कोरोना भुमरी र देशको भुगोल

जेठ ६ ,०७७ ,पोखरा-बिबेक पराजुली

प्रत्येक दिन रकेटले साघुरिदै गएको र पकेट भित्रै फराकिदै लगेको आधुनिक आणविक युगको बिज्ञान सूक्ष्म भाईरस अगाडि मानव अस्तित्व संग रोइरहेको छ। बिज्ञानको प्रगतिको बिरता अगाडी मानवताको अस्तित्व आज निरीह साबित बन्दै छ, कालो बादल भित्र पनि सेतो चादिको घेरा झै संक्रमित कुल संख्याको मृत्यु दर भन्दा निको भएको दरले थप भरोसाको किरण संगै सावधानीको साईरनले सजग हुन सन्देश दिईरहेको छ। नेपाल पनि यो भाइरसबाट अछुतो छैन। देश किस्ताबन्दीको लकडाउनमानै छ। भुस भित्रको आगो झै संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ।


यति बेला देश कोरोनाको भुमरी मात्र छैन देशको भुगोल लाई लिएर पनि गर्मागरम छ। हुन त चुलोमा आगो बलेपछी मात्र भाडो तत्ने हो। तर गत कात्तिकमा लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि आफूतिर पारेर भारतले विवादास्पद नक्सा प्रकाशित गरेपछिको पछिल्लो सीमा विवाद तात्तातो हुदाहुदै यो कोरोना संक्रमणको भुमरीमा गत शुक्रबार रक्षामन्त्री राजनाश सिहले नेपाली भुभाग हुँदै चिनको धार्मिक स्थल मानोसरोवर जाने बाटो भिडियो कन्फरेन्समार्फ उदघाटन गरेपछी पुन सिमा विवादको प्रसंगले माहोल रन्किरहेको छ।


राष्ट्रियता समय संग अक्षुण बिषय हो ठोस होइन।
खण्ड नेपाल अखड बनाई एकीकरण गर्दा राष्ट्रियता भुगोल थियो। पुनर्जागरणको प्रक्रियाले लोकतन्त्रको गति टेक्दै गर्दा भुगोलको दायराले मात्र सिमित हुन सकेन त्यो भन्दा माथी जनभावनामा समर्पित बन्यो । विश्व ईन्टरनेट क्रान्ति संगै उन्नत लोकतान्त्रि र प्रगतिशिल समृद्ध समाजले हेर्न हो भने सम्पन्न राष्ट्रप्रतिको सहयोग र ऋणको आर्थिक भारतले गरिब देशका जनता क्लोनिको रुपमा बाँचिरहेका छ्न। स्वाभिमान र स्वाधिनताको नारा बोकेर रेमिटेन्स भित्राउन नियती भोगिरहेका छौ । आज यहि नियतिको बिच अर्को चिच्चाहट आईपरेको छ लाखौ खाडिमा गएका युवा कोरोना भाईरसको प्रभावबाट बेरोजगार भएका छ्न उनिहरुको धेरै ठूलो चाहाना केही छैन मर्नै परे पनि देशमानै मर्न पाउँ,देश फर्कने बिलौना गरेका छ्न। ती बिस्थापित जनशक्तिको व्यवस्थापन के हो ? रेमिटान्सले धानेको राजस्वको अबको उत्पादकत्व के हो ? सामान्य खर्चको लागि राजस्व उठाउने आधार्बिन्दु स्रोत के त ? साच्चिकै सत्तापक्षलाई गर्विलो र बिपक्षी लाई बिरोधको मसला नबनाई सोच्ने हो भने आफैमा अन्योल छ। यो बिपत्तिमा राज्य प्रती उदार र उत्तरदायी हुनुपर्नेमा यो अन्योलले पकै थप संसय र अविश्वासको बिज रोप्दछ।


आधुनिक दार्शनिक एवंम इतिहासकार युभल नोहा हरारी भन्छ्न “अहिले सरकारले जनताको नियमन गर्नेमात्र होइन, जनताले पनि सरकारको नियमन गर्ने हो। लोकतन्त्रमा यस्तै नै हुन्छ, हुनुपर्छ। निरंकुश शासनमा सरकारले मात्र नियमन गर्छ। जनतालाई के भईरहेछ भन्ने थाहा हुँदैन। तर लोकतन्त्रमा सरकार र जनताले गर्ने दुवै नियमन सँगसँगै जान्छ।”
हामिले भोगेको नियतिमा त्यस्तो सरकार र जनताबीच सँगसँगैको नियमन भेटिदैन त्यसको लागि पछिल्लो नियन्त्रणमुखी बिधेक, स्वेच्छचारी चरित्रको सत्ताकेन्द्रीत स्व्यत्त प्रशासनले प्रष्ट पारेको छ।


जनताले यो सरकार यति धेरै जनमत दिएका छ्न किनकि उनिहरुले चाहान्छन उनिहरुका समस्या समाधान हुन, तिनै समस्या जुन यो देसको विकास र यस्को भविस्यको लागि रुकावट हुन्छ, बिगत देखि झेल्दैआईरहेको यहि सिमाको मुद्दा, आफ्नो अपनत्व स्विकार भएको समृद्द देशका रुकवाटका समस्या, बिदेशी संगको परनिर्भरता आदि हाम्रौ पिडिमा समाधान गर्न आवस्यक छ किनकी भविस्यको पिढिहरुले यी अहिलेको स्थानिय मुद्दा संग जिउन नपरोस उनिहरुको समाधानको लागि भविष्यको समयले जन्माएका अन्य मुद्दा होला तर यी अतितका मुद्दाहरु रहनुहुदैन। बिडम्बन समस्यामा फल्नेफुल्नेले हर समधानमा समस्याको विजारोपणले रमाउछ्न। यिनै समस्या अर्थात एसैको अस्त्र बनाएर घन्किदो राष्ट्रवादले सत्तामा पुग्दा आज सत्ताबाट सिमा लुटिदा बाटो बन्दा सम्म बेखबर रहेको कुरा कार्यकारी प्रमुख बाट बाहिरिन्छ।


सर्वभौमिकता कुनै देशको भुगोलको आकारले फरक पार्न होइन, म सानो छु त्यो ठूलो छ त्यसैले सर्वभौमिकता यसलाई यति मलाई यति भन्ने पनि होइन तर सर्वभौम देशका स्वाधिन जनताका प्रतिनिधि र राष्ट्रका प्रतीकहरुले पनि आफू संग देशको अस्थित्व प्रतिष्ठा र जनताको भावना जोडिएको छ भन्ने कुरा भुल्नु हुदैन। आर्को यथार्थ हामीले गर्दै आएको बिरोधले छिमेकी फेर्न मिल्दैन यो कुरा नेपालले मात्र होइन हाम्रा भुमि मिच्दै आएको छिमेकी मुलुकले पनि बुझ्नु उत्तिकै जरुरत छ।

“नेपालको नयाँ नक्साले भविस्यले बिगत चिहाउदा एउटा प्रमाण बन्न सक्दछ र बिगतबाट भोलिलाई हेर्दा भारतलाई कुटनैतिक टेबलमा धेरथोर दबाब मिल्छ।

हाम्रो संविधान र निशान छापमा समेत नेपाल भुमी लिपुलेक,लिम्पियाधुरा कालापानी नसमेटिनु आफैमा दुखद पुर्ण छ सन् १८१६ को सुगौली सन्धी पछि छुटाईएको सिमानामा भारतीय विस्तारवादी नियतिले बिगत ६ महिना अगाडि पठाएको डिप्लोम्याटिक नोट व्यवस्था गर्नु प्रष्टै बुझ्न सकिन्छ, कम्तीमा हाल सालै प्रकाशित नेपालको नयाँ नक्साले भविष्यले बिगत चिहाउदा एउटा प्रमाण बन्न सक्दछ र बिगत बाट भोलि हेर्दा भारतलाई कुटनैतिक बार्ताको टेबलमा धेरथोर दबाब पनि मिल्ला। तर प्रष्टै के छ भने यत्ती बाट भारतिय सेना नेपालको भुमी छाड्नेवाला छैन्न, सामारिक दृस्टीले पनि चिनलाई चिहाउन सहज उक्त टापुमा आब मानोसरोबर पुग्ने बाटो खोल्नु भनेको सांस्कृतिक स्वार्थ पनि गास्सी सकेको छ। यसमा चिनिय मौनता र आन्तरिक स्वार्थले प्रष्टै व्यापारीक स्वार्थ र भारतिय सम्बन्ध संगको बढ्दो सुमधुरता बुझ्न सकिन्छ। एकैछिन हामिले हाम्रो भुभागको पिडालाई भित्रै राखी हाम्रो अवस्था र फाईदा घाटाले पनि सोच्ने हो भने पनि नेपाल हुँदै कैलाश मानसरोवर पुग्ने तिर्थयात्रीहरु सोझै भारत बाटै उक्त रुट हुँदै जाँदा पनि घाटा छ। हाम्रै सांस्कृतिक अवस्थालाई हेर्न हो भने पनि हिन्दुहरुको बाहुल्यता र बौद्धमार्गिहरुको उदगम स्थल बाट उक्त साझा तिर्थस्थल मानसरोवर आफैमा महत्वपूर्ण छ। यो स्वार्थको अवस्थामा नेपालले आफ्नो भुभाग आफ्नो कोल्टोमा समधान गरेर उक्त भुमीमा साझा गन्तव्य बनाउन सके छिमेकिको स्वार्थ मिलाउन सके सम्भवतः यो बिकल्पले यथोचित हितकारिनै हुनेथियो जस्तो लाग्छ।


