छ, ज्वारको स्तर घट्छ।
• चन्द्रमाको गुरुत्वाकर्षण र पृथ्वीको स्थिरता: चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको ध्रुवीय स्थिरता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसको प्रभावले पृथ्वीको अक्षीय झुकाव (Axial Tilt) को स्थितिमा स्थिरता ल्याउँछ जसले मौसम र जीवनका लागि अनुकूल अवस्था बनाउँछ।
• चन्द्रमाको सतह र परिक्रमा: चन्द्रमा पृथ्वीको चारैतिर २७.३ दिनमा एक परिक्रमा पूरा गर्दछ। यसको सतहमा गहिरा गढहरू र सानो पर्वत श्रृंखलाहरू छन्, जसको अध्ययनले भूतकालमा चन्द्रमा र पृथ्वीको परस्पर सम्बन्धलाई बुझ्न मद्दत पुर्याउँछ।

ग) चन्द्रमाको प्रभाव: वैदिक र विज्ञानको मिश्रण:
चन्द्रमा वैदिक ज्योतिष र आधुनिक विज्ञान दुवैको दृष्टिकोणमा महत्त्वपूर्ण स्थान राख्छ, यद्यपि यी दुईले यसका प्रभावलाई फरक दृष्टिकोणबाट हेर्छन्। वैदिक ज्योतिषमा चन्द्रमाले व्यक्ति र समाजको मानसिक अवस्था र भावनात्मक स्वास्थ्यमा प्रभाव पार्ने कारक मानिन्छ भने, आधुनिक विज्ञानमा यसलाई खगोलशास्त्र र प्राकृतिक प्रक्रियाहरूको कागजमा अध्ययन गरिन्छ।

चन्द्रमा सँगको समानात्मकताहरू भनेको यसको प्रभाव पृथ्वीमा ठुलो मात्रामा महसुस गर्न सकिन्छ, चाहे त्यो मानसिक स्वास्थ्य हो या प्राकृतिक घटनाहरू जस्तै ज्वार, मौसम र पृथ्वीको स्थिरता। एक वैज्ञानिक प्रयोग अनुसार, जब पृथ्वी बाहिर कृत्रिम उपग्रहहरू प्रक्षेपण गरियो, तब ब्रह्माण्डभरिबाट ग्रह-नक्षत्रहरूबाट अनगिन्ती ऊर्जा तरंगहरू पृथ्वीमा आइरहेको थाहा भयो। तिनीहरूले पृथ्वीमा रहेका प्रत्येक वस्तुमा प्रभाव पार्छन्। 

उदाहरणका लागि, चन्द्रमाले समुद्रका ज्वारभाटा नियन्त्रण गर्छ, किनभने समुद्रको पानी चन्द्रमाको गुरुत्वाकर्षण शक्तिबाट प्रभावित हुन्छ। तर, अर्को रोचक तथ्य के छ भने मानव शरीरभित्र पनि उस्तै अनुपातमा पानी र नुन पाइन्छ, जस्तो समुद्रमा पाइन्छ। यदि चन्द्रमाले समुद्रलाई असर गर्छ भने, मानिसको शरीरलाई पनि किन असर नगर्ने ??


अर्को, पूर्णिमाको रात नजिकिँदै जाँदा मानसिक रोगीहरूको संख्या वृद्धि हुन्छ, भने अमावस्याका बेला ती संख्या घट्छ। यो वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ। ‘लुनाटिक’ (lunatic) शब्द नै ‘लुना’ (Luna) अर्थात् चन्द्रमाबाट आएको हो, जसको अर्थ हुन्छ ‘चन्द्रमाबाट प्रभावित’।

त्यसैले, ज्योतिष केवल विश्वासको विषय होइन, यो वैज्ञानिक रूपमा पुष्टि भइरहेको सत्य हो। ग्रह-नक्षत्रहरूको गति, ऊर्जा तरंगहरू, ब्रह्माण्डीय विकिरण आदिले मानव जीवनलाई गहिरो प्रभाव पार्छन्। पुरातन सभ्यताहरूले यी रहस्यहरू पहिल्यै पत्ता लगाएका थिए, तर आधुनिक विज्ञान तिनलाई भर्खर मात्र पुष्टि गर्दैछ।

यसैले वैदिक र आधुनिक दृष्टिकोणको मिश्रणले चन्द्रमाको प्रभावलाई गहिरो र व्यापक रुपमा बुझ्नमा मद्दत गर्दछ। हाम्रो सभ्यता ज्योतिषलाई अपूर्ण विज्ञान ठान्दै आएको छ, तर वास्तविकता के हो भने ज्योतिष अत्यन्त उन्नत विज्ञान थियो, जुन समयक्रममा बिर्सिएको मात्र हो। अब विज्ञान पुनः तिनै सिद्धान्तहरूलाई खोज्दैछ, जुन प्राचीन ऋषिहरूले हजारौं वर्षअघि पहिल्यै बताइसकेका थिए। यसको गहनतालाई हेरेर खोजको अपर्हिहार्यता छ।

५) ज्योतिष र गणितको सम्बन्ध:
ज्योतिषशास्त्रले मानिस, जीवजन्तु, प्राकृतिक परिवर्तनहरूलाई समय, ग्रह-नक्षत्र र मानव जीवनबीच सम्बन्धको आधारमा अनुसन्धान र अध्ययन गर्ने एक प्राचीन विज्ञान हो, जसले व्यक्तिको भूत, भविष्य, र वर्तमानलाई ग्रहस्थितिको आधारमा विश्लेषण गर्छ। सनातन सभ्यतामा ज्योतिष मात्र नभएर गणितको विकास पनि ज्योतिषकै कारण भएको हो। ज्योतिषीय गणनाहरू गर्नकै लागि गणितको जन्म भएको थियो। यही कारणले गर्दा संसारभर अंकगणितीय संख्याहरू यहि पद्धतिमा आधारित छन्।

आज संसारभर १ देखि ९ सम्मका अंकहरू सबै भाषाहरूमा प्रचलित छन् र ती सबै हाम्रो सभ्यता र संस्कृत संग जोडिएको छन्। अंग्रेजीमा “Nine” भनिने शब्द संस्कृतको “नव” शब्दबाट आएको हो। “Eight” शब्द संस्कृतको “अष्ट” बाट विकसित भएको हो। यसबाट प्रष्ट हुन्छ कि यो सभ्यताले ज्योतिषको माध्यमबाट गणितको विकास गर्यो र यही गणितीय प्रणाली आज विश्वभर स्वीकार गरिएको छ।

“मानिसको तारा र ग्रहहरूप्रति चासो करिब ६००० वर्ष अघि सुरु भयो, जब प्राचीन सभ्यताहरू उर्वर नदी किनारहरूमा बसे—मिस्रीहरू (विश्वका सबैभन्दा पुरानो सभ्यता मिस्रका वासीन्दा ३१०० ईसा हाल उत्तर अफ्रीका।“स गङ्गायाः सुतां कन्यां नागराजसुतां तदा। उलूपीं नाम विप्रेन्द्र गत्वा पातालमाश्रितः॥” श्लोक २१६.७ हो (सातौं श्लोक) यो श्लोक महाभारतको आदिपर्व  (पुराण)मा पाइन्छ, जहाँ अर्जुनको उलूपीसँगको विवाहको प्रसंग वर्णन गरिएको छ।) जुन अहिलेको नाइल नदीमा, सुमेरियनहरू मेसोपोटामियामा, चिनियाँहरू ह्वाङ होमा, र भारतीयहरू सिन्धु उपत्यकामा। कृषि मुख्य पेशा भएकाले तिनीहरूले मौसमी परिवर्तन, मनसुन, र आकाशीय घटनाहरू अध्ययन गरे। चन्द्रमाले बालीनालीमा पार्ने सकारात्मक प्रभाव र सूर्यको तीव्र गर्मीले हुने क्षति पत्ता लगाए। मिस्रीहरूले नाइल नदीको बाढी प्रत्येक ३६५ दिनमा दोहोरिन्छ भन्ने थाहा पाए, जसले करिब ३००० ईसा पूर्व सौर्य पात्रो को विकास गरायो। यही अध्ययनले ज्योतिष र खगोलशास्त्रको अभिलेखिकरण सहित संगठित रूपमा सुरुवात गर्यो।”- (Rao, S. R. A. (1994). Jyotish Siddhant. UBS Publishers’ Distribution Ltd.)

वैदिक ज्योतिष खगोलशास्त्र (Astronomy), गणित, र मनोविज्ञानसँग जोडिएको छ, जसले जीवनका विभिन्न पक्षहरूमा मार्गदर्शन प्रदान गर्दछ। यो मुख्यत: सिद्धान्त, होरा र संहिता गरी तीन विभागहरूमा विभाजित छन।

अ) सिद्धान्त ज्योतिष (Theoretical Astrology):
यस विधामा सौर्य सिद्धान्तको आधारमा ग्रहहरूको गति, तापक्रम, प्रभाव, ग्रहण आदि कुराहरूको अध्ययन गरिन्छ। ग्रहहरूको गणना, उनीहरूको स्थान र चाललाई विज्ञानसहित विश्लेषण गरी भविष्यवाणी गरिन्छ।

आ) होरा ज्योतिष (Predictive Astrology)
पृथ्वी आफ्नो अक्षमा २४ घण्टामा एक फन्को घुम्छ।
यस समयमा विभिन्न ग्रहहरूको चाल, तापक्रम तथा प्रभाव पृथ्वीमा जन्मिने प्रत्येक जीवमा पर्छ।


होरा ज्योतिष अन्तर्गत मुख्य रूपमा व्यक्तिगत फलादेश गरिन्छ।
यस विधाले शुभाशुभ समय (मुहूर्त), जन्म कुन्डली (राशिफल), दशा, अन्तर्दशा, योग, ग्रहदशा आदि अध्ययन गर्छ।

इ) संहिता ज्योतिष (Mundane Astrology) :
यस विधामा वातावरण तथा प्राकृतिक घटनाहरूको अध्ययन गरिन्छ। ग्रहहरूको प्रभावका आधारमा अनावृष्टि, अतिवृष्टि, बाढी, पहिरो, भूकम्प, समुद्री आँधी लगायतका प्राकृतिक प्रकोपहरूको भविष्यवाणी गरिन्छ।

यिनै तीन विभागका कारण ज्योतिषशास्त्रलाई त्रिस्कन्ध ज्योतिष पनि भनिन्छ। यी तीन विभागहरू बाहेक, जातक ज्योतिष, प्रश्न ज्योतिष, संहिता ज्योतिष, नाडी ज्योतिष, वास्तु ज्योतिष, ताजिक ज्योतिष, र किम्बु ज्योतिष पनि प्रचलित छन्। प्रत्येक शाखाले विभिन्न पक्षहरूको विश्लेषण गर्दछ, जस्तै व्यक्तिगत जीवन (जातक), विशेष प्रश्नको उत्तर (प्रश्न), विश्वव्यापी घटनाहरू (संहिता), प्राचीन पाण्डुलिपिहरूको आधारमा भविष्यवाणी (नाडी), घर र भवनका वास्तु नियम (वास्तु), महत्त्वपूर्ण कार्यहरूको लागि उपयुक्त समय चयन (ताजिक), र स्वास्थ्य र रोगको विश्लेषण (किम्बु)। यी सबै शाखाहरूले ज्योतिषको व्यापक अध्ययन र जीवनका विभिन्न पक्षहरूको भविष्यवाणीमा योगदान पुर्याउँछन्।


क) वैदिक ज्ञान र आधुनिक विज्ञानसँगको गणित:
वैदिक ज्ञान र आधुनिक विज्ञानबीचको सम्बन्ध गहिरो छ, विशेष गरी गणित (Mathematics) को प्रयोगमा। वैदिक कालदेखि नै खगोलशास्त्र (Astronomy), गणितीय गणना, र ज्योतिषीय सिद्धान्तहरू परिष्कृत रूपमा विकसित भएका थिए, जसको प्रभाव आधुनिक विज्ञानमा देख्न सकिन्छ।

वैदिक गणितमा शून्य (०), दशमलव (Decimal System), बीजगणित (Algebra), र त्रिकोणमिति (Trigonometry) जस्ता अवधारणाहरू पाइन्छन्, जसले आधुनिक गणितको जग बसालेको छ। उदाहरणका लागि, आर्यभट्ट ले(प्राचीन भारतका एक प्रसिद्ध गणितज्ञ र खगोलशास्त्री) π (पाई) को मान गणना गरेका थिए, जुन आजको गणितीय अध्ययनमा अपरिहार्य छ। यस्तै, भास्कराचार्यले गुरुत्वाकर्षण (Gravity) को अवधारणा प्रतिपादन गरेका थिए, जुन पछि आइज्याक न्यूटनले विस्तृत रूपमा अनुसन्धान गरे।

ज्योतिषशास्त्र पनि गणितीय रूपमा आधारित छ, जहाँ ग्रहहरूको गति, कोणीय अवस्था, र दशा-गोचरको सूक्ष्म गणना गर्न समीकरणहरू (Equations) र खगोलशास्त्रीय गणित को प्रयोग गरिन्छ।वैदिक ज्योतिषले राशिचक्र (१२ राशि) को अवधारणा दिएको छ।  आधुनिक खगोलशास्त्रमा यी नै १२ तारामण्डल (Zodiac Constellations) नक्षत्रहरूका रूपमा वैज्ञानिक रूपमा मान्यता प्राप्त छन्। आधुनिक विज्ञानले आज उपग्रहहरूको कक्षानिर्धारण गर्न जुन खगोल गणित प्रयोग गर्छ, त्यसको जरा वैदिक कालीन गणनाहरूमा नै छ।

जसलाई कार्ल सागन, प्रसिद्ध अमेरिकी खगोलशास्त्री, आफ्ना पुस्तक cosmos “कोस्मस” मा आर्यभट्टका योगदानहरूको उल्लेख गर्छन्: “The first major work in astronomy to use the idea of a rotating Earth was written in the 5th century by Aryabhata, who set the foundation for the scientific inquiry into the nature of the universe.” अनुवाद : “पृथ्वीको घुमाईको विचारलाई पहिलो पटक खगोलशास्त्रमा प्रयोग गर्ने प्रमुख काम ५ औं शताब्दीमा आर्यभट्टले लेखेका थिए, जसले ब्रह्माण्डको स्वभावको वैज्ञानिक अध्ययनको आधार तयार गरेको थियो।”

यसरी, वैदिक ज्ञान र आधुनिक विज्ञानबीच गणितीय दृष्टिले एक अन्तरसम्बन्ध छ, जसले वैदिक युगको गहिरो वैज्ञानिक चेतनालाई पुष्टि गर्छ।

ख) वैदिक गणना: वर्ष, अधिक वर्ष, र ग्रहणको वैज्ञानिकता:
वैदिक खगोलशास्त्र (Astronomy) ले समयको गणना वैज्ञानिक रूपमा परिभाषित गरेको थियो। वर्ष गणना, अधिक वर्ष (Leap Year), र ग्रहणको सिद्धान्तहरू वैदिक ग्रन्थहरूमा उल्लेख छन्, जुन पछि आधुनिक विज्ञानले प्रमाणित गर्‍यो।

अ). एक वर्षको गणना:
ऋग्वेदले स्पष्ट रूपमा एक वर्षमा १२ महिना हुने कुरा उल्लेख गर्छ। ऋग्वेद (Rigveda) १.१६४.११
“द्वादशारं नभि चक्रमेकं त्रिणि नाभि परि वृत्तं नव अरे।
तस्मिन्त्साकं त्रिंशतं शं न शङ्गा नृचक्षा आहुर्नयनं चक्रस्य॥”
अर्थ: सूर्यको एक वर्षमा १२ महिना हुन्छन्, जसमा ३६० दिन गणना गरिन्छ। (वैदिक क्यालेन्डरमा ३०-३० दिनका १२ महिना हुन्छन्)

वैदिक गणनामा सौर वर्ष (Solar Year), चान्द्र वर्ष (Lunar Year), र नाक्षत्रिक वर्ष (Sidereal Year) को अवधारणा थियो।
• सौर वर्ष: सूर्यको एक परिक्रमा पूरा गर्न लाग्ने समय ३६५.२४२ दिन हुन्छ, जुन आज आधुनिक वैज्ञानिक मापनसँग मेल खान्छ।
• चान्द्र वर्ष: चन्द्रमाले पृथ्वीको १२ परिक्रमा पूरा गर्न लाग्ने समय ३५४ दिन हुन्छ।
• नाक्षत्रिक वर्ष: पृथ्वीले सूर्यको चारैतिर यात्रा गर्दा कुनै निश्चित नक्षत्रको आधारमा गणना गरिने वर्ष, जुन ३६५.२५६ दिन को हुन्छ।

आ) अधिक वर्ष (Leap Year) को वैज्ञानिकता:
चन्द्र वर्ष (३५४ दिन) र सौर वर्ष (३६५.२४ दिन) बीच ११ दिनको फरक हुने भएकाले वैदिक प्रणालीमा हरेक तीन वर्षमा “अधिक मास” (Extra Lunar Month) राखिन्थ्यो। यही अवधारणालाई आधुनिक ग्रेगोरियन क्यालेन्डरमा हरेक चार वर्षमा १ दिन थप्ने प्रणाली (Leap Year) का रूपमा प्रयोग गरिन्छ।


सूर्य सिद्धान्त (Surya Siddhanta) १.५७
पञ्चधा पञ्चधा मासा: पंचषष्टिर्युगं स्मृतम्।
सौरमासाश्च वै सर्वे पञ्चविंशतित: स्मृताः॥
अर्थ: सौर वर्ष र चान्द्र वर्षको अन्तर मिलाउन प्रत्येक तीन वर्षमा एक अतिरिक्त अधिक मास (Leap Month) राखिन्छ।

इ). ग्रहण (Eclipse) को गणना:
ग्रहणको सिद्धान्त आधुनिक खगोलशास्त्रमा “Lunar Nodes” अर्थात् राहु र केतु को अवधारणासँग मेल खान्छ। जब सूर्य, पृथ्वी, र चन्द्रमा विशेष कोणमा आउँछन्, त्यतिबेला ग्रहण हुन्छ।


महाभारत (Mahabharata) – वनपर्व ३.२७७
राहुश्चन्द्रार्कमभ्येति यदा भास्करमण्डले।
तदा तमोमयं सर्वं भूतानां जायते भयम्॥
अर्थ: जब राहुले सूर्य वा चन्द्रमालाई ढाक्छ, त्यस समयमा ग्रहण हुन्छ। यो वैज्ञानिक रूपमा चन्द्र र सूर्यको कक्षीय नोड (Lunar Nodes) मा आधारित छ।यसैले वैदिक र आधुनिक दृष्टिकोणको मिश्रणले चन्द्रमाको प्रभावलाई गहिरो र व्यापक रुपमा बुझ्नमा मद्दत गर्दछ।

अन्त्यमा:
हाम्रो सभ्यता ज्योतिषलाई अपूर्ण विज्ञान ठान्दै आएको छ, तर वास्तविकता के हो भने ज्योतिष अत्यन्त उन्नत विज्ञान थियो, जुन समयक्रममा बिर्सिएको मात्र हो। अब विज्ञान पुनः तिनै सिद्धान्तहरूलाई खोज्दैछ, जुन प्राचीन ऋषिहरूले हजारौं वर्षअघि पहिल्यै बताइसकेका थिए। अहिले यसको गहनतालाई हेरेर खोजको अपर्हिहार्यता छ। ज्योतिष केवल विश्वासको विषय मात्र होइन, यो वैज्ञानिक रूपमा पुष्टि भइरहेको सत्य पनि हो।

ग्रह-नक्षत्रहरूको गति, ऊर्जा तरंगहरू, ब्रह्माण्डीय विकिरण आदिले मानव जीवनलाई गहिरो प्रभाव पार्छन्। प्राचीन सभ्यताहरूले यी रहस्यहरू पहिल्यै पत्ता लगाएका थिए, तर आधुनिक विज्ञान तिनलाई भर्खर मात्र पुष्टि गर्दैछ। वैदिक ज्योतिष गहिरो अध्ययन, प्रयोग, र आध्यात्मिक अन्तर्दृष्टि बिना बुझ्न गाह्रो छ, त्यसैले यसलाई रहस्यमय मानिन्छ। प्रसिद्ध दार्शनिक एवंम चिन्तक रजनिश ओशो भन्नुहुन्छ  “ज्योतिष कुनै नयाँ विज्ञान होइन जसले अझै विकास गर्नुपर्छ, बरु यो पूर्ण रूपमा विकसित भएको विज्ञान हो, तर जुन सभ्यताले यसलाई विकास गर्यो, त्यो सभ्यता हरायो, सभ्यताहरू आउने र जाने गर्छन्। जसले गर्दा तिनीहरू द्वारा विकसित गरिएका विज्ञानका आधारहरू पनि हराउने गर्छन् तर आज विज्ञान स्वीकार्न नजिक पुग्दैछ, जीवन ब्रह्माण्डीय शक्तिहरूद्वारा प्रभावित हुन्छ।” भन्नू भएको छ। यसले ज्योतिष शास्त्रको महत्व र सान्दर्भिकता मानव सभ्यता सुरु देखि अन्त्य सम्मकै लागि रहेको दर्शाएको छ। यसले देखाउँछ कि वैदिक ज्ञान केवल धार्मिक मान्यता नभई यश भित्र केही ठोस वैज्ञानिक आधारमा स्थापित छ्न, केही वैज्ञानिक पुष्टि हुन आवस्यक अनुसन्धान खोजिरहेको छ्न।  यसलाई खोज अनुसन्धान र अध्य्यनको दाएर अझ फराकिलो बनाउन आवस्यक छ।


(यो लेख नेपाल संस्कृत विश्वविद्यालय फलित ज्योतिष “शास्त्री” गुरु गणेशराज सुवेदीको सहकार्यमा तथा वैदिक ज्योतिष  सम्बन्धी पुस्तकहरू ज्योतिष चिन्तामणी, फल्दिपिका, नर्सिम्म्ह राओ द्वार लिखित वैदिक ज्योतिष जोतिष सिद्धान्त (रमा ए राओ),  रजनिस ओसो, होराशास्त्र आदि र इन्टरनेटमा उपलब्ध स्रोतहरूको आधारमा तयार पारिएको हो।)
 