हामी लाई लाग्दछ जति दुखेसो जति गुनासो नेपाली भुमी सिमा मिचिदा लाग्यो र आवाजहरु पनि उठे ? साथै त्यति मन खिन्न भयो जतिबेला अखबारमा नेपाली बासी महाकाली वारि नेपाली गाउँ छाङरुका जनताहरुले भारतिय रासनकार्डको साहयता लिएर पारीपट्टि भारतीय भुमी गब्र्याङ पुग्न्पर्न अवस्था रहेछ।


आज सतहिमा सुन्दा आनन्द लाग्ने सिमामा काडेबार लगाउने प्रस्ताव आउँछ आफैमा बेठिक भनेको पनि होइन त्यसलाई भावनामा बोकाएर के हाम्रो आवस्यकता उक्त क्षेत्रमा रहेको आम नेपाली जनताको अवस्था र आवस्यकता प्रती राज्य अमुक हुन मिल्छ ? सबै भन्दा जरुरत जागरुक रहनुपर्न र संवेदनशील विषय यो छ।

राष्ट्रियता भनेको लैनचौर पछाडी र सिहदरबार अगाडि लगाउने नारा होइन सिमा वासी प्रती उब्जाउन सक्नुपर्ने देशको भावना हो। यदि लिम्पिया धुरा नेपालकै हो भनी ती नेपाली जनतामा पनि नेपालको आत्मानुभुती हुनु पर्यो राज्य उत्तर्दायी हुनुपर्यो जति माया हामीलाई लिपुलेकको प्रति लाग्छ त्यो भन्दा गहिराईमा अन्तर्यमा लिपुलेक बासिले आत्मानुभुती हुनु पर्यो। घन्किदो भारत बिरोधि राष्ट्रबाद जनमत त समेट्न सक्ला तर अकाट्य सत्य के पनि हो भने बढ्दो राष्ट्रवाद संगै बढ्दो आयातको परनिर्भरताले पक्कै जनभावना समेट्न नसकेको यथार्थ प्रष्टै छ।


जब शासकको गम्भीरता उत्पीडित शोसित भन्दा सोसकको बचाउमा देखिन्छ यसको जति रसिलो लय भेटिएपनि टिठ्याउलो र निरासाको घेरा देखिन्छ। छाँयामा अविश्वास पर्छ। यस्तो अविस्वासले जन्माउने संका उपसंका हो जुन संकटको रुपमा अन्तर्यमा पुगेर अस्थिरता नै जन्माउछ। यो जनमतले सरकार प्रती खोजेको अस्थिरता पक्कै होइन। बढो गम्भीर र संवेदनशील हुनु सरकारको यो बिपत्तिमा अपर्हिहार्य कर्तव्य छ।”


के हाम्रो इतिहासलाई धिक्कारेर यो अवस्था बाट पन्छिने छुट छ त हामोलाई ? बिल्कुल छैन तर अर्को प्रश्न कुनै बेला औपनिवेशिक रहेको मुलुकले आज एक सर्वभौमिक राष्ट्रले पठाएक `डिप्लोम्याटिक नोट´को व्यवास्था गरेर हेपाह प्रवृतिको हैसियत कसरी बनायो त ? सम र स्व्च्छ छिमेकी बाट देशको स्थर कसरी खस्कियो ?


२००७ पछि नेपाल आफ्नो शोतन्त्र हैसियत लाई स्विकार गर्दै गयो नेपाल भुटान बनेन नेपाल सिक्किम बनेन नेपाल पोर्टेक्टटेरी बन्न मानेन नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो तत्कालिन समयमा भारत कहिले राजा लाई सहयो गर्न कहिले दल लाई, चन्द्र सेखरले बिपि लाई कम्निष्ट संग मिलेर जाउ बारम्बार भन्दा बिपिले कहिलेही पनि कम्निष्टसंग सहकार्य गर्न मान्नु भएन आफ्नो ideology लाई समर्पण गर्नु हो। राजालाई कन्भेन्स गर्नु पर्छ राजाको अगेन्समा आन्दोलन गर्नु पर्छ तर मुलुक जोगाउन र प्रजातन्त्र जोगाउन सहकार्य हुनुपर्छ जुन पछिको नेपाल फर्किदा मेलमिलाप नितिमा रिफ्लेक्सन भएको छ। स्थायीत्व भएको नेपाल (राजा) कसैको नियन्त्रणमा हुदैन नियन्त्रीत अराजकतामा भारतको हस्ताक्षेप रहिरहन सक्दछ। नेपाल स्थायित्व हुन नदिन राजतन्त्र बादक भएको थियो। भारतले राजा हटाएपछी राजाको त्यो स्थायित्वको अधिकार भारतमा जान्छ भन्ने स्वार्थ थियो। राजतन्त्र विस्थापनमा आफ्नो भुमिका खेल्यो। आजको दिन सम्म आईपुग्दा भारतको चल्दै गरेको लाउड पोलिटिक्समा नेकपा भित्रको किचोलोको क्वात्रीको मौनताले आफैमा अर्थपूर्ण थियो केही समय पछि बाटो उदघाटन गर्यो। कतैन कतै बाट आफ्नो स्वार्थ खेलिरह्यो।


हरेक देशको कुटनितिक वार्ता त्यस देशको आन्तरिक स्वार्थमा निर्भर रहन्छ एउटा तथ्य सुन्न पाइन्छ नेपालको राजतन्त्र संग कुनै बेला भारतको संसदमा के भैइ राखेको छ भनेर पुर्व जानकारी लिन सक्ने नेपालको आन्तरिक संयन्त्र थियो , अहिले कुनै देशको खुपिया एजेन्सी , जासुस संस्थाको अध्यक्ष हाम्रो देशको शिर्ष नेतृत्व निवासमा आउछ वा आन्तरिक पार्टी भित्र भएको आन्तरिक व्यापार असमझदारी पत्र कर्यलयबाटै हराएर सम्बन्धि व्यक्ति संग पुग्छ , देश बिकासको अभिभार पाएको पार्टीको आन्तरिक व्यवस्थापनमा नै राजदुत सक्रिय रहनुपर्छ,कुनै देशका नागरिकले निषेधित क्षेत्र भित्र प्रहरी माथी हातहाल्ने आट गर्दछ भने देशको कुटनैतिक अवस्थाको हैसियत कती रहेछ सोचनी बिषय छ।