बाँकी अंश अर्को भागमा पढ्नुहोस्।

मृत्युपछिको रहस्य र आत्माको अमरत्व

आत्मा नष्ट हुँदैन भन्ने सिद्धान्त थर्मोडायनामिक्सको पहिलो नियम (ऊर्जा नाश हुँदैन, केवल रूपान्तरण हुन्छ) सँग मेल खान्छ।२०८१ फागुन २ गते शुक्रवार

२०८१ फागुन २ गते शुक्रवार

विवेक पराजुली(अन्त:करणस्य स्वतन्त्रताया:)

कठोपनिषद उपनिषदहरूमध्ये एक प्रमुख ग्रन्थ हो, जुन यजुर्वेदको कठ शाखा अन्तर्गत पर्छ। यस उपनिषदमा नचिकेता र यमराजबीचको संवाद उल्लेख छ, जसले मृत्यु पछिको सत्य, आत्मज्ञान, मोक्ष, र धर्मको गहिरो विवेचना गर्छ।

मुख्य विषयवस्तु:
• आत्माको अमरत्व
• जीवन र मृत्युको रहस्य
• कर्म, योग, र ज्ञान मार्ग
• ब्रह्मविद्या (परमज्ञान)
 

यस उपनिषदलाई संवादात्मक शैलीमा लेखिएको छ, जहाँ नचिकेताले यमराजसँग प्रश्न गर्छन् र यमराजले उत्तर दिन्छन्।


कठोपनिषद् हिन्दू धर्मको एक महत्वपूर्ण उपनिषद् हो, जसले जीवन, मृत्यु, आत्मा, मोक्ष, र ब्रह्मज्ञानको गूढ रहस्य उजागर गर्दछ। नचिकेता र यमराजबीच भएको संवादले मृत्युपछिको सत्य, आत्माको अमरत्व, र ज्ञानमार्गलाई वैज्ञानिक दृष्टिकोणबाट पनि व्याख्या गर्दछ।


चेतनाको निरन्तरता, ऊर्जा संरक्षणको नियम, र क्वान्टम भौतिकीका सिद्धान्तहरूसँग कठोपनिषद्का विचारहरूलाई तुलना गर्न सकिन्छ। आत्मा नष्ट हुँदैन भन्ने सिद्धान्त थर्मोडायनामिक्सको पहिलो नियम (ऊर्जा नाश हुँदैन, केवल रूपान्तरण हुन्छ) सँग मेल खान्छ।


“न जायते म्रियते वा कदाचिन्, नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो, न हन्यते हन्यमाने शरीरे।।” (कठोपनिषद् २.१८)
अर्थ: आत्मा कहिल्यै जन्मिँदैन र मर्दैन। यो अजन्मा, शाश्वत, पुरातन र अविनाशी हो। शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन।

वैज्ञानिक दृष्टिकोण
• ऊर्जाको संरक्षण नियम अनुसार कुनै पनि ऊर्जा समाप्त हुँदैन, केवल रूपान्तरित हुन्छ। आत्मा पनि एक सूक्ष्म ऊर्जा हो, जुन शरीर छोडेपछि अर्को रूपमा परिवर्तित हुन्छ।
• क्वान्टम भौतिकी अनुसार चेतना एउटा ऊर्जा तरंगको रूपमा रहन सक्छ, जुन ब्रह्माण्डमा निरन्तर रहिरहन्छ।
निष्कर्ष: कठोपनिषद्ले आत्मा अमर छ भन्ने सिद्धान्त मात्र दिएको छैन, यसलाई वैज्ञानिक दृष्टिकोणले पनि पुष्टि गर्न सकिन्छ। मृत्यु केवल शारीरिक रूपमा अन्त्य हो, तर चेतना (आत्मा) निरन्तर रहन्छ।

नचिकेता र यमी: एक अनौठो कथा:
नचिकेताको कथा कठोपनिषदमा उल्लेख छ। उनको संवादले मोक्ष, आत्मज्ञान, र धर्मबारे गहिरो ज्ञान दिन्छ। तर, केही पुरातन आख्यानहरूमा यमराजकी पत्नी यमी सँग नचिकेताको भेटको अनौठो प्रसंग फेला पर्छ। यो कथा केवल नैतिक र धार्मिक रूपमा महत्त्वपूर्ण छैन, यसभित्र वैज्ञानिक र मनोवैज्ञानिक पक्षहरू पनि समावेश छन्।

नचिकेता यमपुरीमा प्रवेश:
राजा उद्दालकले आफ्नो पुत्र नचिकेतालाई यमदास (यमराजको सेवक) बनाउने संकल्प गरेपछि, नचिकेता यमपुरी जान्छन्। यमराज त्यहाँ नभएकाले उनले तीन दिनसम्म भोजन र स्वागत बिना नै बिताउँछन्।


यमपुरीमा रहँदा उनी यमराजकी पत्नी यमीसँग भेट गर्छन्।

यमीको आकर्षण र प्रस्ताव:
यमी नचिकेताको तेजस्वी रूप देखेर आकर्षित हुन्छिन्। उनले कामभावनाले प्रेरित भएर नचिकेतालाई प्रणय प्रस्ताव राख्छिन्।


“हे कुमार! म ऋतुस्नान गरिसकेकी छु। स्त्रीको पहिलो दृष्टि परेका पुरुषसँग प्रणय गर्ने अधिकार हुन्छ। मेरो इच्छालाई पूर्ण गर।”


यमीको प्रस्ताव सुनेर नचिकेता धर्मसंकटमा पर्छन्। उनी भन्छन्:
सर्वेन्द्रियार्ण जरयन्ति तेजः।
(इन्द्रियहरूको अनियन्त्रित प्रयोगले मानिसको तेज नष्ट गर्दछ।)

वैज्ञानिक कारण:
कामेच्छा मानिसको प्राकृतिक आवश्यकता भए पनि अनियन्त्रित वासनाले डोपामिन र सेरोटोनिन असन्तुलन गरी मानसिक स्थिरता गुम्न सक्छ। नचिकेता एक युवा ब्रह्मचारी भएकाले उनी आफ्नो ऊर्जा वासनामा खर्च गर्न चाहँदैनन्।

यमीको पुनः आग्रह:
नचिकेताको अस्वीकारपछि पनि यमी आफ्नो प्रस्तावबाट पछि हट्दिनन्। उनी भन्छिन्:
“हे कुमार! तिमीले दासत्व स्वीकार्न आएका हौ, त्यसैले तिमी मेरो यौनदास पनि बन्नुपर्छ। यो स्त्री अधिकार हो। यदि तिमीले मलाई अस्वीकार गर्यौ भने, तिमी यमराजको क्रोधाग्निमा जल्नेछौ।”


नचिकेताले विनम्रतापूर्वक उत्तर दिन्छन्:
स त्वमग्निँ स्वर्गमध्येषि आर्या।
(हे देवी! तपाईं ज्ञान र स्वर्गीय अग्निकी ज्ञाता हुनुहुन्छ। मलाई मार्गदर्शन गर्नुहोस्।)

वैज्ञानिक कारण:
पुरुष र महिलाको यौन चक्र फरक हुन्छ। महिलाहरू हार्मोनल चक्र अनुसार समयविशेषमा वासनात्मक ऊर्जा बढी अनुभव गर्छन्, जसले उनीहरूलाई जैविक रूपमा बढी सक्रिय बनाउँछ। तर, ब्रह्मचर्य अपनाउनेले यस्तो ऊर्जा उच्च चेतनामा रूपान्तरण गर्न सक्छन्।

नचिकेता र यमलोकको रहस्य:


यमीले अन्ततः नचिकेतालाई भौतिक तथा आध्यात्मिक कामशास्त्रको रहस्य सिकाउँछिन्। उनी भन्छिन्:


प्र तें ब्रबीमि तदु मे निबोध।
(मैले तिमीलाई यो गूढ ज्ञान सिकाउँछु, यसलाई बुझ।)
कामशास्त्र केवल भौतिक वासनामै सीमित छैन। यसमा ऊर्जा परिवर्तन, यौन संयम, र मानसिक शक्तिलाई जागृत गर्ने विधिहरू पनि समावेश छन्।

वैज्ञानिक कारण:
ब्रह्मचर्य पालना गर्ने व्यक्तिमा टेस्टोस्टेरोन र पौरुष ऊर्जा दीर्घकालसम्म उच्च रहन्छ। यसैले, नचिकेताले भोगविद्या सिके तर संयमित रहँदै आत्मज्ञानलाई प्राथमिकता दिए।

नचिकेताको वरदान
यमराजले यमी र नचिकेताको घटनालाई सुनेर उनलाई तीन वरदान दिने घोषणा गर्छन्:
“हे नचिकेता! तिमीले मेरो अनुपस्थितिमा मेरी पत्नीलाई सन्तुष्ट पारेको हुनसक्छौ। तिमीलाई तीन वरदान दिनेछु।”


नचिकेताले मागे:
• पिताको आशीर्वाद – ताकि उनी उनलाई पुनः स्वीकारून्।
• अग्नि (शक्ति) विधा – ताकि उनले ऊर्जा परिवर्तनको ज्ञान प्राप्त गर्न सकून्।
• ब्रह्मविद्या (मोक्ष) – ताकि मृत्यु पछिको सत्य जान्न सकून्।
यमराजले नचिकेतालाई आत्मज्ञान प्रदान गर्छन्, जुन कठोपनिषद मा वर्णित छ।

नैतिक सन्देश:
• इच्छा र संयम – वासनालाई नियन्त्रण गर्न सक्ने व्यक्ति जीवनमा उच्च स्थानमा पुग्छ।
• ज्ञानको महत्त्व – नचिकेताले केवल भोगविद्या मात्र होइन, ब्रह्मज्ञान पनि सिके।
• कर्तव्य र धर्म – यमराजले नचिकेतालाई वरदान दिएर निष्ठालाई सम्मान गरे।
 

कठोपनिषदका प्रमुख श्लोकहरू र तिनका अर्थ:

श्लोक १: नचिकेताको जिज्ञासा
उशन् ह वै वाजश्रवसः सर्ववेदसं ददौ।
तस्य ह नचिकेताऽनाम पुत्र आसा॥ (कठोपनिषद् १.१.१)
अर्थ: राजा वाजश्रवसले सर्वस्व दान गर्दा उनका पुत्र नचिकेता उपस्थित थिए।
बिम्ब: नचिकेता जिज्ञासा र आत्मज्ञानका प्रतीक हुन्। उनी मृत्युको सत्य जान्न चाहने व्यक्ति हुन्।

श्लोक २: मृत्यु पछि के हुन्छ?
अस्तीत्येके नायमस्तीति चैके
नयं वेद विदुश्चैतद्वित्यम्॥ (कठोपनिषद् १.१.२०)
✦ अर्थ: केही मानिसहरू आत्मा मर्छ भन्छन्, केही आत्मा अमर छ भन्छन्। तर यसको वास्तविक ज्ञान सबैलाई हुँदैन।