एउटा कुरा चाहिँ प्रष्ट छ चाहे सत्तामा होस या प्रतिपक्ष वा बिस्थापित शक्तिनै किन नहोस उसको पहिलो र अपरिहार्य शर्त राष्ट्रको हित र स्वार्थ नै हो। हामिले बुझेको एउटा र लागेको एउटा पाटो फर्काएर अर्को पनि हेरेउ भने भारतिय आन्तरिक स्वार्थको पनि प्रषटै देखिन्छ।
पछिल्लो समयमा चर्किएको विषय र टिप्पणी mcc बहसले पनि आकर्षण गरिरहेको छ। यो परिवेशमा mcc ips अन्तरगतको रणनीति होस या नहोस यो परराष्ट्र रणनीति अवस्य हो। यसमा अवस्य स्वार्थको टकराब हुन्छ चाहे नेपालको होस् वा दातृ राष्ट्रको नै किन नहोस। ‘एमसिसी इज अण्डर द इन्ट्रेष्ट अफ कन्फ्लिक्ट छ।’ दीर्घकालीन प्रभावकारी परियोजना नयाँ पुस्ताको भविस्य जोडेर मुल्यांकन गर्नु पर्दछ। आफ्नो राष्ट्रको स्वार्थ प्रथामिकता राखेर परराष्ट्र रणनीति राखेर मित्र राष्ट्र संतुलनमा ल्याउनु पर्नमा व्यक्तिगत स्वर्थ अनुरुप पार्टीको गुटको स्कुलिङ्ग्ले तल ग्राउन्ड कलेज स्कुलसम्म आफ्नो स्वार्थ अनुकुलको प्रो चाईना प्रो अमेरिका एन्टि अमेरिका चाईना नारा संगै स्वार्थको टकराब देखिन्छ। जुन अत्यन्तै बिडम्बना पुर्वक छ। हामिले देशको हित प्राथमिकतामा राख्ने हो कुनै गुट वा पात्रको होइन।

https://c0.pubmine.com/sf/0.0.3/html/safeframe.htmlREPORT THIS AD


यत्तिकैमा पुन अर्को प्रश्ब उब्जन्छ २१ औ गुणा ठूलो देशले किन नेपालको त्यति भुगोल ओगट्यो सामारीक द्र्ष्टिले अत्यन्तै महत्वपुर्ण उक्त सिमा क्षेत्र हालसालै प्रकासित अखबरको आधारमा लिम्पियाधुरा बाहेक अर्को बैकल्पिक बाटो बाट मानोसरोवर जानभारतीय पक्षका अनुसार, मानसरोवर तीर्थाटनका लागि लिपुलेकको बाटो सबभन्दा छोटो रहेछ । यसले मानसरोवरको दूरी तीनदेखि पाँच दिनसम्म घटाउँछ । नेपाल र सिक्किमको बाटो मानसरोवरको यात्रा निकै टाढा, महँगो र कठिन ५ दिन बढी लाग्दोरहेछ।


हामिले गर्व गर्न यो लोकतान्त्रिक व्यवस्थामा जनताप्रधान रहन्छन, राष्ट्र भनेको जनता र राज्य भनेको प्रशासन हो त्यसैले जनताको मातहतमा प्रशासन, प्रशासनको मातहतमा जनता होइन, सेवा ग्राहिता र सेवा प्रदायकको हो। किन राज्य चाहियो हामिलाई आम जनताको हित , र तिनको सुरक्षाको लागि हो।


आजको जल्दोबल्दो र जटिल अर्को प्रश्न के रोजगार बिहिन भएका बिदेशमा रहेका नेपालिको हितको निम्ति सुरक्षाको निम्ति व्यवस्थापन गर्न राज्यसत्तामा तयारी छ त ? त्यो तिक्तता त्यो असन्तुष्टि र मातृभुमिको अपनत्व स्विकार गर्न नपाएका ती जनसक्तिको मनको अन्तरकुन्तर आवाज मास्तिषकमा गहिरो निर्विकल्प छाप बनी जाग्यो भने यो बिपत्ति र माहामारिमा कस्तो अवस्था सृजना होला ? यो अवस्थाको तन्नेरि प्रस्न पुन नेतृत्व माथी र नेतृत्वको अहमता र अकर्मण्डतताले प्रहार व्यवस्था माथी नै देखिनेवाला छ।


आम जनताको चुलोमा रातरात भ्याई नभ्याई दुईवटा सिलिन्डर थन्काउन पर्न अवस्थाको नियतिले पनि प्रष्ट पार्दछ। राज्य सत्ता माथी बिस्वास भैदिएको भए र राज्य शत्ताले विश्वासिलो तथ्यांक खाध्य भण्डारको परिमाण सार्वजनिक भैदिएको भए त्यो अवस्था आउदैन थियो। राज्य जनता प्रती उत्तरदायी हुनुनै पर्छ अझ यो विषम परिस्थितिमा गम्भीर हुनुपर्छ , यसमा सरकारलाई छुट छैन।


कोरोनाले सिथिल देशको अर्थतन्त्र उकास्ने पुर्वधार र व्यवस्थापन गर्नुपर्न बैदेशिक रोजगारमा गएका नेपालिहरुलाई सोच्नुपर्नेमा ? ध्यान मोड्दै सरकार बिबादास्पद अध्यादेशको पर्दा लगाएर आन्तरिक स्वार्थ संघर्ष मोहमा लुटपुटियो। यसमा कुनै दल र संगठन गदगद हुन जरुरत छैन यो अविश्वासले जन्माउने बितृष्णा हो र यो बितृष्णा कुनै पात्र लाई मात्र बडार्न खतरा छैन सिङ्गो व्यवस्था र यो संबिधान पनि त्यो खतराबाट अछुतो छैन।


हाम्रो बिडम्बना संवैधानिक अंग आयोग दलिय भागबन्डामा गयो कुटनैतिकको लागि राजदुत नियुक्ती हुन्छ। राजदुत आफ्नो एन्जिओ चलाएर बिदेशि संग काम गर्दछ। राजदुत त मुलुकको हुनुपर्ने । उस्को ध्यान एन्जिओमा छ आफ्नै व्यापारमा छ, अहिलेको बेथिति बिदेशी र सरोकारवालालाई महिले त जस्लाई पनि किन्न सक्छु यो राज्दुतलाई यो नेतालाई पनि किन्न सक्छु यो महत्वकांक्षी नेता छ तर बैधानिक तरिकाबाट महत्वकांक्षा हासिल गर्न अवस्था छैन त्यसो भएर म नेतालाई सहयोग गर्छु भन्ने भयो र भ्रष्टाचार नेपालमा लाजमर्दो कुरा भएन र आज नेपालमा कुनै कुरा पारदर्शी छ भने त्यो भ्रष्टाचार छ खुलमखुल्ला हुन्छ । जनताले कम्निष्टलाई विस्वासको मत दिएका छ्न उनिहरुको बुझाईमा निष्टाम कहि कतै कम नभएको तर भ्रष्टाचार काण्डका पाना फर्काउने हो भने निष्टा बाहेक सबै भएको जस्तो देखिन्छ। मृत्युको नजिक पुगेर बाचेका प्रधानमन्त्री पनि किन निष्टा भेटिदैन अथवा प्रधानमन्त्री बनेको प्रक्रिया यो व्यवस्था नै गलत छ ? यो प्रश्न पनि गर्मागरम छ। संसदिय व्यवस्था बिकल्प सत्ता चड्ने भर्याङ्गोको रुपमा पुन नबनाईयोस।

“सिमाना बाट मातृभुमी चिहाएका,खाडि बाट देश हेर्दै टोलाएका, रित्तो चुलो, भोको पेट र नाङ्गो आङ्गले आकाशलाई छानो बनाई बस्ने आम नेपालीको व्यवस्थापन संगै बिस्थापित अर्थतन्त्रलाई उकास्ने र विस्तारित भाईरसको संक्रमण विस्थापित गर्न चुनौती सरकार समक्ष आएको छ ।”


अन्तिममा आज हामिसंग कोरोना संग लड्ने थोरबहुत समय छ हामिले अप्नाउने सावधानिले आफ्नो सुरक्षा मात्र होइन अरुको जीवन पनि बच्दछ हाम्रा कदमले पार्ने दीर्घकालीन प्रभावलाई पनि हामीले झेल्नुपर्नेछ। अहिले भारतले लिपुलेकसम्म ट्र्याक मात्र खोलेको हो, त्यहाँ सहज ढंगले गाडी चल्ने सडक बनिसक्न केही समय लाग्छ । यही बाँकी बचेको ‘समय’ नेपालका निम्ति दुवै छिमेकीतर्फ सफल कूटनीतिक पहल गर्ने अन्तिम अवसर हो । शक्ति संघर्षको हिसाबले हेर्न हो भने पनि गुणात्मक रुपमा आणविक हतियारमा सक्षम छ तसर्थ हामीले उपलब्धमध्ये कुन विकल्प छनोट गर्ने भनेर टुंगो गर्नुअघि तत्काल यो समस्या सामना गर्ने हिसाबले मात्र नभई संकट टरिसकेपछि पनि कतै कुटनैतिक पहलकदमिमा ढिला त हुदैनौं एकपटक आफैंलाई प्रश्न गर्नु सरकारको जरुरत छ।