बिम्ब: यो श्लोकले भौतिकवाद र आध्यात्मिकवादको द्वन्द्व देखाउँछ। “आत्मा छ कि छैन?” – यो प्रश्न हरेक मानिसको जीवनमा कहिल्यै न कहिल्यै उठ्छ।
 

श्लोक ३: आत्माको अमरत्व
न जायते म्रियते वा विपश्चित् नायं कुतश्चिन्न बभूव कश्चित्।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥ (कठोपनिषद् १.२.१८)
अर्थ: आत्मा कहिल्यै जन्मँदैन, कहिल्यै मर्दैन। शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन।

बिम्ब: यो श्लोकले आत्मालाई स्थायी र अविनाशी ऊर्जा को रूपमा देखाउँछ। विज्ञानले पनि भन्छ ऊर्जा नष्ट हुँदैन, रूपान्तरण मात्र हुन्छ।


श्लोक ४: ब्रह्मज्ञान (परम सत्य)
यदा सर्वे प्रभिद्यन्ति हृदयस्येह ग्रन्थयः।
अथ मर्त्योऽमृतो भवत्येतावद्ध्यनुशासनम्॥ (कठोपनिषद् २.३.१५)
अर्थ: जब हृदयका सबै ग्रन्थिहरू (बन्धनहरू) नष्ट हुन्छन्, तब मृत्युशील मानव अमरत्व प्राप्त गर्छ।

बिम्ब: यो श्लोक मुक्ति र आत्मज्ञान को प्रतीक हो। जब मानिसले मोह, अहंकार, र अज्ञानता त्याग्छ, तब ऊ मुक्त हुन्छ।


३. कठोपनिषद्को वैज्ञानिक दृष्टिकोण:
 

१. आत्माको अमरत्व (Quantum Physics संग मेल)
• कठोपनिषद भन्छ, आत्मा न त जन्मन्छ न मर्छ।
• Quantum Physics भन्छ, “Energy can neither be created nor destroyed.”
• आत्मा नै शुद्ध चेतना हो, जुन शरीरबाट शरीरमा प्रवाहित हुन्छ।

२. मृत्युको रहस्य (Near Death Experience – NDE)
• कठोपनिषद मृत्युपछिको जीवनको बारेमा स्पष्ट विवेचना गर्छ।
• आधुनिक विज्ञानमा Near Death Experience (NDE) भन्ने अवधारणा छ, जसमा मृत्युको मुखबाट फर्केका मानिसहरूले प्रकाश, शान्ति, र अलग अस्तित्वको अनुभव गरेको बताउँछन्।

३. आत्मज्ञान र मनोविज्ञान
• कठोपनिषद भन्छ, आत्मज्ञान प्राप्त गर्ने मानिस डर, तनाव, मोहबाट मुक्त हुन्छ।
• आधुनिक मनोविज्ञान भन्छ, ध्यान र आत्मचिन्तनले मानसिक तनाव कम गर्छ।

४. निष्कर्ष:
कठोपनिषद केवल धार्मिक ग्रन्थ होइन, यो वैज्ञानिक, दार्शनिक र मनोवैज्ञानिक ग्रन्थ हो।
– यसले आत्माको अमरत्व को ज्ञान दिन्छ।
– मृत्युपछिको जीवनको रहस्य उजागर गर्छ।
– योग, ध्यान, र आत्मसंयम को महत्त्व बताउँछ।

मुख्य शिक्षा:
– आत्मा अमर छ।
– जीवनको साँचो लक्ष्य आत्मज्ञान हो।
– भय, मोह, र अज्ञानता त्याग्नुपर्छ।
“जो आत्मज्ञान प्राप्त गर्छ, ऊ मृत्युको भयबाट मुक्त हुन्छ।” कठोपनिषद् आज पनि वैज्ञानिक अध्ययनका लागि उपयोगी छ!

पोखरा महानगर नगर युवा परिषद पञ्चबर्सिय रणनीतितिक कार्ययोजना

नगर युवा परिषदको पञ्चवर्षीय योजना बनाउनका लागि विभिन्न चरणहरूमा योजना निर्माण गर्न सकिन्छ। तल एक आधारभूत खाका प्रस्तुत गरिएको छ, जसले नगर युवा परिषदको गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुर्याउँछ:

१. प्रारम्भिक चरण

१.१. स्थापना र प्रारम्भिक मापदण्डहरू:

  • समिति गठन: नगर युवा परिषदको स्थायी समिति र उपसमिति गठन गर्ने।

नगर युवा परिषदको स्थायी समिति र उपसमितिहरूको गठन संरचना निम्नानुसार हुन सक्छ:

१. स्थायी समिति

नगर युवा परिषदको स्थायी समिति परिषदको प्रमुख निर्णय गर्ने निकाय हो। यसको संरचना यस्तो हुन सक्छ:

१.१. अध्यक्ष:

  • परिषदको नेतृत्व गर्ने।
  • समितिका बैठकहरू सञ्चालन गर्ने र परिषदको गतिविधिहरूको समन्वय गर्ने।

१.२. उपाध्यक्ष (१ जना वा बढी):

  • अध्यक्षलाई सहायताका लागि।
  • विशेष कार्यक्रमहरूको जिम्मेवारी लिने।

१.३. महासचिव:

  • परिषदका सबै प्रशासनिक कामहरूको व्यवस्थापन गर्ने।
  • बैठकहरूको माइन्युट (कार्य विवरण) तयार गर्ने र आवश्यक पत्राचार गर्ने।

१.४. कोषाध्यक्ष:

  • परिषदको आर्थिक व्यवस्थापन गर्ने।
  • बजेट तयार गर्ने र खर्चको विवरण संकलन गर्ने।

१.५. सदस्यहरू (४-७ जना):

  • परिषदका अन्य महत्वपूर्ण जिम्मेवारीहरू बाँडफाँड गर्ने।
  • विभिन्न उपसमितिहरूको नेतृत्व गर्ने।

२. उपसमितिहरू

नगर युवा परिषदको विभिन्न गतिविधि र जिम्मेवारीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उपसमितिहरू गठन गरिन्छ। उपसमितिहरू निम्नानुसार हुन सक्छ:

२.१. शैक्षिक उपसमिति:

  • शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने।
  • छात्रवृत्ति, कोचिङ, र अन्य शैक्षिक सहायता योजनाहरू व्यवस्थापन गर्ने।

२.२. स्वास्थ्य र कल्याण उपसमिति:

  • स्वास्थ्य जाँच शिविर, मानसिक स्वास्थ्य कार्यक्रमहरू, र खेलकुद कार्यक्रमहरू आयोजना गर्ने।
  • युवाहरूको स्वास्थ्य सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने।

२.३. रोजगार र उद्यमशीलता उपसमिति:

  • स्वरोजगार, उद्यमशीलता, र व्यावसायिक तालिमहरूको योजना बनाउने र सञ्चालन गर्ने।
  • स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू आयोजना गर्ने।

२.४. सांस्कृतिक र पर्यावरणीय उपसमिति:

  • सांस्कृतिक कार्यक्रम, वृक्षारोपण, सरसफाइ अभियान, र पर्यावरणीय सचेतना अभियानहरू सञ्चालन गर्ने।
  • स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने।

२.५. समाजसेवा र नेतृत्व विकास उपसमिति:

  • सामुदायिक सेवा कार्यक्रमहरू, रक्तदान, जनचेतना अभियान, र नेतृत्व विकास तालिमहरू सञ्चालन गर्ने।
  • नगर विकास योजनामा युवाहरूको सहभागिता सुनिश्चित गर्ने।

२.६. मिडिया र जनसम्पर्क उपसमिति:

  • परिषदका गतिविधिहरूको प्रचारप्रसार र सञ्चार व्यवस्थापन गर्ने।
  • स्थानीय मिडिया र अन्य सम्बद्ध निकायहरूसँग समन्वय गर्ने।

यी संरचनाहरू नगर युवा परिषदको गतिविधि र आवश्यकता अनुसार अनुकूलन गर्न सकिन्छ। यसले परिषदको कामकाजलाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुर्याउँछ।


  • प्राथमिकता निर्धारण: नगरका युवा समस्याहरूको पहिचान र तिनका समाधानको प्राथमिकता निर्धारण गर्ने।
  • बजेट निर्धारण: आवश्यक बजेटको प्रारम्भिक आकलन र स्रोतहरूको पहिचान।

१.२. दिगो विकासका लक्ष्यहरू:

नगर युवा परिषदको लक्ष्य निर्धारण गर्दा समुदायका युवाहरूको समग्र विकास र सशक्तिकरणलाई केन्द्रमा राख्नुपर्छ। यहाँ नगर युवा परिषदका लागि केही प्रमुख लक्ष्यहरू उल्लेख गरिएको छ:

१. युवा सशक्तिकरण

  • नेतृत्व विकास: युवाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, तिनलाई समुदायका विभिन्न निर्णय प्रक्रियामा सहभागी गराउने।
  • सामाजिक सक्रियता: युवाहरूलाई समाजसेवा, स्वयंसेवा, र सामाजिक परिवर्तनका गतिविधिहरूमा संलग्न गराउने।

२. शैक्षिक विकास

  • गुणस्तरीय शिक्षा प्रवर्द्धन: शिक्षाको पहुँच विस्तार गर्दै, गुणस्तरीय शिक्षामा सबै युवाहरूको समान पहुँच सुनिश्चित गर्ने।
  • शैक्षिक सहयोग: शैक्षिक छात्रवृत्ति, कोचिङ, र अन्य शैक्षिक कार्यक्रमहरू मार्फत आर्थिक रूपले कमजोर युवाहरूलाई सहयोग गर्ने।

३. रोजगारी र उद्यमशीलता

  • स्वरोजगार र उद्यमशीलता: युवाहरूलाई स्वरोजगारमा प्रेरित गर्न उद्यमशीलता विकास तालिम, स्टार्टअप सहायता कार्यक्रमहरू सञ्चालन गर्ने।
  • सीप विकास: रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि विभिन्न व्यावसायिक र प्राविधिक तालिमहरू प्रदान गर्ने।

४. स्वास्थ्य र कल्याण

  • स्वास्थ्य जागरूकता: युवाहरूको शारीरिक र मानसिक स्वास्थ्यको संरक्षणका लागि स्वास्थ्य जाँच शिविर, परामर्श सेवा, र खेलकुद कार्यक्रमहरू आयोजना गर्ने।
  • स्वस्थ जीवनशैली प्रवर्द्धन: नशा मुक्त जीवन, पौष्टिक आहार, र शारीरिक सक्रियता जस्ता जीवनशैलीलाई प्रोत्साहन गर्ने।

५. सांस्कृतिक र पर्यावरणीय संरक्षण

  • सांस्कृतिक जागरण: स्थानीय कला, संस्कृति, र परम्पराहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने।
  • पर्यावरणीय सचेतना: पर्यावरणीय संरक्षण र दिगो विकासका लागि युवाहरूलाई सक्रिय सहभागी बनाउने, वृक्षारोपण र सरसफाइ जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने।

६. युवा सहभागिता र अधिकार

  • राजनीतिक सहभागिता: युवाहरूलाई स्थानीय नीति निर्माण, योजना निर्माण, र बजेट तर्जुमा प्रक्रियामा सहभागी गराउने।
  • अधिकार प्रवर्द्धन: युवाहरूको अधिकारहरूको सुरक्षा तथा प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने।

७. सञ्जाल र साझेदारी

  • नेटवर्क निर्माण: स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय युवा नेटवर्कहरू निर्माण गरेर अनुभव आदानप्रदान गर्ने।
  • साझेदारी: सरकारी, गैरसरकारी, र निजी क्षेत्रसँग सहकार्य गरेर युवाका लागि नयाँ अवसरहरू सिर्जना गर्ने।

८. दिगो विकास लक्ष्यहरू (SDGs)

  • दिगो विकासमा योगदान: दिगो विकासका लक्ष्यहरूमा युवाहरूको योगदान सुनिश्चित गर्ने र यसप्रति जागरूकता फैलाउने।

यी लक्ष्यहरू परिषदको गतिविधि र कार्यक्रमहरूको मार्गदर्शनका लागि महत्वपूर्ण छन्, जसले नगरका युवाहरूको जीवनस्तर सुधार्न सहयोग गर्नेछ।


२. पहिलो वर्ष

२.१. प्रारम्भिक सर्वेक्षण र डेटा संकलन:

  • युवा अवस्थाको सर्वेक्षण: नगरका युवाहरूको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाको विस्तृत सर्वेक्षण गर्ने।
  • डेटाबेस निर्माण: युवा अवस्थाको आधारमा डेटा संकलन र व्यवस्थापन गर्न डेटाबेस प्रणाली स्थापना गर्ने।

२.२. कार्यक्रमको प्रारम्भ:

  • सीप विकास तालिमहरू: सुरुवातमा प्राथमिक आवश्यकतालाई ध्यानमा राख्दै तालिमहरू सञ्चालन गर्ने।
  • स्वास्थ्य जागरूकता अभियान: युवाहरूका लागि स्वास्थ्य जागरूकता अभियानको सञ्चालन।

३. दोस्रो र तेस्रो वर्ष

३.१. लक्षित कार्यक्रमहरू:

  • स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन: युवाहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्नका लागि आवश्यक वित्तीय सहायता तथा तालिम कार्यक्रम सञ्चालन गर्ने।
  • शैक्षिक कार्यक्रमहरू: गुणस्तरीय शिक्षाका लागि आवश्यक शैक्षिक कार्यक्रमहरू विकास गर्ने।

३.२. समीक्षा र समायोजन:

  • मूल्यांकन: कार्यान्वयन भएका योजनाहरूको मूल्यांकन गर्ने।
  • समायोजन: समीक्षा रिपोर्टका आधारमा योजना तथा कार्यान्वयनमा आवश्यक समायोजन गर्ने।

४. चौथो र पाँचौं वर्ष

४.१. उपलब्धिहरूको विस्तार:

  • नेटवर्क विस्तार: स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरमा युवाहरूको नेटवर्क विस्तार गर्ने।
  • स्थायी कार्यक्रमहरू: सफल कार्यक्रमहरूको स्थायी रूपमा संचालन सुनिश्चित गर्ने।

४.२. सम्पूर्ण मूल्यांकन:

  • पञ्चवर्षीय समीक्षा: पाँच वर्षको योजना समापनमा सम्पूर्ण योजना, उपलब्धि र प्रभावको समीक्षा गर्ने।
  • भविष्यको दिशा: आगामी ५ वर्षको लागि नयाँ योजना निर्माणको तयारी गर्ने।

५. समापन र प्रतिवेदन

५.१. अन्तिम प्रतिवेदन:

  • पञ्चवर्षीय योजनाको अन्तिम प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा प्रस्तुत गर्ने।

५.२. अवकाश:

  • योजना समापनको कार्यक्रम आयोजना गर्ने र उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान गर्ने।

यो खाका नगर युवा परिषदको उद्देश्य, स्थानीय युवा समुदायको आवश्यकता, र स्रोतहरूको आधारमा परिमार्जन गर्न सकिन्छ।

आखिर को हुन सुवर्ण ?

सुवर्णका स्वर्णिम ४ ज ; जीवन , जवानी, जिम्मेवारी र जवाफदेहिता (पारदर्शिता)

आखिर को हुन सुवर्ण ?

फाल्गुन १, २०७९विवेक पराजुली
नेपाली काङ्ग्रेसका संस्थापक नेताहरु मध्य सबै भन्दा बिरल उच्चरण गरिने नाम हो सुवर्ण शम्सेर ! आज हामिलाई नेपाली काङ्ग्रेस र समाजवादको उच्चरण वा समाजवादको लक्ष्य सम्म प्रजातन्त्रको उदेश्य जुन प्रयत्न र पहल गरिरहेको छौ, पार्टीको बिरगंज महाधिवेशनबाट निर्वाचित अध्यक्ष शुवर्ण सम्सेरकै नेतृत्वमा प्रजातान्त्रिक समाजवादको अनुमोदन गरिएको हो।

• श्री ३ मोहन सम्सेरले (२००४ चैत्र ३१) नेपाली राष्ट्रिय काङ्ग्रेसलाई अवैध घोषणा गरेपछी नेपाल जस्तो मुलुकमा राणा शासन फाल्ने शसस्त्र संघर्षमात्र उपयुक्त हो भन्ने तर्कमा विपि (२००६ सालमा) सहमत हुनुभयो। २००६ चैत्र २७ गतेदेखी विपि र सुवर्ण रहेको दुवै दलको संयुक्त अधिवेशन मार्फत नेपाली काङ्ग्रेस पार्टिको निर्माण भयो जस्को कोषाध्यक्ष सुवर्ण सम्सेर हुनुभयो।

• आज राजनीतमा लाग्नु भनेको सम्पत्ति जोड्नु, सत्ता लाभ लिने आरोप खेपिरहेका नेतृत्व प्रतिको भाष्य झ्याङ्गिदो छ। तर २००६ सालमा क्रान्तिको निम्ति त्यतिवेला १ करोड रुपैया दान दिने नेता हुनुहुन्छ सुवर्ण जस्ले १०४ वर्ष राणा शासन ४ महिनाको ससस्त्र क्रान्तिमार्फत घुडा टेक्न सफल भएको थियो। अत: राजनीति लिनको लागि होइन दिन पनि रहेछ।

• नेता जो भए पनि फरक पर्दैन तर लक्ष्य फरक पर्नु भएन भन्ने मान्यता राख्ने सुवर्ण राजा संग मिलेर आफू सत्तामा बसीरहने लोभमा सत्तामोहमा मात्रीकाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस संस्थापक अध्यक्ष) र महाविर संसेर (सुवर्णका भाइ) सत्ता मोहमा फस्दा सुवर्ण निष्टाबाट अविचलित नेता हुनुहुन्छ ।

• सुवर्ण सम्सेरले आफ्नो सक्रीयतामा पार्टी बनाउदा महेन्द्र विक्रम साहालाई अध्यक्ष बनाए तर आफू कुनै पदमा बसेनन, पछि पार्टी एकीकरण हुँदा बिपि कोइराला केन्द्रिय सदस्य र सुवर्ण पार्टीको कोषाध्यक्ष बन्नुभयो पद जिम्मेवारीको हिसाबले खासै महत्त्वपूर्ण नरहेको पद समाल्नु भयो। अत: आज हामिलाई संस्था प्रती मतलब छ उदेश्य प्रती नभएको अवस्थामा यो महत्वपूर्ण उदाहरण र पाठ हो। अत: काम गर्न पद नै ठूलो हो पदमोहले गिजोलिएको वर्तमान राजनीतिमा जिम्मेवारी संगैको दायित्व जोडिएको हुन्छ। (धन्यवाद : Searose Vijaya Koirala )

• मन्त्री परिषदको अध्यक्ष एवंम अर्थमन्त्रीको नेतृत्व गरेका सुवर्ण देशकै पहिलो बजेट ( २००८ साल)को वजेट ल्याउने अर्थमन्त्री हुनुहुन्छ।

• नेपालको बजेट शुरु गर्नुभएको पहिलो अर्थमन्त्री सुवर्ण शमशेरले आयकर, सम्पत्ति करजस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरेका थिए। उनले ेपालमा आफ्नै मुद्रा स्थापित गर्ने, विनिमय दर निर्धारण गर्ने, शैक्षिक क्रान्तिका लागि एकै वर्षमा मुलुकभर १ हजार ६ सयभन्दा बढी विद्यालय स्थापना गरी ती विद्यालयका लागि आफ्नो बजेटमार्फत् रकम व्यवस्थापन गर्नुभएको थियो। (स्रोत: पुर्व अर्थमन्त्री डा. रामशरण महत)

• नेपाली काङ्ग्रेस जनकपुर महाधिवेशन(२००९ साल) को बेला सुवर्ण पार्टीका कोषाध्यक्ष तथा सरकारका अर्थमन्त्री थिए । त्यसबेला केही नेताहरूले पछि तिर्ने गरी हाललाई केही रकम सरकारी कोषबाट निकाल्न सल्लाह दिदा सुवर्णले त्यो कुरालाई मान्नुभएन । उहाँले पार्टी र सरकार अलगअलग निकाय भएकाले यस्तो गैरकानुनी काम गर्नु हुँदैन भन्नुभयो। अत: आर्थिक सम्मुन्नतिको जग पारदर्शिता, जवाफदेहीताको लागि जिम्मेवार बन्ने पाठ छ।

• राणा परिवारमा जन्मिए पनि १ सय ४ वर्ष राणा सासनको अन्त्य गर्न, हामिले प्राप्त गरेको संविधानको लागि जग कांग्रेसले संविधान सभा लगाएतको माग (२०१४ मङ्सिर २२) देखि भद्र अवज्ञा आन्दोलनलाई २०१५ जेठ २ गते सुवर्ण सम्सेरको अध्यक्षतामा सर्वदलिय चुनावी मन्त्रीपरिषदको गठन भयो। अत: यो सित्तैमा सौदावाजिमा आएको संविधान होइन यसलाई जिवनपद्दती संग जोड्दै जिवन्त राख्ने दायित्व तपाई हाम्रो हो। एउटा सामन्ती परिवारबाट आएको व्यक्तिको नेतृत्वले पार्टीलाई समाजवादी बनायो।

• कांग्रेसले बहुमत ल्याएको बखत (विसं २०१५ सालमा ) प्रधानमन्त्रीको लागि राजाले सुवर्णको नाम लिएको चर्चा बाहिर आउदा पनि बीपीलाई प्रधानमन्त्री बन्न सुवर्णले नै आग्रह गर्दै सुवर्णजीले खुलेर भन्नुभयो– बीपी यो तपाईको उपलब्धि हो र तपाई नै प्रधानमन्त्री बन्नुपर्छ । अत: सहभावमा समर्पण र त्याग संगै मिस्सिएको हुन्छ जस्ले प्रधानमन्त्री पद पनि निष्टाले हेर्यो सौदवाजिको नियत राखेन। आज रजनितिलाई शुद्ध र संगठित संस्कारयुक्त बनाउन उक्त सहभावको खाँचो छ।