सरकारको अपरिहार्यता र संवेदनशीलता सिमाका पर्खाल बाट खाडि बाट देश हेर्दै टोलाएका, रित्तो चुलो, नाङ्गो आङ्ग र आकसलाई छानो बनाएर बस्ने आम नेपालीले सरकार प्रती अझ भनौ त्यो मतको विश्वस प्रती बिनम्रता साहानुभुती खोजिरहेका छ्न। तिनको व्यवस्थापन संगै बिस्थापित अर्थतन्त्रलाई उकास्ने र विस्तारित भाईरसको संक्रमण विस्थापित गर्न चुनौती छ।
यसको सामना सरकार बढी उत्तरदायी, विश्वासनिय र भरोसाका आधारहरू छोड्नुको बिकल्प छैन । सजक रहौ सावधानी अप्नाउ कुशल मंगलको प्रथाना।

बिबेक पराजुली।

(पृथ्वीनारायण क्याम्पसमा स्नातक तह तृतीय वर्ष, व्यवस्थापन संकाया अध्यानरत बिद्यार्थी ।)

अन्लाईन मिडिया लेखान्तरमा प्रकाशित ।

गुटबन्दी र अवको ने.वि.संघ !!!

आश्विन २२ गते सोमवार ०७५।

पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ। 
हजारौं बिर्बिरंगनाहहरुको बलिदान त्याग र संघर्षबाट सिञ्चित ने.वि.संघ विधिवत रुपमा स्थापना २००२७ साल बैशाख ६ गते तत्कालीन कांग्रेस सभापति राजनेता बिपि कोइराला र श्रद्देय सन्त नेता कृष्णप्रसाद भट्टराईको पहलमा सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलनको मसालले बैचारिक रुपमा बहस गर्दै लोकतन्त्रको उज्यालो जनता समक्ष पुर्याउने उदेश्य बोकेर स्थापित भएको थियो।
पञ्चायत राजा,राणा र सर्वाहारा वर्गको सासकहरुको अत्याचार र अपमानको पर्खाल ढलाउदै लोकतन्त्रको उर्वरभुमि कोर्दै ने.वि.संघ करिब ७ दसक लामो गर्विलो ईतिहास बोकेको सबै भन्दा लामो सबै भन्दा पुरानो बिधार्थि संघ मुलुकमा शान्ती जनतामा मौलिक स्वतन्त्रता र विधार्थिको हकहितको साथै शैक्षिक सुधारमा संघर्षरत रहदै मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संम्बिधान विजारोपण गर्न अथक योग्दान पुर्याउदै १२ औं महाधिवेशनको संघारमा प्ररम्भ गर्दैछ।

समाज र राष्ट्रले समाजवादको लाभांश प्राप्त गर्नु पर्न समयमा तिनै क्रान्तिको व्याजले पार्टीहरु सास फेरिरहेको वर्तमान  परिस्थितिको प्रत्यक्ष प्रभाव लोकतन्त्र स्थापनामा अ्मुर्त योग्दान पुर्याएको ने.वि.संघ लोकतन्त्रको संस्थागत गर्न क्रममा केही दर्जन अघाएका नेताहरू स्वार्थ बोकेर ‘अझै केही बिग्रेको छैन’ भन्ने भावभङ्गिमा कोठेगुट निर्माणमा व्यस्तताले विचलित भएको भान हुन्छ। 

व्यक्ती बन्न होइन विधि बनाउन लागौ बिधिवत पद्धतिको विकास र सिद्धान्तपुर्ण संगठन अवस्य संगठक लाईनै मेवा मिल्नेछ। 

लोकतन्त्रको प्रय अर्थ एकतर्फ विधिको शासन छ र अर्को तर्फ लोकतन्त्र हुर्काउने खुराक निर्वाचन अर्थात जनमतको सम्मान साथ बहुदलिय, बहुएकाईको प्रतिष्प्रधा नै हो। लोकतन्त्र लाई जिवित राख्न मलजल गर्न प्रतिस्पर्धा नितान्त आवस्यक छ। जस-अनुरुप गुटको सृजना हुनु स्वभाविक हो। तर संगठनिक प्रतिस्पर्धाको लागि अर्थात विधिको बाटोमा डोरिनको लागी लोकतन्त्र बलियो बनाउनको लागी सृजित गुटबन्धी व्यक्तिगत स्वार्थमा परिस्कृत बन्नु  लोकतन्त्रको लागि असोभनिय र दुर्भाग्यपूर्ण छ।

समय संगस्ंगै थुप्रै क्रान्तिले प्यास पनि मेटाए समय बदल्नकै लागि थुपै वीर बिरंगनाहरुले रगतको भेल संग स्वतन्त्र र स्वाधिन राष्ट्र साट्न पछि हटेन्न फलस्वरूप आज यो सौंहाद्र अवस्थामा आईपुग्दा साच्चिकै समयले थुप्रै नेतृत्व उत्पादन गर्यो १२ औं माहाधिवेशनले पनि उत्पादन गर्ला तर अब समयले नेतृत्व उत्पादन गर्ने मात्र होइन समय बदल्ने नेतृत्व सक्तिको नै आजको आवस्यकता हो । चाहे त्यो राष्ट्रिय सवालमा प्रश्न उठोस या संगठनिक।
२००७ साल देखिकी जनताको पसिना र त्यागको उपलब्धि मुलुकको संघिय लोकतान्त्रीक संविधान कार्यन्यन गर्न विधार्थी राजनीतिको गौण भुमिका रहन्छ। संघिय संरचना संगै धरासायी रुपमा रहेको संघियता बलियो र सफल बनाउन राष्ट्रियता र लोकतन्त्र मझ्बुत हुनुपर्छ। 

हामीले बी.पीको लामो जीवन फर्केर हेर्यौँ भने झण्डै ४० वर्षको राजनीतिक जीवन नेपालमा बित्यो। त्यो भन्दा पहिले हिन्दुस्तानमा झण्डै ५० वर्ष सक्रिय साथ कार्यरत हुनु हुन्थ्यो। हिन्दुस्तानको समयसहित झण्डै ५० वर्षको सक्रिय जीवन देखिन्छ। यी सबै जीत या हारको एउटै लक्ष्य थियो नेपाली जनतालाई अथवा मानव जातिलाई मात्र बढिभन्दा बढी  संमृद्ध र स्वतन्त्र कसरी बनाउने? 

सायदै प्रदीप गिरिको शब्दमा “स्वतन्त्रता हुँदै जाने, गर्दै जाने र विकसित हुँदै जाने प्रक्रिया हो।” बिडम्बना नै भन्नुपर्छ अझैपनी लोकतन्त्रको खोल ओडेर साशकहरुको खिचातानिमा नागरिक वाक स्वतन्त्रता यो वा त्यो बहानामा पिल्सिन बाध्य छौं। अबको ने.वि.संघ जनता समझ लोकतन्त्रलाई पुर्ण प्रत्याभुती दिलाई यसैलाई  संस्थागत गर्दै,

विचार विमर्श र बिद्रोहको प्रकाष्ट सडक तताएर सदन तर्साउने मात्र होइन अवको ने.वि.संघ आकासलाई छानो बनाउदै वाच्ने बालबालिका हुन या तुईन चडेर आर्जन गरेको सर्टिफिकेट बिदेशमा भाँडा माझ्न बेच्ने बाध्यतालाई स्वदेशमानै उत्पादनमुखी,आधुनिक,आत्मनिर्भर शिक्षाको रुपमा स्थापित गरि बजारमा काम खल्तीमा दाम र समाजमा नाम हुनेगरी अगाडि बडाउनुपर्न जिम्मेवारी ने.वि.संघको काधमा छ। 

बिडम्बनानौ मान्नुपर्छ नेपाली वामपन्थीहरू जसरी कम्युनिष्ट ‘ट्रेडमार्क’को आवरणमा जनविरोधी कार्य गर्दैछन्, त्यसरी नै लोकतान्त्रिक ‘ट्रेडमार्क’ भिरेर नेपाली कांग्रेस नेतृत्व सुक्ष्म मानसिकता बोकेर ने.वि.संघको उमेर हदबन्दीको विषयमा पार्टिको हस्ताक्षप अलोकतान्त्रिक छ। लोकतान्त्रिक पार्टीको भातृ संगठनमा उमेरहदबन्दी विधार्थी र कार्यक्रता समक्ष बैज्ञानिक छ ? या छैन हितकारी छ या छैन? त्यो एकतर्फी संगठनिक बहसको पार्टो छ तर, हिजो आईतवार मध्यरात भातृसंगठन विधान बन्नु पुर्व भातृसंगठन प्रति माउपार्टी नेतृत्वको हस्तक्षेप सिङ्गै लोकतान्त्रिक संगठन सुवेच्छुक विधार्थिहरुमा हितकारी र न्यायिक निर्णय पक्कै होइन। विवादित जिल्लाहरुमा अधिवेशनको मिति तय गरि तोकिएको मिति सम्म प्रतिनिधि नपठाउनु नियोजित ढङ्गले लोकतान्त्रिक संगठन भित्र अधिवेशन नगर्ने र आफूअनुकूल हुने गरी तदर्थ समिति बनाउने चलखेल भर्सना योग्य छ। रैतिबाट जनता बनाउदै लोकतान्त्रीक आधुनिक नेपालको ढोका खोलेको ने.का र भातृ संगठन ने.वि.संघमा आज मुलभुतरुपमा स्मरण योग्य,चिन्तन योग्य र मनन गर्नुपर्न संवेदनशील प्रश्न लोकतान्त्रिक समाजवादको उदेश्य बाट बिचलित नभैइ उदेश्य उन्मुख हुनु हो।

जस्को लागि अबको नेतृत्व निषेध,नियन्त्रण र निर्दशन बाट होइन निर्वाचन बाटै कस्को भन्दापनी कस्तो नेतृत्व भन्ने प्रश्न प्रथामिकता पाउनुपर्छ। तब मात्र साचो अर्थमा लोकतान्त्रीक रङ्ग संगठनको अङ्गको रुपमा यथार्थतामानै झल्किन्छ। 

तसर्थपनि गुटबन्दीको व्यक्तिगत स्वार्थको प्रेम अगाडि संगठनिक विधी मर्यादा र कार्यसैली एउटै हुनुपर्छ। तवमात्र संगठनिक रक्तसञ्चार स्फुर्तहुन्छ र देशलाई मार्गदर्शन गर्न अव्वल रहन्छ।

वि.पि कोइरालाले राजाको फोटो हटाएर भित्तामा हलो जोत्दै गरेको किशानको फोटो झुण्डाउने साहासिपुर्ण कदम तत्कालिन समयमा एउटा जनताको स्वतन्त्रता अर्थात पेसाको सम्मान, अभिमतको सन्देश र विश्वासको संकेत फैलाउनुभएको थियो। 

प्रधानमन्त्री भएर उहाँको कार्यकाल धेरैै दृष्टिले सफल रह्यो। सबैभन्दा ज्यादा मन्त्रिमण्डलमा आफैले मितव्ययीताको उदाहरण पेश गरेर पहिले स्वयं आफ्नो तलब घटाउने निर्णय गर्नु भयो। यो सुन्दा सानो कुरा लाग्न सक्छ तर,  नेताले यो प्रतिकात्मक कुरा जुन पाँच सय तलब घटाएर खासै ठूलो फरक पर्ने थिएन तर, देश बनाउने योजना लिएको प्रधानमन्त्रीले “म एक हजार रुपैया छोड्छु भन्दा अनिमात्र किसानलाई भन्न सक्नु हुन्छ तपाई १० रुपैयाँ छोड्नुहोस्। यो चल्दैन म स्वयं आफ्नो तलब र आम्दानीमा कटौती गरिदिन्छु। त्यतिभएपछि जनतालाई भन्ने हक लाग्छ। अन्यथा अरुलाई भन्ने नैतिक अधिकार हुँदैन।”-विपि कोइराला ।

त्यतिपर विगतमा पनि नपुगौ पछिल्ला केही वर्षदेखि चरम ऊर्जा संकट भोग्दै आएको पाकिस्तानले ओलिका समकक्षी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउने अभियान थालेका छन्। यो एक उदाहरणिय र प्रेणदायी कर्म हो।
अहिले यद्यपि यो व्यक्तिगत प्रसंग जस्तो होला, वर्तमान प्रधानमन्त्रीको उपचारमा मात्र राज्यको ढुकुटीबाट करोडौँ खर्च भएको छ। बिदेश भ्रमण जादा राष्ट्रिय ढुकुटी जनताको पसिनाको भार त्यत्ती खर्च भइ राखेको छ। गत असार महिनामा प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीले खाजामा मात्रै ४ लाख ३ हजार खर्च गरेका थिए । असार २७ गते प्रधानमन्त्री निवासको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ३ हजारको बिल भुक्तानी गरेको थियो । हरेक महिना कम्तिमा ३ लाख र बढीमा ९ लाखसम्म खाजा खर्च शीर्षकमा विल पेश गर्दै भुक्तानी लिएको देखिन्छ । ओलीको सचिवालयले जाँदाजाँदै यही शीर्षकमा पुन १८ लाखको बिल पेश गरेर गएको छ । 

आफू केहि पनि नछोड्ने र जनतालाई मात्रै छोेड भन्ने? जनताप्रती राज्यसंयन्त्रस्ंग मितव्ययिता हुनुपर्न तर बिडम्बना जनतामा कर रहरले होइन डरले बाध्यता बनेको छ। जनतासमक्ष लालिप्यता र मुखदर्शक बनिरहदा अशान्तिको राग, अविश्वासको पर्खाल जनमस्तिष्कमा घुस्न लागेको छ।

सायदै कुनै पद्धति परिवर्तन हुने बित्तिकै समस्या छुमन्तर हुने होइन तर सत्ताभोगी सासकहरुले बेचेका रेडिमेट र मेकपपुर्ण सपनाहरुमा जनताहरु डुबाएकाले जनताको मस्तिष्कमा जादुको छडी झै देश विकास  परिवर्तनको परिकल्पनामा छ्न। तसर्थ पनि, कुशल राज्य सञ्चालन गर्न कुशल नीति या रणनीति राजनिती प्रती समकालीन समयमा नागरिक प्रती त्यति प्रगढ विश्वास छैन। देशमा शान्ती र समृद्धिको स्थापना गर्न सर्वप्रथम राजनीति प्रति विश्वास केन्द्रीत गर्दै जनतामा दायित्व बोध गराउदैं दिगो शान्तिको प्रत्याभुति साथ, जनताको / कार्यक्रताको मस्तिष्कमा राजनीति servent को रुपमा होइन विकासको सन्दर्भमा राजनीति  server को रुपमा अगाडि बड्छ भन्ने विश्वस घुसाएर विकासोन्मुख नीति तथा कार्यक्रमका पुर्व कार्ययोजना तय गर्दै जनसभागिताको साथ समृद्धिको अभियानमा पाईला चाल्नुपर्दछ। #जय_नेपाल !!!

-बिबेक_पराजुली ।

(ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)

अध्यापन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष । (पृथ्वीनारायण क्याम्पस पोखरा।)

थप:

#आश्विन २२ गते सोमवार २०७५

न्यायको अगाडि विधि,ब्यवस्था या विचार बाधक ?

आश्विन १२गते शुक्रबार २०७५।

हाम्रो आग्रह सरकार संग होइन सरोकार वाला समझ हो। र पुर्वाग्रह भने सरकार संग नभएको पनि होइन। निर्धक्क रहनुहोस हामी जति लोकतन्त्रमा आस्था राख्छौ निर्वाचनमा विश्वास राख्छौ त्यत्ति नै अर्थात त्यो भन्दा रत्तिभर सरकार संग कम छैनौ। आज प्रश्न उठ्छ स्थिर सरकारको प्रत्याभुती के ले गर्न ? सत्ता र सक्तिको द्म्भले मापन गर्न ? होइन भने उदाहरण एउटै हुन घटना पनि एउटै हो। मात्र दोषी पात्र फरक हुन। आश्विन १०गते मंगलबार पोखराको पुम्दी भुम्दिमा श्रेय सुनारको बलात्कार पश्चात् हत्यागरेको एउटा दोषि हत्यारालाई २४ घण्टा भित्र सजाय मिल्दै गर्दा, न्याय मिल्दै गर्दा केही महिना अगाडि गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा भेटिएको बलात्कार पश्चात् हत्या गरिएको निर्मला पन्तको हत्यारालाई राजनितिक हस्तक्षेप र प्रोपोगन्डाका विच अर्को दोषी उम्काउने सरकारको नियती या असक्षमताले कानुन न्याय र शान्ति सुरक्षा प्रती अत्यन्तै लज्जास्पद र चिन्ताजनक विषय उत्पन्न भएको छ।