• पार्टी नीतिबमोजिम जननिर्वाचित ( २०१६ पुस १९) सरकारले गते सबैभन्दा क्रान्तिकारी कदम उठायो— राजारजौटा र बिर्ता उन्मूलन । बिर्ता उन्मूलन अभियानको सुरुआत उपप्रधान तथा अर्थमन्त्री सुवर्णशमशेरले आफैंबाट गरे । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई साक्षी राखेर उनले आफ्नो १२ हजार बिघाको बिर्ता उन्मूलन गर्न प्रस्ताव गरे ।आफूसँग रहेको १२ हजार बिगा जग्गा सरकारलाई बुझाउने घोषणा गरी त्यो नीतिलाई शक्ति प्रदान गरे । अत: राजनीति अरुमा प्रयोग गरेर होइन अफैमा प्रयोग गरेर रुपान्तरणको तय गर्नुपर्छ ।

यिनै आदर्श पुरुष नेपाली काङ्ग्रेसका संस्थापक नेता, पहिलो बजेट ल्याउने अर्थमन्त्री, पुर्व प्रधानमन्त्री एवंम प्रजातान्त्रिक समाजवादको प्रणेता, आदर्श पुरुष शुवर्ण शमशेर राणाको ११३ औं जन्मजयन्तिको अवसरमा हार्दिक नमन सहित भावपुर्ण श्रद्धासुमन। यिनै विचारको विजरोपणले काङ्ग्रेस औलायो, यिनै गरिमा र गौरवले नेविसंघ रोज्यो श्रद्देय व्यक्तित्व प्रती पुन नमन !
#जय_नेपाल !!!
#१७_फाल्गुन_२०७९ ।

विवेक पराजुली
सचीव
ने.वि.संघ कास्की । ( Nsu Kaski )

आखिर को हुन किशुन जि ?

  किशुन जि जिवनका ४ अ ; आत्मस्वाभिमान, आन्दोलन (चेतना र चरित्रका बिम्ब), आध्यात्मिकता र अन्तस्करण (सेन्स अफ ह्युमर)

आखिर को हुन किशुन जि ?

फाल्गुन १, २०७९विवेक पराजुली

प्राकृतिको नियम हो दुर्लभ बस्तुको महत्व दुबिदा र दुर्बल अवस्थामा आवस्यकता बढ्दै जान्छ। अहिलेको निष्ठा र आदर्शको क्षयिकरण बन्दै गएको नेपाली राजनीतिमा निष्टा र न्यायका प्रतिमुर्ति किशुन जि (कृष्ण प्रसाद भट्टराई)को महत्व बढ्नु स्वभाविक र उक्त नीति संगत छ।

नेपाली राजनीतिको पछिल्लो चरित्र एउटा छ, भाषणमा मञ्चमा निष्ठा र आदर्शको तर्क गर्न व्यवाहारमा अनैतिक र अराजकताको बीउ बिजारोपणले पार्टी र समाजको भाग्य र भविस्यको नक्सा भणखालोमा पारिरहने यो रोग समकालीन राजनीति अचुक खोट हो तर किशुन जि यस्तो पात्र हुनुहुन्छ उहाँको जीवन र राजनीति व्यवाहर संग मेल खान्छ, आध्यात्मिकताको (अन्तर मन ) अर्थ छ “तिमी आफू भित्र प्रयोग हुनु आफुलाई चिहाउनु चिन्नु” किशुनजी आवरणको आध्यात्मिक होइन आचरणको आध्यात्मिक हुनुहुन्छ ! त्यसैले हामी लाखौंको लागि आदर्श ठान्नु स्वभाविक हो।

• कुनै जमानामा नेपालमा एउटा यस्तो पनि नेता थियो जो बाहिरबाट हेर्दा हमेसा हल्काफुल्का कुरा गर्ने मजाकिया किसिमको मानिसझैं देखिए तापनि राष्ट्रियता र प्रजातन्त्रप्रति उसको आस्था फलामको पर्वतभन्दा कठोर बन्ने नेता हुनुहुनथियो। राजा महेन्द्रले (२०१७ पुस १) निर्वाचित संसदलाई बलात् विघटन गरी प्रधानमन्त्री बीपी कोइरालासहित उनको क्याबिनेटका सम्पूर्ण सदस्य र सांसदलाई पक्रेर थुन्दा त्यस विघटित संसदका सभामुख भट्टराईलाई पनि सोही घानमा मिसाएर थुनिदिएका थिए ।

• ‘संसदको सभामुख पदमा नियुक्त भएपछि मैले नेपाली कांग्रेस पार्टीको सदस्यता परित्याग गरिसकेकाले आफूले छोडिसकेको त्यही दलका नेता सुवर्ण शमशेरले जारी गरेको विज्ञप्तिको समर्थन वा विरोध गर्ने भन्ने कुरा नै निरर्थक र अनैतिक हुन्छ, त्यस्तो अपकर्म गर्न न मेरो विवेकले अनुमति दिन्छ न त नैतिकताले नै । त्यसैले मलाई कृपानिधान महाराजको अपहेलित पाहुनाका रूपमा यस जेलमा नै रहन दिइयोस् ।’ (राजाका तर्फबाट सुन्दरीजल कारागार गृहमा पुगेका जर्नेल शेरबहादुर मल्ललाई दिएको जवाफ)

कैयौं नेताहरु पञ्चायती दरबारसँग बिन्तीपत्र हाली कागज गरेर जेलमुक्त भए तर कृष्णप्रसाद भट्टराईले त्यस्तो कुनै कागजमा सही गर्नुभन्दा देशभित्रै १४ वर्ष जेलमा बस्ने पात्र हुनुहुन्छ किशुन जि !
अत: आन्दोलनमा सेटिङ्मा प्रहरी संग बेटिङ्ग (साँठगाँठ) र मिडियामा कमान्डलु लिएर कमान्डर वन्ने प्रवृतिलाई किशुन जि को जीवन रामको बनवास भन्दा कम छैन, यो कसैलाई खुइलाउने र खोतल्ने भन्दा पनि सोच्ने र सच्चिने नैतिक आधार बिम्बहरु अहिलेको बिकृत अवस्थामा सबैलाई साझा र खुल्ला छ्न।

• राजाहरूद्वारा १४ वर्ष जेल कोचिएका कृष्णप्रसाद भट्टराई संवैधानिक राजतन्त्र र लोकतन्त्रको आफ्नो जीवनपर्यन्त अडानमा कायमै हुनुहुन्छ। यो सत्य हो कि आज देशमा किसुनजीका विचारहरूको खासै अर्थ नरहला ।
अत: जब-जब नेपालमा मूल्य, मान्यता, नैतिकता, सहिष्णुता र आस्थाको राजनीतिको कुरा उठ्ला तब-तब कृष्णप्रसाद भट्टराईको तस्बिर हाम्रोअगाडि खडा भैराखेको छ।

• ‘नेपालको प्रजातान्त्रिक आन्दोलन विदेश भूमिबाट र हिंसाका उपकरणहरू प्रयोग गरेर गर्नु गलत हुन्छ, देशमा प्रजातन्त्रको बहाली देशभित्रैबाट जनतालाई शान्तिपूर्ण आन्दोलनमा सरिक गराएर गर्न सके मात्र त्यो सार्थक र दिगो हुन्छ’ गरिबी र निराशाले भरिएको अँध्यारोमा प्रजातन्त्रको सुनौलो बिहानलाई पर्खेर मातृभूमिमै थिए । आफ्नो त्यही सोचका कारण उनले बीपी र गणेशमानले भारत आएर आफूहरूलाई साथ दिन गरेको बारम्बारको अनुरोधलाई पन्छाइदिएका किशुन जि बीपी र गणेशमानभन्दा झन्डै २ वर्ष बढी कारागारमा बसेर (२०२६ साल चैतमा) जेलबाट छुट्नुभएको थियो।

• तीस-तीस वर्ष पञ्चायतविरुद्ध लडेर प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई नेपाली राजनीतिमा पुलिस, प्रशासन, पैसा र दिल्लीको महत्त्वबारे ज्ञान नभएको होइन। तर उहाँले नेपाली राजनीतिका यी रामवाण औषधी कहिल्यै प्रयोग गर्नुभएन। किसुनजीलाई थाहा थियो – सत्ता राजनीतिका लागि यी औषधी रामवाण हुन्। तर उहाँलाई यो पनि ज्ञान थियो कि देश र जनताका निम्ति यी औषधीको साइड इफेक्ट घातक हुनेछ।
अत: अहिले नेपाली राजनीतिमा कोही नेता यस्तो बाँकी छैन जसले ‘साधनको पवित्रता’मा किसुनजीको दसांश हैसियत राखोस्। हर थोक रणनीतिक भएको छ, हर थोक चालबाजी भएको छ, र हरथोक एउटा जोक भएको छ। “हर थोक कन्स्पिरेन्सी थेउरीले चल्छ, इल्युजनको डिजाइमा इन्जेक्ट गरेर गिरोहको तलाउ बनेर नेतृत्वको औजुद स्थापित गर्न राजनीति बिक्रीत र बिक्रीमा छ” यसलाई किशुन जि कै शब्दमा ‘ प्रजातन्त्र र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन। तर, केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पध्दति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पध्दति निर्धो हुन जान्छ।’ यसलाई चोइटाएर थिग्राएर छुट्टाएर अलग पार्नुपर्न आजको चुनौती छ।

• किसुनजी, तपाईंको सेन्स अफ ह्युमरलाई बुझ्ने, पचाउने क्षमतामा समाज अहिले छैन। त्यस्ता वाक्य र व्यवहार नगर्नुस्।’ सुनेर गम्भीर हुनुभयो किसुनजी र भन्नुभयो, ‘विजयबाबु, तपाईंले मेरो बोक्रा मात्र देख्नुभयो, गुदी देख्नुभएन भने समस्या मेरो होइन, तपाईंको हो। फेरि सेन्स अफ ह्युमरमा खराबी के छ? यो त उत्तम मानवीय गुण हो। मानिस गम्भीर हुनुपर्छ तर आफ्नो कर्तव्यमा मात्र। मुहारमा नक्कली गम्भीरता अनि काममा बचकनापन? यसको कुनै अर्थ छ?’ (विजय कुमार पाण्डे संगको संवाद)

• अन्तरिम प्रधानमन्त्रीका रूपमा ( सन् १९९० ) भारतको राष्ट्रपति भवनमा उहाँलाई भेट्न आउने दुईवटा केन्द्रीय मन्त्रीले उहाँको खुट्टा छोएर ‘पाए लागु किसुनजी’ सम्मको स्रद्दा गर्न नेताको श्रेणीमा पर्नुहुन्छ किशुन जि !