यो मानेमा हाम्रो पुर्वाग्रह सरकार समक्ष छ न्याय माग्दै जनता सडकमा ओर्लिनु र जनप्रतिनिधि सांसदहरूले सदनमा सरकारको आलोचना गर्नुलाई प्रतिक्रियावादीको षड्यन्त्र चिर्न अरिंगालले जस्तै जाईलाग्ने सम्मानिय प्रधानमन्त्री ओली कुर्लिनु र बलात्कार, हिंसा र हत्याजस्ता आपराधिक क्रियाकलाप बढाएर सरकारविरुद्ध षड्यन्त्र गरिँंदै छ भन्ने निराधार तथा गैरजिम्मेवारीपूर्ण ने.क.पाका अध्यक्ष प्रचण्डको अभिव्यक्ति मुलुकमा बढ्दो सामाजिक समस्याको राजनीतीकरण गर्न खोजेका छ। हुनत

असक्षमता प्रकाष्ट सबै आफ्नो कम्जोरी त्रुटिले जवाफबिहिन हुदा सबै दोष जिम्मेवारी जति अमूर्त शक्ति वा शत्रुतिर थुपार्छ।

https://c0.pubmine.com/sf/0.0.3/html/safeframe.htmlREPORT THIS AD

तर देशकै प्रमुख प्रतिनिधि पात्र र दुई तिहाई बहुमतको सत्तापक्षय प्रमुखको संसदिय विधि र न्यायिक स्वतन्त्रताको आवाज सांघुराउने संघिय लोकतान्त्रिक व्यवस्थामा यो जस्तो गैरराजनीतिक धारणा अरु के होला ? यसै प्रश्नले स्पष्ट व्यवस्था वाधक देखाईरहेको छ। यसर्थ सरकार वालाको शैलि,सत्तापक्षको विचार र विधि वादक छ। यसले स्पष्ट गैरलोकतान्त्रिक चरित्र उजागर गर्दछ।

सरकार वाला संग यसर्थ आग्रह पनि छ। जिम्मेवारी पदमा वसेको गृह मन्त्रीले बलात्कार र हत्याजस्तो कठोर कानुनी कारबाहीयोग्य अपराधलाई उनले पुँजीवादसँग लगेर जोडिदिने गैरजिम्मेवारपुर्ण अभिव्यक्तिले संसदीय प्रक्रीया माथिनै उही व्यवस्थामा मन्त्री हुने, विरोध पनि गरिरहने नैतिक प्रश्न उनकै अभिव्यक्तिले उब्जाएको छ । यसै प्रश्नले स्पष्ट व्यवस्था वाधक देखाईरहेको छ। यसले स्पष्ट गैर संवैधानिक व्यवस्थाको भित्री आसय र नियती उजागर गर्दछ।
सरकार वाला सत्ता पक्षको न्यायको अगाडि देखाएको गैरलोकतान्त्रिक र गैरसंवैधानिक चरित्रले पुँजीवादलाई मुख्य दोष थुपारेर विधि व्यवस्था र विचारको वादकले साम्यवादको राग महसुस गर्न सकिन्छ।

हामी व्यवस्था वाधक देख्छौ अवस्था दयानिय बन्दै छ, अशान्ती हिंसा र अत्याचारले राष्ट्रियता माथी आंच अवस्य पुग्दछ।

“राष्ट्रियता विनाको समाजवादको कुनै तुक अर्थ छैन।”

व्यक्तिगत स्वतन्त्रताको निम्ति जन्मिएको प्रजातन्त्र व्यक्तिगत स्वर्थको भावना परिस्क्रीत बन्दा यसबाट थिग्रीएको समाजवादको अर्थले संम्भवत कुनै मुल्य समेट्दैन।आजको परिवेशलाई निहाल्दा करिब ६८ वर्ष लगानी गरेको प्रजातन्त्र भित्रै राष्ट्रियता मिश्रति हुनुपर्छ अर्थात प्रजातन्त्रको लगानिमा सावाँको भुमिका राष्ट्रियताको हुन्छ।यसर्थ पनि राष्ट्रियता विना प्रजातन्त्रलाई निहाल्न सकिन्न र राष्ट्रियता र प्रजातन्त्र विहिन समाजवादको विकल्प परिस्थितिले स्विकार्दैन।तसर्थ आजको समयले मागेको समाजवाद राष्ट्रियता र प्रजातन्त्र विचको पुल बनेर उभ्याईनु पर्न समानान्तर समाजवाद हो।

#जय_नेपाल !!!

हाम्रो लागि समृद्धि शान्ती सुरक्षा राष्ट्रियता र प्रजातन्त्र सहितको विगतको उपलब्धि संस्थागत गर्न खाल्को होस।

विगतको घटना एउटा उदाहरण बन्यो स्मरण गरौ प्रथना गरौ नदोहोरियोस अपवाद नै ठानौ सम्झौ भोलि त्यो उदाहरण नयाँ पात्र आफू माथिपनी पर्न सक्छ। हिंसा र अत्याचारको प्रतिकार एकजुट भएर गरौ। बलत्कार कुनै महिला हिंसा मात्र होइन सामाजिक समस्या मुल जड बनेर खडा भएको विषय हो। सायदै यस्को निरुत्साहित बलियो कानुनले त नगर्ला तर शान्ती सुरक्षाले वलत्कारिको मनोवृत्ति अवस्य कम्जोर पार्न छ।

#जय_नेपाल !!!

-बिबेक_पराजुली ।

(ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)

अध्यन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष । (पृथ्वीनारायण क्याम्पस पोखरा।)

बामगठबन्धनको रथ समृद्धिको पथमा मेहमान मोदि !!!

वैशाख २७ गते विहिवार।

हामी संविधान लेखनको चुनौतीपूर्ण खुड्किलो पार गर्दै कार्यन्यनको अर्को खुड्किलो स्थानिय तह,प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पनि पार गरेउ। जनताले एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन लाई स्थिर सरकारको ‘वाम गठवन्धनको रथ समृद्धिको पथ´ तर्फ हाक्न विस्वास गरे र दुई तिहाई वहुमतको आधारमा  नेतृत्वको जिम्मेवारी सुम्पिय। देशले प्रधानमन्त्रीको रुपमा के.पि ओलि पायो। तर लक्ष र सिद्धान्त संयोजित एकिकरणको आस्वासन वाट प्रप्त परिणामको कदर गर्नु पर्न ठाउमा नेताहरुको स्वार्थ र महत्वकाङ्क्षा बाम एकताको तगारो वनेको देखिन्छ।अत: विचारमा दुईमत नरहेता पनि स्वार्थ र व्यवाहार नमिल्दा समृद्धिको चुनौतीपूर्ण गन्तव्य शिखर आरोहण गर्न सत्ता पक्ष दलले यसको लागि अवलम्बन गर्नुपर्न वैचारिक, सांगठनिक, नीतिगत, कार्यक्रमिक र योजना बारेमा गम्भीर बहस गर्न नसकेको अवस्था हो। जेठ पन्ध्र गते आउने बजेटमा समाजवाद उन्मुख कार्यक्रम घोषणा हुनुपर्न समयमा परम्परागत शैली र सोचबाट नै संम्भवत अर्थ मन्त्रालयको एउटा शाखाले तयारी गरिरहेको होला। यस्को वादकको प्रमुख हिस्सा यो एकता नहुनु पनि छ।

“जुन कुनै संरचना कल्पना भन्दा बाहिर छैन।”तर मुर्खताको परिधी भित्रको कल्पना संम्भवत क्षतिको सिखर चुम्नु वाहेक अन्य उपलब्धि समेट्दैन।

 प्रधानमन्त्री ज्युले मोनो रेल र माईक्रो रेलको अभियानको विकासको खाका वोकेर हिड्नु एउटा गर्वको कुरा हो तरझुपडीमा खाने थाल छैन विल्डिङ्गको योजना मात्र बनाएर संम्भ्वत हुदैन रेमिटान्सले झुपडी धानेको परिवेशमा अहिलेको आकास्मिक आधारभुत आवस्यकता झुपडीमा खाने थाल हो रेमिटान्स अडाउने भकारी नै हो। आत्म निर्भरताको लागि संघर्ष नै हो। स्वरोजगारको लागि वातावरण सृजना गर्नु नै हो।आकास लाई छानो बनाएर रात काटी रहेका ती भुकम्प पिडित जनता वलवालिका लाई आधारभुत स्थाई बाँस स्थान,शिक्षा,स्वास्थयको व्यवस्था नै हो। यसैलाईनै प्राथमिकता दिइनु पर्छ।

देश संघिय संरचनामा गै सकेको छ। संघियतामा चढेर समृद्दिको यात्रा तय गर्दै गर्दा राजनीतिक प्रप्त उपलब्धि संस्थागत गर्दै आम जनतामा राष्ट्रियता मजवुत हुन जरुरत छ।  निर्वाचन पुर्व सन्ध्यामा ओलि ज्युको राष्ट्रवादको लोकप्रीयता तिव्रता पायो।

राष्ट्रवाद भनेको राष्ट्र प्रतिको प्रेम हो यश सब्दले भावनात्मक अर्थ जनाउछ। तर देशमा पार्टीका गोठालाहरुले यसलाई एउटा तुलोमा पार्टी र अर्को तुलोमा राष्ट्रवाद राखेर जोख्ने काम गरे।

” “मौसमी राष्ट्रवाद भित्र सिलन्यास प्रदुषण युक्त समाजवाद !!”
हिजो नाकावन्दिको समयमा राष्ट्रवादको ढोलमा “इन्धन सक्तिको एकाधिकारित्व नयाँ सरकारले तोड्ने” आस्वासनका पोकाहरु प्रतिबद्धता जनाउदै गर्दा,वाड्दै गर्दा ३१.४४ अत्यन्तै न्यून वायु गुणस्तरको साथ १८० देशहरु मध्य १७३ औं स्थानमा रहेको नेपाल चार वर्षमा करिव चार डिग्री तापक्रम वढ्ने परिस्थिति लाई समय अनुसार समस्याको विकल्पको रुपमा संसार वाट  इन्धन शक्ति पुर्ण रुपमा उन्मुलन अभियान चल्दै गर्दा,आज पुन नयाँ दिल्ली नै गएर भविस्यको वायु प्रदुषण युक्त समृद्द नेपाल कोसेलीको रुपमा डेट एक्सपाएर पेट्रोलियम पाइपलाईन योजना सिलन्यास गरेर उखाने पथको खोक्रो रास्ट्रवाद उजागड गरेका छ्न।
#सम्मान_सिटिभिटी
#जय_देश
#भय_ओलि।”

सर्वप्रथम त हामिले यो वुझ्न जरुरी छ कि प्रधानमन्त्री पद न कुनै पार्टीको हो ,न कुनै भेगको हो न कुनै संगठनको हो यो त समग्र देश र जनताको प्रतिनिधित्व पात्र हो,हामिले ती पद लाई जोडेर वोल्दै हर्दा कदापी भुल्नु भएन राष्ट्रिय ओदाका पदहरु राष्ट्रका चिनारी पनि हुन। भारतमा गएर डाक्टर सरहको उपाधी पाउदै गर्दा। यो कुनै पार्टीको अध्यक्षले मात्र पायो होइन यो त समग्र देश र नेपाली जनताकै प्रतिनिधि पात्रले पनि पायो भन्ने वुझ्नु पर्छ।
र प्रधानमन्त्रीले यो पनि भुल्नु भएन म कुनै पार्टीको मात्र होइन समग्र देशको पनि प्रतिनिधित्व गर्दैछु। मेरो हैसियत के ? राष्ट्रको लागि आफुले गरेका गतिविधि वाट कति लाभदायिक हुन्छ ? देशभित्रको राष्ट्रियतामा कस्तो असर गर्छ ? हामिले भुलेका छैनौ मुखमा मधेसी दललाई तेर्साएरसिमा सुरक्षको बिषय बनाएर ०७२ असोज ६ गते बाट छिमेकी अर्थात् विश्वकै एक बिशाल प्रजारतांत्रिक मुलुक भारतले सुरुगरेको अघोसित नाकाबन्दीले हाम्रो जनजिवन र अर्थतन्त्रमा परेको ठूलो असर पर्यो।

 हामिले यो पनि भुलेका छैनौ भूपरिवेष्ठित राष्ट्र भएकाले छिमेकीले नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय कानुन, मान्यता, अभ्यास तथा परिपाटीले नमिल्ने कुरा अन्तर्राष्ट्रिय कानुनविद् तथा ज्ञाताहरुले वताउदै गर्दा हामिले नाकाबन्दी खेप्नु पर्योफेरि मोदिले नै तोकेको मिति अनुसार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन सक्नु र यहा हाम्रो घाउमा पाप्रा नलाग्दै पुन देशमा मोदि भ्रमण आउने र आफूले नै मिति तोकी नेपाल भ्रमण गर्न नेपाल सरकारलाई ‘मान नमान मै तेरा मेहमान’कै रूपमा स्वीकार्न बाध्य तुल्याउनाले उनले विश्व समुदायमा नेपालको हैसियत भारतको प्रभाव क्षेत्रकै रूपमा रहेको अकाट्य पुष्टि गरेका छन् । दुश्मनलाई पनि अतिथी मान्ने र अतिथिलाई देवता मान्ने सम्मान ,सद्भावका साथ बहुसास्कृत नेपालको पहिचान झल्काउने हाम्रो सास्कृतिले पाहुना लाई सम्माम गर्दछौ तर,हाम्रो घाउको खाटा देखिदै गर्दा उनैलाई नागरिक अभिनन्दन गर्नु पर्न प्रधानमन्त्रीको निर्णय र  हेपाहापूर्ण रणनीति लिएर आफ्नो स्वार्थ र आवश्यकता अनुसार नेपालको जलश्रोतको कोशेली लिएर फर्कने कुटनितिक मोदिको योजना नेपालको लागि घातक छ। वैज्ञानिक सर्वेक्षणअनुसार नेपालको पूर्वी क्षेत्रका पहाडहरु कान्छो पहाडका रुपमा रहेको अर्थात कमजोर रहेका कारण पनि सुनसरी, धनकुटा र उदयपुरको वीचमा वनाइने अग्लो बाँधले त्यस क्षेत्रका झण्डै ८० गाविसका २ सय २६ वटा बस्ती र खेतीयोग्य जमिन नास हुनुका साथै झण्डै एक लाख जनता विस्थापित हुने खतरा रहेको विज्ञहरुले औंल्याउदै गर्दा प्रधानमन्त्रीको समृद्धीको नाउमा अरुण-३ को सम्झौता राष्ट्रघाती हुनेछ। 

इजरायल र पाकिस्तानसित दौत्य सम्बन्ध गाँसेर भारतलाई आफ्नो राष्ट्रिय स्वाभिमान सर्बभौम सत्ता नेपाल र स्वतन्त्रत नेपालिको परिचय दिएका नेपाली इतिहासको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको देशमा आज सुरक्षाको वहानमा वैधानिक रुपमा भारतिय कमान्डो सेना   नेपाल प्रवेश गरेका छ्न। के हाम्रो सर्बभौम सत्ता सम्पन्न , स्वतन्त्र नेपाली यहि हो ? हाम्रो राष्ट्रियता खै ? आज असली राष्ट्रवादको प्रयोग गर्न वेला आएको छ।

पानिले भिजाए पछि मात्र छाता या रेनकोट किन्ने ख्याल‘ले अव देश रहदैन सम्पुर्ण नेपालि,राजनीतिक प्रतिपक्ष दल,मिडिया,गैर राजनीति संगठन/समूह/व्यक्ति सचेत रहना जरुरत देखिन्छ।

देश आत्मनिर्भर हुने हो भने न छिमेकीको नाकाबन्दीले केही लछारपाटो लाउँदैन। उसले नाकाबन्दी परिकल्पना गर्न सक्दैन। नेपालले नाकाबन्दी खेप्न पर्दैन। न उस्को गिद्द्दे दृष्टि नेपालमा पर्दछ।  हामि थुप्रै राजनीतिक क्रान्तिको प्यास मेटाईसकेउ अबको आवस्यकता भनेको आर्थिक तथा औद्योगिक क्रान्ति गरि आत्मानिर्भरता तुल्याउने हो। त्यसका लागि पार्टीगत धारणा बाट प्रतिस्पर्धि सत्ता पक्ष/प्रतिपक्ष मात्र होइन हामी/हाम्रो पर्तिस्पर्धी विकसित विश्व पनि हो भन्ने धारणा वोकेर राष्ट्रियताको साथ समृद्दिको शिखर चुम्ने गुरु योजनाको अवलम्बन गर्नु आजको आवस्यकता हो।