• विखण्डनको संघारमा उभिएको नेपाली समाजलाई परस्परमा सम्मान र सहिष्णुताको आजभन्दा बढ्ता खाँचो इतिहासमा कहिल्यै थिएन। आज राजनीतिमा किसुनजीको जीवनदर्शनको खासै महत्त्व छैन। मानिसहरू किसुनजीप्रति ओठेभक्ति प्रकट गर्न त सक्दछन्, तर उहाँका मूल्य मान्यतालाई अपनाउने साहस गर्न सक्दैनन्। तर मलाई यो पनि थाहा छ – अहिंसा, आपसी सम्मान र सहिष्णुताबाहेक नेपालको निम्ति अर्को कुनै बाटो छैन। (विजय कुमार पाण्डे)

• किसुनजी दोस्रोचोटि प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली कांग्रेसका ६९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता (२०५६ चैत्र ५) भएपछि प्रतिनिधिसभा विघटनतिर नलागी उनले खुशि साथ प्रधानमन्त्रीका रूपमा उनी बालुवाटार पस्दा सुराही, ट्यांका र छाता साथमा थियो, बाहिरिँदा पनि यी तीनै वस्तु मात्र लिएर निस्कने पात्र हुनुहुन्छ किशुन जि !
अत: पद र सत्ताको लागि पार्टी र संसदनै बिघटन गर्न परिपाटी शक्ति स्वार्थको मोहको आराजकता र उश्रीङ्खलता देखिदै गर्दा निष्टाको मियो र आदर्शको दियो किशुन जि प्रतिको उचाई र आवस्यकता नेपाली राजनीतिमा खोजिरहेको मात्र छैन नैतिक पाठ पनि सिकाईरहेको छ।

• आज आम बिद्यार्थीको रोजाइको संगठन नेविसंघको स्थापना काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा (२०२७ वैशाख ६) नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । यो समग्र विधार्थी, नेविसंघ र नेपाली राजनीतिको प्रेरणाको बिम्ब हो उनै पुर्व प्रधानमन्त्री,नेपाली काङ्रेस पुर्व सभापति श्रद्देय पुरुष आदर्श नेता प्रती हार्दिक नमन सहित भावपुर्ण श्रद्धाञ्जली किशुन जि !
#किशुनजी_१२औं_स्मृति_दिवस।
#जय_नेपाल !!!

विवेक पराजुली
सचिव
ने.वि.संघ कास्की । ( Nsu Kaski )

नारी दिवसको सुरुवात, नेपालमा नारी आन्दोलनको इतिहास र सुनिश्चितता ?

  नारि स्वभाव ६ स ; सहनसिलता, सरलता, सृष्टता, सौन्दर्यता, सौभाग्य र सालिनता

नारी दिवसको सुरुवात, नेपालमा नारी आन्दोलनको इतिहास र सुनिश्चितता ?

फाल्गुन १, २०७९विवेक पराजुली

नारी सृष्टि हो, नारी प्राकृति हो, नारी सभ्यता र संस्कारको सृजना र जननी हो। परमपुज्य सबै मातृ शक्तिहरुमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस को शुभकामना।

**** नारी दिवसको सुरुवात कसरी भयो ? ****

• सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् ।

• त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

• महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

**** नेपालमा महिला अधिकारको संघर्षको इतिहास ****

• विसं २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको हो ।भने महिलालाई मताधिकारको अधिकार भने विसं २००७ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो।

• राजाले प्रजातन्त्रको (२०१७) हरण गर्दा टुँडिखेलमा राजाविरुद्ध प्रदर्शन गर्दै कालो झन्डा देखाउने १६ वर्षे शैलजा आचार्य, जो नेपालको पहिलो महिला उपप्रधानमन्त्री एवं कांग्रसको पहिलो महिला उपसभापति बन्ने अवसर पाउनुभएको थियो। महिला हकअधिकारका लागि मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा उहाँको ठुलो योगदान छ ।

• नेपालमा महिलाको छुट्टै संगठन स्थापना गरी नारी शिक्षामा जोड दिने बीपी कोइरालाकी माता दिव्या कोइरालाको योगदान अमुल्य छ।

• जहाँनिय राणा शासन विरोधी आन्दोलनमा सक्रिय रहि २००४ सालमा नै नेपाल महिला संघको स्थापना गर्न मंगलादेवी सिंह तथा सहाना प्रधान, नेपालकी प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानी, शान्ता श्रेष्ठ, नोना कोइराला, मार्शलजुलुम शाक्य आदि जस्ता पुरानो पुस्ताका ऐतिहासिक नारीहरूका त्यग र समर्पणको इतिहास अतुलनीय र स्वर्णिम छ।

• नेपालमा प्रधानमन्त्री विपी कोइरालाको प्रधानमन्त्री कालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा पछि आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्रपंक्तिमा देखा पर्नु हो।

***** नेपालको कानुनमा नारिको हकको लागि व्यवस्था के छ ? ****

• पक्ष राष्ट्र भएको नाताले महासन्धीमा भएका सबै प्रावधानहरु पालना गर्नु राज्यको परम कर्तव्य हो। राज्यले अन्तर्राष्ट्रिय महासन्धीमा भएका व्यवस्थाहरुलाई घरेलु कानुनहरुमा आन्तरिकीकरण गर्न महिला सम्बन्धी अधिकारलाई कानुन र संविधानमा सुरक्षित गरेको छ।

• नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ।

• संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ। व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसूकोको रुपमा स्थापित गरेको छ।

#अन्तराष्ट्रीय_नारी_दिवस।#मार्च_८।

नारी आन्दोलनका अथक यात्रीलाई हार्दिक नमन परमपुज्य सबै मातृ शक्तिहरुमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस को शुभकामना।

विवेक पराजुली

सचिव

ने.वि.संघ कास्की । ( Nsu Kaski )

एक दृष्टिकोण; समाज, संरचना र सम्भावना~ विवेक पराजुली

हरेक परिस्थिति उक्त परिवेशको स्थितिको सुचक हो। र हरेक स्थिति त्यहाँको नेतृत्वको मुल्यांकन पनि हो। किनभने समाजको वस्तुस्थितिको चेतनाले नेतृत्व जन्मिएको हुन्छ। जब नेतृत्वले कुशलता पुर्वक समाजलाई गति दिइरहेको हुन्छ तब उ नेतामा रुपान्तरण हुन्छ। अर्थात नेता बनेपछि नेतृत्वदायी भुमिकामा होइन नेतृत्वदायी भुमिकाले नेता स्थापित गराईरहेको हुन्छ। तसर्थ भनिन्छ एउटा कुशल नेताले संकटलाई सामना गरेर सहज वातावरण सृजना गर्दछ तर एउटा सासकले संकटलाई सृजना गरेर आफू स्थापित हुने औंजुद खोजिएरहेको हुन्छ।

हाम्रा संस्थाहरु किन अन्योलमा छ ?

लोकतन्त्रको जन्म मतदाताको मतको अधिकारमा मात्र हुँदैन उम्मेद्बारले नतिजाको सहज स्विकार्योक्तिमा पनि हुन्छ। आजको मुलभुत समस्या सबै लोकतान्त्रिक बन्नु परेको छ तर पराजय स्विकार्य छैन। जहाँ पराजय (हार) को नतिजालाई निस्तेज गरेर निर्वाचन गरिएको हुन्छ त्यहाँ यथार्थमा लोकतन्त्र बाँचिरहेको हुदैन। माथी भनिएको शासक बाँचिरहेको हुन्छ। शासकले जन्माउने संकट हो। आज यसैको पेरिफेरिमा रहेर राजनीतिका केही आधारभुत तत्वहरु प्रती मनोवादको एउटा दृष्टिकोण, संरचना र सम्भावनाको सरलीकरण गर्न प्रयत्न गर्दैछु।

रुजवेल्ट ठान्दछ्न निरन्तर समस्या सुल्झाउने दायित्व सरकारको हो। के जीवन पनि आफैमा आर्को भावना (मन र मस्तिष्क)को सत्ता वा सरकार होइन र ? एउटा समाज र समाजमा बस्ने मानिसको उच्चतम आकांक्षा के हो ?

हरेक समाज आफ्नो सबलता र सम्पन्नताको लागि संघर्ष गरिरहेको हुन्छ। समाजका ठागुहरुले राजनीतिलाई यसरी ठिम्राईसके कि यो अर्थहिन र बेरसिलो बनाइएको छ। त्यसैले समस्या र आलोचनालाई केन्द्रमा राख्दा वाहिवाही प्राप्त गर्दछ। व्यक्तिगत जीवन त चुनौतीपूर्ण छ भने यो (राजनीति) आफैमा जटिल पनि छ। पहिलो समझ यसमा हुनुपर्छ । 

यदि जिवनलाई एउटा मान्यता, सर्त, नियम वा परिधिको विन्दु मानिदिने हो भने त्यसको अर्को बिन्दुले हरेक समस्यालाई एउटा समझको सरल रेखिय आकृती सृजना गर्दछ।

जीवन, जगत र समाज संग राजनीति जोड्न पनि त्यो आकृति अत: वस्तुगत भएर बुझ्नु अपरिहार्य हुन्छ। राजनीतिशास्त्रको लागि जति समाजशास्त्रको आवस्यकता छ। त्यति समाजशास्त्रको लागि मानवशास्त्र र जीव विज्ञान। आध्यात्मले मानिसलाई अन्तरमनको विज्ञानलाई प्रयोग होइन परिक्षण गर्दछ तर बिडम्बना अहिले आध्यात्म देखावटी , ढोङ्गी, धोकाधारी र बैमानिको अस्त्र बन्नपुगेको छ।

यसलाई सुक्ष्म र मिहिन ढ्ङ्गले हेरिदिने हो भने इमानदार प्रयत्न र इरादाले पनि थुप्रै परिवर्तनको प्रत्याभूति दिलाउदछ।

                                   °°°°°°               
राज्यले लगाउने चस्मले राज्य(जनता) लाई हेर्दा राज्य जस्तै देखिनुपर्दछ, सबै समान हुन तर केही अझ समान छ्न भन्ने तर्कले नियम बस्दैन। कुनै पनि राजनीति सिद्धान्त बेगर चल्दैन त्यो चलाउनुको पहिलो सर्त व्यवाहारिकता हो। त्यसको लागि नेतृत्व समाज र राष्ट्रसंग प्रष्ट रहनु अपरिहार्य हुन्छ।

                                   °°°°°°               

म नेता हुने मेरो लक्ष्य होइन, म सधैं त्यो अवस्थामा खुशी र आनन्दित रहन्छुकी जब नेतृत्वले माथी जोडिएको समाज संगको सम्बन्ध स्थापित भैदिए यसबाट म हमेशा अलग र टाढानै रहन रुचाउँछु। म केमा पनि स्पष्ट छु भने एक समयमा एउटा नेतृत्व हुन्छ र त्यो समयले जन्माउदछ। समयको नियतिलाई निर्णयमा बदल्दा असल प्रतिनिधित्व पात्र प्रयाप्त हुन्छ। फेरि दोहोर्‍याए, एउटा पुस्तालाई परिवर्तन गर्न एउटा पुस्ताको सहि नेतृत्व अप्रयाप्त कत्ति पनि हुदैन। त्यसको लागि सचेत सहयात्रीको साथ त्यसको मुल्य र महत्व आवस्यक छ।