#जय_नेपाल।

बिबेक_परापराजुली ।                                                      (ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)

अध्यन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष ।                        (पृथ्वीनारायण क्याम्पस पोखरा।)

राष्ट्रिय जनवार गाई काट्ने कानुनले निम्त्याउन सक्ने विखण्डनकारी दोन्द्द।

चैत्र १० गते,०७४।        

       

आज देशको मुल्भुत रुपमा चर्चा पाएको विषय प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून व्यवस्थाको माग विषयले तिव्रता पाएको छ। आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कित हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।

जनताको वहुदलिय अभिमतको प्रयोग गरेर सदन वाट ८०% हिन्दु भएको देशमा धर्म निरिपेक्षता  पारित गरिएको पाईन्छ। यस्को मत्लब धर्म निरिपेक्ष आफैमा गलत छ भन्न पनि खोजिरहेको छैन । मात्र वर्तमान परिस्थिति सृजना गर्ला र संघिय संरचनाले भुभाग टुक्रीदा मनोभावले राष्ट्रियता मजवुद्द वनाउन पर्न समयमा यसले हिंसात्मक दोन्दात्मक रुप लिनसक्ने र राष्ट्रियता कम्जोर पार्न प्रवल सम्भावना देखिन्छ ।         इसाई पुर्व ३९९ मा सुक्रातलाई “राज्यका युवाहरु वहकाईएको र भड्काइएको” आरोपमा ५०० जना एथेन्स वासिहरुको भोटिङ्ग अनुशार मात्र २,३ भोटले गल्ती गरेको पक्षको वहुमत परिणामको आधारमा दोषी ठ्हर गर्दै व्यवस्था वमोजिम फाँसी दिइयो। यस सन्दर्भले हामिलाई यो पाठ दर्साउछ कि हाम्रो संसदिय व्यवस्थामा १८ वर्ष पूरा भएका नागरिकले मताधिकारको प्रयोग गर्न पाउने छ। तर १८ वर्ष पूरा गरेका नागरिक सवै मताधिकारको सहि प्रयोग गरि प्रतिनिधित्व चिन्न सक्षम छौ ?? अवस्य छैनौ तसर्थ पनि मतधिकार प्रयोग गर्दै गरेका सवै नागरिकमा मताधिकार सम्बन्धि दक्ष,सोचवुझ र निर्णय गर्न सक्ने क्षमता हामी जनतामा हुनुपर्दछ।

आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कि त हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।

जनताको वहुदलिय अभिमतको कुरा गर्दा प्रसंगले अर्थात वर्तमान समय,देखिएको समस्या र कम्निष्ट सरकारको सन्दर्भले अर्को प्रश्न उब्जाउछ ? संसार बाट अलगिएको कम्निष्ट शासन वयवस्था यो देशमा किन रह्यो यो प्रशन आज विश्व सामु उत्सुकता छ । कम्निष्ट शासन व्यवस्थामा मताधिकार प्रयोग गर्न कुनै व्यवस्था जनतामा देखिन्छ, राज्यको सम्पुर्ण संयन्त्र सिमित व्यक्तिको अधिनमा रहन्छ। नेपालको परिवेश र विश्व सामु कम्निष्ट शासन वयवस्था निहाल्दा नेपालमा साम्यवादीको जन्म राष्ट्रियताको कारणबाट बन्दुकको नाल वाट भएको हो तर अन्य देशमा भोकमरी र गरिबी वाट उत्पत्ती भएको थियो अर्थात,

यो देसमा प्रजातन्त्र पछि राजको गद्दी अट्न नदिईएको होईन यो त केबल जनाधिकार अपहरण गर्न राजलाई कार्वाही सोरुप लोकतन्त्र उपहार जनताले आफैले पाएका \ ल्याएका हुन।

क.मदन भण्डारीले माक्र्सवादि विचारधार लाई परिस्कृत गर्दै नेपालको सन्दर्भ लाई सुहाउदो तत्कालिन समयले मागेको निश्पक्ष न्यायलय र जनअधिकार लागि प्रतिनिधित्व गरेको नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक वहुलवाद लाई साब्दिक अक्षर फरक पार्दै  “जनताको वहुदलिय जनवाद” एकलौटी ढ्ङ्गको राजकिय व्यवस्था र कम्निष्ट शासन वयवस्था भन्दा पर गै जनताको वहुमतको आधरमा शासन गर्नु पर्न व्यवस्थामा गएकै कारण कम्निष्टलाई जनताले स्विकार्दै नेपालमा जन्मेको हुनाले अरू देशका साम्यवादीहरूसँग नेपालका साम्यवादीको चरित्र मिल्दैन। र संसार वाट वाहिरिएको कम्निष्ट शासन व्यवस्था आज नेपालमा रहिआएको छ।

जनताको भावना विपरित जाने जुनसुकै निर्णय हामिलाई मान्य हुने छैन हिजोको पञ्चायत,राणा,राजा भनौं या सर्वाहार वर्गको मुक्तिको लागि जनताको लास लाई भर्याङ्ग वनायर सदन पुग्ने १० वर्षिय ससक्त दोन्द्दले हामी करिव ६४ वर्ष खर्च गरेउ अत: क्रान्तिको लागि लगानी गरिसक्यौ,र उक्त क्रान्तिले वोकेको जन अपेक्षा पनि दिन प्रतिदिन वढ्दो छ। वि.पि कोइरालाले देखेको प्र समाजवाद, क. मदन भण्डारीको जनताको वहुदलिय जनवादको समाजवाद होस या माअओवादिको प्रचण्ड पथको वहुदलिय समाजवाद किन नहोस

समाज र राष्ट्रले समाजवादको लाभांश प्राप्त गर्नु पर्न समयमा तिनै क्रान्तिको व्याजले पार्टीहरु सास फेरिरहेको परिस्थिति हाम्रो लागि दुर्भाग्यको विषय हो।

आजका वामपन्थी अभियन्ता कम्निष्ट विचार धारका अभियनता प्रचण्डले हाम्रो कम्निष्टको धर्म त क्रीस्चियन हो हिन्दु धर्म त सामान्तिहरुको हो भन्ने अभिव्यक्ति होस या प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून बनाउमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले राधिका तामाङसहित तामाङ अगुवाको टोलीको प्रस्ताव कानून प्रतिबद्धता जनाएका विषय आपत्ति जनक छ।  नेपालको परिवेशमा ८०% हिन्दु वाहुल्यता भएको देशमा,गाईको माहात्मयताको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा,राष्ट्रिय जनवार गाई भएको देशमा, साम्प्रदायिकता भड्काउना,जातिय,धार्मिक दोन्द निम्ताउने खालका विखण्डनकारि अभिव्यक्ति जनभावना विपरीत छ। यसमा अप्रत्यक्ष रुपमा अन्तरास्ट्रिय संघ संगठनहरुको मिडियामा देखिने विवादास्पद अभिव्यक्ति,चासोले पनि हस्तक्षप रहेको आभास हुन्छ। जन विस्वासको प्रतिनिधित्व सांसदले गरेको निर्णय जन अपेक्षा विपरित छ। हिजो राजाको तानाशाही प्रवृतिका कारण आज यो देशमा राजाको श्रीपेच अट्न दिएनौ आज संघिय समाजवादको लाभांश वाड्ने ढ्ङ्गले देश विकासमा कसरत गर्नु पर्न समयमा जनताले विस्वाश गररेर आफ्नो प्रतिनिधित्व गर्न पठाएको पात्रले पुन विखण्डनकारी सोच लिएर पुन तानाशाही श्रीपेच लगाउन खोज्छ भने यस्को हिसाब किताब जनताले अवस्यय गर्नछ्न।

-विवेक पराजुलि।                                                    (ने.वि.संघ पो.ले.म.नपा २३ , सचिव।)           अध्यापन:स्नातक तह प्रथम वर्ष , व्यवस्थापन                               संकाय।  (पृथ्वीनारायण                                             क्याम्पस,भिमकालिपाटन पोखरा)       सम्पर्क नं : ९८१७१०७७०७

Design a site like this with WordPress.com
Get started