                                   °°°°°°                               

नेतृत्वको सवालमा नेतृत्व संग अरु विशेषता न्युनतम भएपनि हुन्छ। तर अपरिहार्य सर्त व्यवस्थापकिय क्षमता, स्वप्नद्र्ष्टा र कार्यनयन गराउने क्षमता अपरिहार्य सर्त लाग्दछ। व्यवस्थापकिय क्षमता नहुदा वर्तमानको समस्या सुल्झिदैन सुध्रीदैन र स्वप्नद्रष्टा नहुदा लक्ष्य सम्म वा यथास्थितिलाई गतिशीलता प्राप्त हुन पाउदैन। त्यसपछि त्यसलाई कार्यन्यन गर्न इरादा वा असल मक्सद ठान्दछु। यसले (जवाफदेहीता, जागरुकता, न्याय र उपलब्धि) जोड्ने मात्र होइन उन्नत गर्न प्रयत्न गर्दछ।

                                   °°°°°°                               
संगठन सामुहिक भावना अझ सत्भावनाको सकारात्मक प्रयत्न गर्न स्थल(स्पेस) हो। व्यक्ति सिमितताको क्षमताले बाँचेको हुन्छ। सामुहिक क्षमताको विशेषता जोडेर नै पुर्ण प्रयत्नको निखारताले नविनता ल्याउन संगठन अपरिहार्य हुन्छ। त्यसैको अन्तर्य र आवस्यकता हो संगठन ।

नेविसंघ कास्कीको सचिव बाट अलग रहँदा सबैभन्दा अत्यासलाग्दो क्षण थियो। छोटो समय परिणाम कसरी र कुन रुपले हेर्न ती व्यक्तिका मुल्यांकन थियो तर आफ्नो इमानदार इरादारा प्रयत्न थियो। केही मेरा व्यक्तिगत सिमितता थिए तर कदापी संगठन प्रती कुनै संझौता थिएन। मैले त्यो दिन सम्झन्छु कुनै सकारात्मक परिणाम निकाल्न नसक्ने हो भने त्यसमा रहने जरुरत नहुनु सामान्य कुरा रह्यो । तर धेरै सुवेच्छुकले नैतिकताको आधारमा बाहिर निस्केको सन्देश दिनु भयो । एक जना साथिलो बाँड्नु भयो कि सबै योग्य सफल हुदैन्न सबै सफल अयोग्य हुदैनन् । यश प्रशंग जोड्नुको तात्पर्य अन्यर्थ नभै  म परिणाम निकाल्ने सन्दर्भ तल्लो तह सम्म नैतिकताको पिंध (न्युनतम मात्र) र आत्मसमिक्षा  असफलताको आत्मागलानी धेरै थियो। आज त्यसलाई फर्कदा ती दिन र आफ्नो निर्णय थोरबहुत सहि र त्यसको क्रेडिट संगतको वातावरण पनि हो।

                                   °°°°°°                      
धर्म: आज धर्मको नाममा संशार यति धेरै विखण्डित, विभाजित र विद्रोहित छ। के धर्म पछिको नियती यति धेरै कुर्‍र, यातनायोग्य र हिंसात्मक रहेको हुन्छ ? सवै धर्ममा धर्म भित्र मानवता कुन कोणमा हुन्छ थाहा छैन तर यति कुर्‍र, निन्दनीय र यो नियति दोहोरीरहनु पर्न हो भने हाम्रो तथाकथित सभ्य पुस्ताले अर्कोको लागि छाड्दिने संसार एउटा चिहान घर र मानवता मरेको चिहानघर भित्रको शक्ति सञ्चयको लागि लडिरहेको चिडियाघरको रूपमा देशहरू परिणत हुन्छ्न ।

धर्मको विषयमा मेरो दृष्टिकोण मेरो बुझाइले भ्याए सम्म आफुलाई शुद्धिकरण गर्दै धारणा योग्य बनाउदै समाज सम्म जोडिरहनु हो र यसमा मेरो लागि सबै भन्दा अन्तिम र न्युनतम वा पहिलो सर्त मानवता हो। त्यस पछि बल्ल स्वतन्त्रता ।

                                   °°°°°°                               
स्वतन्त्रता :  त्यसकारण म जसरी जिवनलाई सर्तको परिधिले हेर्दछु। ठिक त्यसै गरि स्वतन्त्रताको हक पनि अराजकताको हद भित्रै ठान्दछु। अत: स्वतन्त्रता स्वच्छन्दता रहनु हुदैन।

                                   °°°°°°             
लोकतन्त्र: लोकतन्त्र त्यही स्वतन्त्रताको अधिकारको सुनिश्चितता हो जस्ले नागरिकमा अधिकार र दायित्व संग जोडिनुको साथै विवेकशिलताले समाज परिस्कृत बनाइरहेको हुन्छ।

के अनुकुलको नतिजा मात्र स्विकार गर्न लोकतान्त्रिक चरित्र बन्न सक्दछ ?
एउटा असल लोकतान्त्रिक त्यो हो जस्ले नतिजा स्विकार्न सक्दछ। आजको सवैभन्दा ठूलो चुनौती बोलिमा लोकतान्त्रिक तर व्यवाहारमा हार स्विकार नगर्न नसक्ने र परि आए निर्वाचन नै निस्तेज गर्न पछि नहट्ने देखिएको छ।

                                                     °°°°°°       
लोकतान्त्रिक प्रतिस्पर्धा :  लोकतन्त्रको गुण नै स्वच्छ प्रतिस्पर्धा हो। प्रतिस्पर्धाको परिपाटी यस्तो बनिरहेको छ कि एकले अर्कोलाई दुत्कार्न, आरोप लगाउने, भौतिक आक्रमण गर्न आदि छ्न। के प्रतिस्पर्धा संगठनको आन्तरिक वा वाह्य सवालमा यसलाई परिभाषित र पुनर्निर्माण गर्न अपरिहार्य छैन ? आजको मुलभुत समस्या र चुनौती पनि यो हो कि लोकतान्त्रिक शक्ति वा नेतृत्वको उस्को चरित्र कस्तो अङ्गिकार गरेको छ। संवाद राजनीतिमा बिद्रोह वा बिमतिको अन्तिम बिन्दु विमर्श र बहसको बिकल्प हो। हिंसाले समाजमा द्वन्दको क्रान्ती त ल्याउला जनमानसमा शान्ती र स्थायित्वको लागि बहस नै संवादको अन्तिम बिन्दु र विकल्प हो। यसलाई भाषिक मर्यादा र सद्भाव सहित जिवन्त राखिरहनु पर्दछ।

                                                     °°°°°°         
संस्कृतिको सन्दर्भमा समाजलाई सम्पन्नता आफ्नो इतिहास र सभ्यता संग परिचय दिईराख्ने सुचक हो। यसमा पनि सबै भन्दा टिठलाग्दो के लाग्दछ भने संस्कृति र अर्थतन्त्रको सम्बन्ध स्थापित गराउन नसक्नु हो। जसले ग्रामीण समाजको उन्नयन र मौलिकता जोडिदा अझ चिरञ्जीवी प्राप्त गर्दछ। पहिचान र प्रतिनिधित्व भाषा र संस्कृतिको आधारमा हुनुपर्छ जातको आधारमा होइन। र कुनै पनि भाषा र संस्कृति कुनै पात्र विशेषको होइन साझा सम्पत्ति हो। कसैको धर्म र आस्थाको विषय व्यक्ती विशेषको नैसर्गिक अधिकार हो । त्यसलाई उपयोग स्वतन्त्रता हो र सवैको कार्यन्यनको जड (जोड) माथी भनेजस्तै मानवतालाई केन्द्र हो।

                                   °°°°°°                               
अन्त्यमा मृत्यु, म चाहान्छु जिवनको अन्तिम लक्ष्य मृत्यु नहोस् त्यस अगाडि नै टुकडी (Detachment) होस।

विवेक पराजुली

निवर्तमान सचीव नेविसंघ कास्की

सांसरिक सत्ता ~ विवेक पराजुली

हरेक घटनाहरु आधार बाट निर्देशित र घटित हुन्छ। मानिस आफ्नो सिमितताको जगमा असीमित सत्यताको खोजी गरिरहेको छ। हाम्रो अनुभवहरु अनुभुती गर्न यन्त्र इन्द्रीयको नियन्त्रण भित्र छ। ती घटना नियमित र प्राकृति छ, हाम्रो अनुभुतिको ग्रहणशिलताको सिमितताले त्यसलाई स्वभाविक वा आकास्मिकताको परिभाषित गरिरहेको हुन्छ। जे सत्य हो त्यो असत्यको जगमा छ अर्थात हामिलाई लाग्ने सत्यको नजिक पुग्न असत्यको अनुभव वा उक्त ग्रहणशिलताको सिमितता आधार कोरिरहेको हुन्छ। मानिस आफ्नो सिमितता भित्र असिमित कल्पनमा सहजताको सृजना मात्र गरिरहेको हुदैन असीमिततालाई सहजता सृजना गर्न सिमितताको घेरा (आदर्श, आधार ) खडा गरिरहेको पनि हुन्छ।
आधार, आदर्श वा मर्यादा हुनु भनेको सिमितताको सजगतामा सहजताको संकलन सञ्चालन तिर उन्मुख गराउनु पनि हो। जाव सापेक्षित सत्यता (objective truth) र वास्तविक सत्यता विचको मेलले अनुकुलता वा अनुभवको यथार्थता र पुर्वानुमानको नजिक वा भविष्यवाणिको सत्यतामा पुग्छ। र जव यसको बिपरित बेमेलले आकास्मिकता र आश्चार्यको भाव वा भागमा घटित हुन्छ। भनिन्छ, यो त्यो होइन तर यो त्यो हो किनकी त्यसको बिकल्प छैन। अर्थात कुनै कुराको सिमिततालाई तोड्न नसक्दा त्यसको अनुभूति नै अन्तिम सत्यता लागिरहेको हुन्छ, यथार्थमा यो त्यो हुदैन।

फेरि मानिस मानिस बिचनै आफ्ना सिमितता वा प्रत्गामिकताको सक्रीयताले अनुभुती बिभिधतामा बाँचिरहेको हुन्छ। यो बिभिधतानै समाजको गुण हो। मानिस कुनै व्यक्तिको अनुभुतीले आफुमा बदलाव निकाल्न सक्दछ तर त्यसलाई ती घटनामा अनुकुल परिणतिको अनुभव गर्न  मानव जगतलाई जागृत गर्नु पर्न हुन्छ। यो चित्रलाई चिरित्रले एकतृत गर्द आकार (आवृती) चिनिन्छ।

हाम्रो समाजले वा हाम्रो राजनीतिलाई उदेश्य प्राप्तिमा पहिला यी अनुभुतीको जगमा नियमहरुले नियन्त्रीत होइन निर्दशित हुनुपर्दछ। तब परिणामका सूक्ष्म संग्रहहरुले परिवर्तनका अनुभुतिको आकारहरु बढाईरहेको हुन्छ।

हाम्रो ती सिमितताको जटिलता भित्र संघर्षका बाधाहरु वा अवरोधहरु अर्थात् अहिले बाँच्नको लागि झेलिरहेका समस्याहरु मुद्रास्फीति , बेरिजगारी, …. इत्यादी छ्न। यसको अनुभव वा अबरोधको चोट बाट अनुभवको इन्द्रीयहरुले केही पृथक प्रयत्न र पहलले पद्धति बिकसित गरि सिद्धान्त सञ्चालित गरेको हुन्छ। 

Design a site like this with WordPress.com
Get started